नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन नेपालगन्जमा सुरु
सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन नेपालगन्जमा सुरु
banijya office RSG-2
कानुन मन्त्री बडुद्वारा उद्घाटन
बागेश्वरी पोस्ट
बुधबार, चैत ९, २०७८ बागेश्वरी पोस्ट
सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन नेपालगन्जमा सुरु

नेपालगन्ज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले संविधान रक्षा र संवैधानिक सर्वोच्चता रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताएका छन् ।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले रेडियोहरुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले रेडियो प्रशारणले सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गर्नुपर्नेमा जोड दिए । २०६२/६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको मन्त्री बडुको भनाई छ । उहाँले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतका काम सरकारले गरेको बताए ।

मन्त्री बडुले विशेष परिस्थितिमा विशेष दायित्वका साथ अहिलेको सरकार बनेको उल्लेख गर्दै खतरामा पर्नै आँटेको संविधान रक्षा सरकारको मूल जिम्मेवारी भएको बताए । सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरीले राज्यको स्पष्ट नीति नहुँदा सामुदायिक रेडियोहरुले थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको बताए । सामुदायिक रेडियोहरुको अलग पहिचान स्थापित गर्न राज्यले विशेष ध्यान दिनुपर्ने गिरीले बताए । उद्घाटनमा विभिन्न धर्मका धर्मगुरुहरुले सामूहिक मन्त्रोच्चारण गरेका थिए । 

उद्घाटन कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्याल, नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

साधारणसभा एवम् सम्मेलनमा पाँच जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सामुदायिक रेडियो अभियन्ताहरु पूर्व अध्यक्ष मिन बहादुर शाही र मोहन चापागाईं, संस्थापक मध्येका एक दधिराम सुवेदी, थारु समुदायको बरघर एवम् थारु अगुवा बर्दियाका पतिराम थारु र कला क्षेत्रका साधक नेपालगञ्जका कलाकार श्यामानन्द सिंह ठकुरीलाई प्रमुख अतिथि मन्त्री बडुले सम्मान गरे।

दुई दिनसम्म चल्ने १६औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनमा देशभरका ७७ जिल्लाबाट ३६१ सामुदायिक रेडियोका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको छ । नेपालगन्ज घोषणापत्र जारी गर्दै सम्मेलन भोली सकिने सामुदायिक रेडियो प्रशारक संघका महासचिव किशोरजंग थापाले जानकारी दिए ।

सम्मेलनमा भाषाभाषीको संरक्षण र प्रवद्र्धनमा सामुदायिक रेडियोको भूमिका, विपद् तथा महामारी लगायतका नयाँ चुनौतीहरुको सामना गर्न सक्ने समुदाय निर्माणमा सामुदायिक रेडियोको भूमिका, सामुदायिक रेडियोले आफ्नो प्रशारणमा प्राथमिकता दिनुपर्ने क्षेत्रहरु, दिगो विकासका साथै नेपाली समाजमा विद्यमान विभिन्न कुरिती तथा परम्परागत हानीकारक अभ्यासको अन्त्यका लागि सामुदायिक रेडियोको बुझाई र योगदानका विषयमा संवाद गरिने अध्यक्ष गिरीले जानकारी दिए । "संविधानले व्यवस्था गरे अनुरुप तीन तहको सरकार निर्माण भइसकेको र नयाँ कानुनहरु समेत निर्माण भइरहेको अवस्थामा सामुदायिक रेडियोले निर्वाह गर्ने दायित्वमा समेत विचार र संवाद गरिनेछ," गिरीले भने ।

 


प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP