prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेस सभापति गौडेलको निर्देशन–‘मलाई होइन, काँग्रेस जिताऔं भनेर घरघर जानुहोस्’
काँग्रेस सभापति गौडेलको निर्देशन–‘मलाई होइन, काँग्रेस जिताऔं भनेर घरघर जानुहोस्’
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ११, २०७८ बागेश्वरी पोस्ट
काँग्रेस सभापति गौडेलको निर्देशन–‘मलाई होइन, काँग्रेस जिताऔं भनेर घरघर जानुहोस्’

नेपालगन्ज । आगामी बैशाख ३० गतेको स्थानीय तहको चुनावलाई लक्षित गरेर काँग्रेसले सुरु गरेको ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानलाई बाँकेमा तीब्र पारिएको छ ।

अभियानलाई प्रभावकारी गराउन काँग्रेसले प्रदेश, जिल्ला, क्षेत्रबाट प्रतिनिधिहरु परिचालन गरेको छ । आज मात्रै कोहलपुर नगरपालिका ९ मा कार्यक्रम गरिएको वडा सभापति मनबहादुर रानाले जानकारी दिएका छन्  । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस लुम्बिनी प्रदेश कमिटीबाट बाँकेमा खाटिएकी प्रदेश सदस्य जानुका केसीले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सबै कार्यकर्तालाई एक ढिक्का भएर लाग्न निर्देशन दिएकी छन् । उनले प्रतिपक्षले एमसीसी लगायतका बिषयमा भ्रम छर्ने काम गरेको भन्दै त्यसलाई चिर्न निर्देशन दिइन् ।

‘एमसीसीको गलत प्रचार गरेर मतदातालाई प्रभावित पार्न सक्छन्,' उनले भनिन्–‘एमसीसी नितान्त विकास परियोजना हो, बुझेका नेताहरुले सबैलाई बुझाउन जरुरी छ ।’ काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले काँग्रेसलाई बलियो बनाउन भातृ संघसंगठनहरुको भूमिका महत्वपूर्ण हुने भएकाले क्रियाशील हुन निर्देशन दिएका छन्  । उनले निर्वाचनमा उम्मेदवार बन्ने आंकाक्षा हुनु स्वभाविक भएकाले उम्मेदवार टुंगो नलाग्दै आफ्नो लागि मत माग्नु भन्दा काँग्रेसको लागि माग्न निर्देशन दिएका छन्  ।  

‘केही नेताहरु म उम्मेदवार हुँ भन्दै भोट माग्दै हिँडेको पाइएको छ,' उनले भने–‘आकांक्षा राख्न पाइन्छ, भोली टिकट जसले पाउँछ, उसैलाई सहयोग गर्नुपर्छ । हामीले काँग्रेसलाई जिताऔं ।’ यस्तै कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य फुलाराम थारुले चुनावमा प्रतिपक्षलाई कमजोर आँक्न नमिल्ने भन्दै सबै एक भए मात्रै विजय हुन सकिने बताए । 

उनले भने–‘हामीले जितेको ठाउँ हो भनेर हाइसन्चो मानेर बस्ने अवस्था छैन । सबै घरघरमा जाऔं, भोट मागौं ।’ कार्यक्रममा जिल्ला सचिव सन्जु कुमारी थारु, सदस्य बुद्धिराम थारु, महासमिति सदस्यहरु चिन्तामणि धिताल, द्रोपती वली, पूर्ण आचार्य, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई, काँग्रेस नेता राजेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिका–९ का वडा अध्यक्ष ठाकुर थारु लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP