prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • को-को छन् नेपालगञ्जको मेयर बन्ने दौडमा ?
को-को छन् नेपालगञ्जको मेयर बन्ने दौडमा ?
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत १७, २०७८ बागेश्वरी पोस्ट
को-को छन् नेपालगञ्जको मेयर बन्ने दौडमा ?

नेपालगञ्ज । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुको चर्चाले बजार तातेको छ । चोक, चिया पसलमा कुन पार्टीबाट को उम्मेदवार बन्लान्, कसले जित्ला वा को बढी लोकप्रिय छ भन्ने विषयको चर्चा-परिचर्चा बाक्लिएको छ । उम्मेदवारी मनोनयनका लागि एक महिना भन्दा कम समय रहँदा मुख्य दलहरुले कसलाई उम्मेदवार बनाउँछन् भन्ने आमचासो छ । 

nepalgunj 081-082

बाँकेमा आठ स्थानीय तह छन् । सबै पालिकाहरुमा मुख्य दलहरुको चुनावी गतिविधि तीब्र छ । सबैतिर अभियान चलेका छन् । लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिका मध्ये बाँकेको सदरमुकाम समेत रहेको नेपालगञ्ज उपमहानगरपालिकामा को-को उम्मेदवार बन्लान् भन्ने चासो छ । पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र नेपालगञ्जको नयाँ मेयर बन्न दर्जन बढी नेताहरु दौडधुपमा छन् । आ-आफ्नो पार्टीबाट आधिकारिक उम्मेदवार बन्न सबैले लबिङ गरिरहेका छन् । यद्यपी स्थानीय स्तरमा सत्ता गठबन्धन र प्रतिपक्षले समेत अन्य दलहरुसंग गठबन्धन गर्ने सम्भावना त्यत्तिकै रहेकाले चुनावी समीकरण कस्तो बन्छ र कुन पालिकामा कुन पार्टीको उम्मेदवार हुन्छ, त्यो हेर्न बाँकी नै छ । 

नेपाली कांग्रेसबाट आधा दर्जन आकांक्षी भएपनि टिकट पाउन तीन जनाबीच मुख्य प्रतिष्पर्धा छ । यसअघि मेयरको उम्मेदवार बनेर पराजित भएका डा.सुरेश कुमार कनोडिया, अहिलेकी उपमेयर उमा थापा मगर र नगर सभापति प्रशान्त विष्ट टिकट पाउने मुख्य पात्रहरु रहेको कांग्रेस बृत्तमा चर्चा छ । उनीहरु बाहेक व्यापारिक पृष्ठभूमीका नेताहरु अच्युत प्रसाईं र ललित रौनियारले पनि दाबेदारी प्रस्तुत गरेका छन् । लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, महासमिति सदस्यहरु निरन्जनसिंह सिजापति र राजकुमार बर्माको पनि चर्चा सुनिन्छ  । तर, उनीहरुले केही बोलेका छैनन् । 

नेकपा एमालेबाट केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र एकल उम्मेदवार जस्तै छन् । अघिल्लो संसदीय निर्वाचनमा सूर्य चुनाव चिन्ह लिएर उठेका मिश्र पराजित भएका थिए । केही समय अघि दलबलसहित एमालेमा प्रवेश गर्दा नै उनले मेयर टिकर कन्फर्म गरेको एमाले बृत्तमा चर्चा छ । यद्यपी पार्टीले निर्णय भने गरेको छैन । नेकपा माओवादी केन्द्रबाट व्यापारिक पृष्ठभूमीका दुई नेताहरु नन्दलाल बैश्य र आदेश अग्रवालसंगै नवीन शर्माको पनि उत्तिकै चर्चा छ । तीनै जना युवा नेताहरु उम्मेदवारी हत्याउन लागिपरेको माओवादी बृत्तमा चर्चा छ । 

जनता समाजवादी पार्टीबाट यसअघि पनि मेयरमा लडेका पार्टीका बाँके जिल्ला अध्यक्ष कमरुद्धिन राई पनि एकल दाबेदार जस्तै देखिन्छन् । नेकपा एकीकृत समाजवादीबाट मेयरमा उम्मेदवार खडा गर्ने परिस्थिति बने यसअघि एमालेबाट मेयर लडेको समसुद्धिन सिद्धिकी उम्मेदवार बन्न सक्छन् । उनी नेपालगञ्जको उपमेयर भइसकेका छन् । राप्रपाबाट हाल वडा नम्बर ४ का वडा अध्यक्ष मो.सफिक बेहनाले मेयरमा दाबी गरेका छन् । यी बाहेक मधेश केन्द्रित अन्य दल, कमल थापाको राप्रपा नेपाल र स्वतन्त्र ढंगले मेयरमा उम्मेदवारी दिने गरी केही व्यक्तिहरुले तयारी थालेको पनि देखिन्छ ।

नेपालगञ्जका अहिलेका मेयर राप्रपाका महामन्त्री डा. धवल शमशेर राणा फेरि मेयर नलड्ने भएपछि राप्रपाले एमालेलाई मेयरमा सघाउने र संसदीय निर्वाचनमा एमालेले राप्रपालाई सहयोग गर्ने गरी छलफल भइरहको पनि बताइन्छ । सत्ता साझेदार दलहरुबीच पनि नेपालगञ्जमा चुनावी तालमेल हुने सम्भावना प्रबल रहेकाले कसले मेयर पाउँछ, त्यो आधारमा पनि उम्मेदवारको टुंगो लाग्ने देखिन्छ । 

मुख्य दलहरु एक्लाएक्लै लड्दा एउटा परिस्थिति र गठबन्धन बने अर्को परिस्थिति बन्ने भएकाले पहिले गठबन्धनको टुंगो लागेपछि को उम्मेदवार बन्ने भन्ने विषयले प्रवेश पाउने अवस्था आउँछ ।


प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०८:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP