prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोहलपुरमा कांग्रेसद्वारा घोषणा पत्र सार्वजनिक
कोहलपुरमा कांग्रेसद्वारा घोषणा पत्र सार्वजनिक
banijya office RSG-2
समुन्नत कोहलपुर निर्माण गर्ने प्रतिवद्धता
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १९, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरमा कांग्रेसद्वारा घोषणा पत्र सार्वजनिक

नेपालगन्ज । नेपाली कांग्रेस कोहलपुरले समुन्नत कोहलपुर बनाउने संकल्पसहित आफ्नो प्रतिवद्धता तथा घोषणा पत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसको तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्णप्रसाद आचार्य र उप–प्रमुख पदकी उम्मेद्वार संगीता सुवेदीले समुन्नत कोहलपुर र “निमुखालाई न्याय, विपन्नलाई आय” भन्ने मूल उद्देश्यसहित कोहलपुरको समग्र विकासको खाका प्रस्तुत गरेका छन्  ।

कोहलपुरलाई समुन्नत नगरका रुपमा विकास गर्ने लक्ष्य सहितको प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण तथा पर्यटन, खानेपानी तथा सरसफाई, व्यापार, व्यवसाय र बजार व्यवस्थापन, गरिबी निवारण, सूचना सञ्चार, सामाजिक सुरक्षा, वस्ती व्यवस्थापन तथा आवास, बजारीकरण, आधुनिक पशुपालन तथा कृषि, सिंचाइँ, आयआर्जन तथा रोजगार, युवा तथा खेलकुद, विद्युत, उद्योग, सडक र यातायात, प्रशासन सुशासन, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा प्रतिवद्धता जनाइएको छ । 

कोहलपुर नगरमा एउटा आधारभूत विद्यालयलाई आधुनिक, प्रविधिमैत्री, अपाङ्गतामैत्री नमूना आवासीय विद्यालय स्थापना गर्ने, नीजि विद्यालय शिक्षा सुधार कार्यक्रमलाई संचालनमा ल्याइने घोषणा पत्रमा उल्लेख गरिएको छ । स्वास्थ्य बीमा प्रारम्भ गर्ने, नगरभित्र सवबहानको व्यवस्था गरी संचालन गर्ने, आम कोहलपुरका जनतालाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने, विशेष उत्पादन क्षेत्रको पहिचान गरी एक क्षेत्र एक उत्पादन कार्यलाई प्रवद्र्धन गर्ने नीति ल्याउने कम गरिने उल्लेख गरिएको छ । 

पत्रकारिता विषयमा एमफिल अध्ययन गर्ने पत्रकारको लागि विशेष छात्रवृत्ति, दैनिक ज्यालादारी, मजदुरीहरुको तथ्यांकलाई वैज्ञानिक तरिकाले पहिचान गरी वस्तुगतरुपमा परिचयपत्र प्रदान गर्दैै आवश्यक रोजगारी सहितको गरिवी निवारणलाई प्राथमिकता दिइने घोषणापमा उल्लेख गरिएको छ । 

साथै सामाजिक सद्भावलाई प्रगाढ बनाउने, मठमन्दिर, मस्जिद, चर्च, धर्मशाला, कर्वला क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्ने, सार्वजनिक जग्गाको पहिचान गरी त्यसको अधिकतम् प्रतिफल आउने गरी व्यवस्थापन गर्ने, विभिन्न धर्मका धर्माबलम्वी र तीर्थ यात्रीका लागि धर्मशाला निर्माण गर्ने अठोट नेपाली कांग्रेसका नगर प्रमुख, उपप्रमुख पदका उम्मेद्वाहरुको प्रतिवद्धता रहेको छ  । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेद्वार आचार्यले जनताका आधारभूत कुरालाई आत्मासाथ गरी घोषणा पत्र सार्वजनिक गरिएको बताउँदै घोषणा पत्रमा उल्लेख गरिएका सम्पूर्ण पक्षहरुलाई पूरा गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाए । समुन्नत कोहलपुर निर्माणमा कोहलपुरका जनता, सबै राजनीतिक दल, विभिन्न संघसंस्था लगायत संघ र प्रदेश सरकारसंग सहकार्य गरिने प्रतिवद्धता व्यक्त गर्दै कोहलपुरका जनतालाई विकासको मूलधारमा ल्याइने बताए । 

नेपाली कांग्रेस कोहलपुरको तर्फबाट उपप्रमुख पदकी उम्मेद्वार संगीता सुवेदीले आधुनिक र व्यवस्थित कोहलपुर निर्माणको संकल्प लिइएको बताउँदै स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सबै उम्मेद्वारहरुलाई निर्वाचित गराउन अनुरोध समेत गरिन् । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले कांग्रेसले जारी गरेको घोषणा पत्र अनुसार जनप्रतिनिधिहरुले काम गर्ने विश्वास व्यक्त गरे । घोषणा पत्र सार्वजनिक कार्यक्रममा काँग्रेस बाँकेका जिल्ला उपसभापति कृष्णबहादुर कार्की, जिल्ला सचिव सञ्जु थारु, जिल्ला सदस्य निरज चलाउने, क्षेत्रीय सभापति पोषण केसी, काँग्रेस क्षेत्र नम्वर १ प्रदेश ‘ख’ का सभापति बलराम शर्मा, महासमिति सदस्य फुलाराम थारु र द्रोपती ओली, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई लगायतका नेतालगायतको सहभागिता रहेको थियो । कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम नगर सभापति वीरेन्द्र शाहको सभापतित्वमा भएको हो ।


प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP