नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • खजुरामा गठबन्धनको प्रतिवद्धतापत्र सार्वजनिक
खजुरामा गठबन्धनको प्रतिवद्धतापत्र सार्वजनिक
व्यवसायिक कृषकलाई निःशुल्क विद्युतदेखि १२ कक्षासम्म निःशुल्क शिक्षा 
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १९, २०७९ बागेश्वरी पोस्ट
खजुरामा गठबन्धनको प्रतिवद्धतापत्र सार्वजनिक

खजुरा (बाँके) । खजुरामा नेपाली कांग्रेस र नेकपा माओवादीले स्थानीय तहको निर्वाचनका लागि संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
 
‘विकासको प्रमुख आधार, एक व्यक्ति एक रोजगार, हामी विकासको पक्षमा बोल्छौं, जे बोल्छौं, समाजका लागि गर्र्छौं’ भन्ने मूल भावनालाई आत्मसाथ गर्दै तयार पारिएको घोषणापत्रमा खजुरा गाउँपालिकाका सबै वडाका समस्याहरुको खोजी गरी ती समस्याहरुको समाधान गर्ने उद्देश्यका साथ अल्पकालीन र दीर्घकालीनरूपमा गरिने कार्ययोजनालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
 
सार्वजनिक गरिएको घोषणापत्रमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, उच्च शिक्षामा छात्रवृत्तिदेखि लिएर खजुरामा युवाहरुका लागि स्वरोजगार कार्यक्रम, गाउँपालिकामा खरको छानोरहित सुरक्षित आवास, अधिकार सम्पन्न कृषि प्राधिकरण स्थापना गरी आधुनिक कृषि प्रणालीमा जोड दिने उल्लेख गरिएको छ । 

यसैगरी पालिकाको विकासका लागि भौतिक पूर्वाधार प्राधिकरण स्थापना गरेर विकास निर्माणको कार्यलाई अगाडि बढाउने, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने, खेलकुद विकास बोर्ड, कृषि व्यवसायमा आत्मनिर्भर कृषकहरुलाई कृषि कार्य गर्नको लागि निःशुल्क विद्युत मिटरको व्यवस्था गर्ने लगायतका योजनाहरु घोषणापत्रमा समेटिएको छ । 

आज (मंगलबार) खजुरामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौर, गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार डम्बर विक तुफान, उपाध्यक्षका उम्मेदवार मञ्जु मल्ल र निर्वाचन परिचालन कमिटीका संयोजक राजकुमार विकले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गरेका छन् । 

घोषणापत्र सार्वजनिक गर्दै सहमहामन्त्री राठौरले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने जिम्मेवारी माओवादी र कांग्रेसका नेता तथा कार्यकताहरुको काँधमा आएको बताएका छन् । उनले भने, ‘नेपाली कांग्रेस यो देशको जिम्मेवार पार्टी हो । देशको परिस्थितिलाई कसरी सम्हालेर अगाडि बढाएर लैजाने भन्ने दायित्व हामीमा छ । हामीले आफूभित्रका असन्तुष्टिलाई थाँती राखेर अहिले सफलता हासिल गर्नुपर्नेछ । हामी सबैमाथि खजुरा गाउँपालिकालाई जिताउनै पर्ने जिम्मेवारी आइपरेको छ ।’

अध्यक्ष पदका उम्मेदवार तुफानले घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताले जितिसकेपछि नयाँ ढंगबाट लागू गराउन जिम्मेवार बोध गराउने बताए । उनेले जनताको सम्पूर्ण विकासको जिम्मा, कृषि, उद्योगको विकास, पूर्वाधारको विकास, शैक्षिक सुधार गर्ने लगायतका धेरै कुराको जवाफ प्रतिवद्धतापत्रमा रहेको बताएका छन् । गठबन्धनले जितेपछि ती प्रतिवद्धताहरु पूरा गर्ने उनले बाचा गरे । 

यसैगरी उपाध्यक्ष पदका उम्मेदवार मल्लले गठबन्धनलाई सफल बनाउनका लागि सहयोग गर्न सम्पूर्णमा अपिल गरिन् ।


प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP