नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेस वडा नम्बर १८ को १८ प्रतिबद्धता सार्वजनिक 
काँग्रेस वडा नम्बर १८ को १८ प्रतिबद्धता सार्वजनिक 
banijya office RSG-2
आफ्नै वार्डमा अस्पताल, वडा अध्यक्षले तलबभत्ता नलिने
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २०, २०७९ बागेश्वरी पोस्ट
काँग्रेस वडा नम्बर १८ को १८ प्रतिबद्धता सार्वजनिक 

नेपालगन्ज । सबैको साथ, सबैको विश्वास र सबैको विकास’ भन्ने मूलमन्त्रसहित नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाली काँग्रेस बाँकेका जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारी,  काँग्रेस नेता मैकुशेष बेहना, काँग्रेस वडा सभापति जगदिश प्रसाद कुर्मी, उपप्रध्यापक डा. राजेश केशर खनाल, शिक्षक नेता रमेशकुमार मिश्र, अधिबक्ता इश्वरी प्रसाद ज्ञवाली, अग्रज नेता संजय थापा लगायतले प्रतिबद्धतापत्र सार्बजनिक गरेका थिए ।

उक्त प्रतिबद्धतापत्र कांग्रेसका वडा उपसभापति राजाराम सुवेदीले वाचन गरेका थिए ।  नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडा मध्ये आफ्नो वडाको छुट्टै प्रतिबद्धतापत्र सार्वजनिक गर्ने वडा नम्बर १८ पहिलो हो । प्रतिबद्धतापत्रमा सम्बृद्ध वडाको परिकल्पा गरिएको छ । प्रतिबद्धतापत्रमा सामुदायिक विद्यालयको स्तरसुधार गर्दै संविधानले व्यवस्था गरे अनुसारको गुणस्तरीय निःशुल्क शिक्षा सबैको पहुँचमा पु¥याउने तथा गुणस्तरीय सामुदायिक बाल विकास केन्द्रहरू संचालन गर्ने उल्लेख छ । यस्तै सबै सामुदायिक विद्यालयहरूमा पुस्तकालय, बालमैत्री कक्षाहरू, प्राविधिक शिक्षा, इ–लाइब्रेरी, शुद्ध खानेपानी, पर्याप्त शौचालय तथा स्यानेटरी प्याडको व्यवस्थाका लागि पहल गरिने भएको छ ।

जेष्ठ नागरिकलाई नेपाल सरकारले तोके अनुसार निःशुल्क वितरण गर्ने औषधिहरुलाई सहजरुपमा उपलब्ध गराइने, वडामा १५ बेडको अस्पताल निर्माण गरी एमबिबिएस चिकित्सकको व्यवस्था गर्ने, निःशुल्क स्वास्थ्य बीमाको दायरा बढाउँदै सबै वडावासीलाई वीमा कार्यक्रममा आवद्ध गराउने, वडामा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । वडामा कृषि क्षेत्रको विकासका लागि कृषकहरूलाई सहजरूपमा सिंचाई, उन्नत बीउ विजन, कृषि तालिम तथा बजारीकरणका लागि सहकारीहरु स्थापना गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । यस्तै वडामा फोहर मैलाको निःशुःल्क व्यवस्थापन गरिने भएको छ ।

नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार मंगलप्रसाद वर्मा (सानु) ले प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा आफू निर्वाचित भए सरकारी तलवभत्ता नलिने घोषणा गरेका छन् । उनले उक्त तलव भत्ता गरिव तथा विपन्न वर्गको हितमा खर्चिने बताए । नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा वर्मासँगै सदस्य पदमा केशु पोख्रेल (महिला सदस्य), सरोज सोनकर (दलित महिला सदस्य), रामबहादुर भण्डारी (खुल्ला सदस्य) र रामप्रसाद मुराउ (खुल्ला सदस्य) उम्मेदवार छन् ।


प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP