prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मुसुक्क हाँसेर विकास हुने भए तुलसीपुरको कायापलट हुन्थ्यो : उम्मेदवार गिरी
मुसुक्क हाँसेर विकास हुने भए तुलसीपुरको कायापलट हुन्थ्यो : उम्मेदवार गिरी
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २०, २०७९ बागेश्वरी पोस्ट
मुसुक्क हाँसेर विकास हुने भए तुलसीपुरको कायापलट हुन्थ्यो : उम्मेदवार गिरी
गठबन्धनकोे चुनावी सभालाई सम्बोधन गर्दै नगर प्रमुखका उम्मेदवार गेहेन्द्र गिरी, तस्वीर : फरककोण

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार गेहेन्द्र गिरीले मुसुक्क हाँस्दैमा विकास नहुने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा भएको गठबन्धनको चुनाबी सभालाई सम्बोधन गर्दै उनले विकास गर्नका लागि उचित भिजन चाहिने बताएका छन् ।

"अध्साध्य राम्रा मान्छे मुसुक्क हाँस्ने मान्छे, मिठा कुरा गर्ने मान्छे भनेर गएको निर्वाचनमा मतदान गर्नुभयो", उनले भने-"हाँस्यो कि फस्यो भने जस्तै तपाईंहरु फस्नुभयो, यति राम्रो मिठा मान्छेले राम्रै काम गर्नुहुन्छ, भन्ने सोच्नु भएको थियो होला, तर अहिलेसम्म ७० करोड ऋण लागेको छ, यसको ३० गतेसम्म १ अर्ब ऋण लाग्नेछ ।"

"उपमहानगरपालिका भित्रका हरेक व्यक्तिलाई एक हजार ऋण लागेको छ, मिठो हाँस्ने मान्छेले गरेको काम यही हो । अब त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता छ," उनी भन्छन् ।

"अब त्यो ऋण घनश्यामले तिर्दैनन्", उनले भने-"ऋण नतिरेर साहुले मान्दैनन्, पहिले ऋण तिर्ने अनि काम गर्ने अबस्था छ ।" स्मार्ट सीटीका नाममा ठूला–ठूला कुरा गरेपनि उनले विरेन्द्र चोक, हात्तिखौवा लगायतका खाल्डाहरु समेत पुर्न नसकेको बताए । त्यस अवसरमा उपमेयर पदका उम्मेदवार जोगबहादुर रानाले तुलसीपुरको विकासका लागि आफूहरुलाई जिताउन आग्रह गरे ।

काँग्रेसका नन्दलाल पुनको अध्यक्षता तथा काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । त्यस अवसरमा प्रमुख अतिथि गिरीले यो गठबन्धन संविधान जोगाउने गठबन्धन भएकाले सबैले गठबन्धनका पक्षमा प्रचार गर्न समेत आग्रह गरे ।

कार्यक्रममा वडाध्यक्षका उम्मेदवार तुलसी थापाले वडाका हरेक समस्यासंग जुध्न जुझारु टिम आएको बताए । अघिका जनप्रतिनिधिले एकलौटी तरिकाले मात्रै काम गरेको भन्दै आफूहरु सबैको साझा बनेर काम गर्ने समेत बताए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, एकीकृत समाजवादीका जिल्ला उपसचिब डिल्ली डाँगी, जनमोर्चाका नेता भरत भण्डारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण माओवादी केन्द्रका तुलसीपुर नगर उपाध्यक्ष मोहन थापाले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP