prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जानकीको विकास कांग्रेसको काँधमा छ-छब्बन खाँ
जानकीको विकास कांग्रेसको काँधमा छ-छब्बन खाँ
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २०, २०७९ बागेश्वरी पोस्ट
जानकीको विकास कांग्रेसको काँधमा छ-छब्बन खाँ

जानकी (बाँके) । बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार छब्बन खाँसहित उपाध्यक्ष पदकी उम्मेदवार रामप्यारी यादव लगायतको टोली चुनावी प्रचारप्रसारमा व्यस्त छ । जानकीवासीको घर–घरमा पुग्दै उनीहरुका समस्या सुनेर निर्वाचित भएमा समाधान गर्ने प्रतिबद्धताका साथ उम्मेदवारहरु घरदैलोमा छन् । यसअघि पनि जानकी गाउँपालिकामा झिनो मत अन्तरले हार ब्यहोरेका खाँ यो पटक भने अध्यक्ष पदमा जित्ने विश्वास व्यक्त गर्छन् । प्रस्तुत छ, अध्यक्षका उम्मेदवार खाँसंग गरिएको संक्षिप्त कुराकानी

जानकी गाउँपालिकाको अध्यक्ष पदमा किन पुनः लड्दै हुनुहुन्छ ?

जानकी गाउँपालिकाको अध्यक्ष पदका लागि मेरो उम्मेदवारी म एक्लैको निर्णय होइन । यो नेपाली कांग्रेस पाटीको निर्णय हो । म किन फेरि अध्यक्ष पदमा लड्दैछु भने, २०७४ सालको स्थानीय चुनावमा जनताले मलाई धेरै विश्वास गर्नुभएको थियो र म जितेको मान्छे पनि हो । तर, चुनावको मतगणनामा घोटाला भएर मात्रै सामान्य मतले मेरो हार भएको थियो । जुन दिन चुनाव सकियो त्यो दिनदेखि म आफ्नो तर्फबाट जानकीवासीको सेवामा लागिरहेको छु र जनताका समस्या बुझिरहेको पनि छु । म के भन्छु भने जनताको हितका लागि एमालेबाट जितेका साथीहरुले केही गर्न सकेनन् । यहाँसम्मकी बाटो बनाउन आएको पैसाले नल धारा किनेर आफ्ना–आफ्ना पार्टीका मान्छेहरुलाई बाँड्नुभएको छ । पाँच वर्षमा उहाँहरुको केही उपलब्धि देखिएन । त्यही भएर यो पटक एमालेलाई हराएरै छाड्ने अठोटका साथ फेरि चुनावमा लड्दैछु ।

चुनावी प्रचारको काम कस्तो भएको छ ?

हामीहरुले पूर्णरुपमा निर्वाचन आयोगले जारी गरेको नियमभित्र रहेर प्रचार गरिरहेका छौं । न कुनै होहल्ला छ न कुनै नारावाजी छ । जुलुस निकालेर मात्रै हुँदैन । जनताको वास्तविक समस्यालाई बुझ्न जरुरी रहेको छ । हामीहरु प्रत्येक जनकीवासीको घर–घरमा पुगिरहेका छौं । उहाँहरुको समस्या सुनिरहेका छौं । हामीलाई जानकीवासीले यो पटक जसरी पनि जित्नुपर्छ भन्नुहुन्छ । हाम्रो तर्फबाट चुनावको प्रचारका लागि गर्नुपर्ने काम सबै गरिरहेका छौं । यसको परिणाम पनि राम्रै आउने आशा छ । 

यसपटक जनताले तपाईंंलाई विश्वास गर्ने आधार के–के छन् ?

विगत पाँच वर्षमा जनकीवासीले जुन दुुःख पाएका छन् । त्यसबाट मुक्ति दिलाउने कांग्रेस पाटी नै हो । हामीले जित्नु भनेको जानकीवासीले जित्नु हो । यस अर्थमा चुनाव जितेपछि हाम्रो पहिलो काम जानकी गाउँपालिकामा रहेका गरिव परिवारका लागि काम गर्नु हो । किसान दाजुभाईहरुको लागि काम गर्नु हो । शिक्षामा पालिकाका सबै बालबालिको पहुँच पुर्याउनु हो । अहिले पालिकामा कतै पनि राम्रो बाटो बन्न सकेको छैन । सबैतिर वर्षामा पानी जम्ने र हिलो मात्र हुन्छ । जनताको हरेक घर–घरमा बाटो पुर्याउनुछ । 

तपाईंंप्रति मतदाताको अपेक्षा के देख्नुहुन्छ ?

विगत पाँच वर्षदेखि म बाहिर बसेर काम गरिरहेको छु । जनताका आवश्यकता मैले बुझेको छु । उहाँहरु मलाई सधैं पालिकाले गरेका कामका बारेमा आफूहरुलाई थाहा नभएको गुनासो गर्नुहुन्छ । सबैभन्दा बढी त राहत वितरणमा भ्रष्टाचार भएका कुराहरु भन्नुहुन्छ । वास्वविक व्यक्तिलाई पालिकाले वास्तै नगरेका कुरा गर्नुहुन्छ । जानकीवासीले मसँग अपेक्षा भन्दा बढी स्थानीय सरकारको गुनासो गर्नुहुन्छ । त्यसैले उहाँहरुका ती सबै समस्याको सम्बोधन गर्न मैले जित्नैपर्ने हुन्छ । 

जित कत्तिको सुनिश्चित छ जस्तो लाग्छ ?

हाम्रो जित त लगभग सुनिश्चित नै भइसकेको छ । अब वैशाख ३० गते त्यसको परिणाम आउने हो । हामी जति घरमा पुगेका छौं । सबैको एउटै आवाज छ, जानकी गाउँपालिकामा यो पटक नेपाली कांग्रेसको जित । र, जानकी गाउँपालिकाको पारदर्शिताको लागि नेपाली कांग्रेसले जित्नै पर्छ । नत्र फेरि जानकीवासीले पाँच वर्ष दुःख पाउँछन् ।


प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP