नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेको चुनावी घोषणापत्र सार्वजनिक
कांग्रेस बाँकेको चुनावी घोषणापत्र सार्वजनिक
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २१, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेको चुनावी घोषणापत्र सार्वजनिक

नेपालगन्ज, बैशाख २१ । नेपाली कांग्रेस बाँकेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।


पार्टी कार्यालयमा आज एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरीएको हो । घोषणापत्र नेपाली कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, कांग्रेस बाँकेका पूर्व सभापति एवम् राष्ट्रिय सभा सदस्य युवराज शर्मा, कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल, उपसभापति एवम् घोषणापत्र तयारी समिति संयोजक कृष्ण बहादुर कार्की, उपसभापति गोपाल प्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, प्रबक्ता डिल्ली गिरी लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । 


घोषणापत्र  सार्वजनिक कार्यक्रममा केन्द्रिय सदस्य बाल्मिकीले पार्टीले सार्वजनिक गरेको घोषणापत्र कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे । यस्तै कांग्रेस बाँकेका सभापति गौडेलले कांग्रेसले विकास र सुशासनका सवालमा सधैं अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कांग्रेस बाँकेका पूर्व सभापति एवम् राष्ट्रिय सभा सदस्य युवराज शर्माले घोषणापत्र विकासको आधार स्तम्भ भएकाले यसलाई मूल मन्त्र मानेर अघि बढ्नुपर्ने बताए । 

घोषणापत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, सञ्चार, रोजगार, कर प्रणाली, खानेपानी तथा सरसफाई, स्थानीय कला, सँस्कृति, धर्म, गरिवी निवारण, सामाजिक सुरक्षा र युवा तथा खेलकुद जस्ता बिषयहरुमा बिषयगत रुपमा काम गर्ने योजना सार्वजनिक गरिएको छ । 


नेपाली कांग्रेस बाँकेले सार्वजनिक गरेको घोषणापत्रमा सुशासनलाई प्रमुख रुपमा जोड दिइएको छ । सुशासनमैत्री कार्य सञ्चालन गर्न स्थानीय तहको योजना, बजेट तर्जुमा, वार्षिक सेवा प्रवाहको तालिका निर्माण गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । यस्तै सार्वजनिक शिक्षा प्रणालीमा प्रभावकारी अनुगमनको व्यवस्था गर्दै सबै स्थानीय नागरिकको अभिभावकत्व एवम् अपनत्वको भूमिका सुनिश्चितता गरिने कुरालाई जोड दिइएको छ । 


घोषणापत्रमा गाउँ तथा नगरपालिकाभित्र रहेका सबै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुको भौतिक संरचनालाई सुधार गरी थप स्तर उन्नति गरिने उल्लेख गरिएको छ  । यसका साथै जेष्ठ नागरिक, अशक्त, एकल महिला, द्वन्द्वपीडित, सिमान्तकृत, विपन्न वर्गका बालबालिकाका लागि स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, “घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी” भन्ने मूल नारालाई आत्मसाथ गर्दै गाउँ तथा नगरमा पूर्ण रुपमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने कुरालाई प्राथमिकतामा राखिएको छ । 

विद्यमान पारम्परिक कृषिलाई आधुनिकीकरण गर्ने विशेष कृषि शिक्षा क्षेत्र प्याकेजहरुको पहिचान गरी सरकारी तथा गैरसरकारी संघसंस्था र स्थानीय जनताको सहभागितामा प्रभावकारी नीति निर्माण गरिने प्रतिबद्धता ब्यक्त गरिएको कांग्रेस बाँकेका उपसभापति कार्कीले बताए । उहाँले नेपालगन्जलाई क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बनाउन पूर्वमा रहेको डुडुवा खोलालाई राप्तीमा डाईभर्सन गरी विस्तार गर्न संघीय सरकारसँग विशेष पहल गरिने बताए । 

बाँकेका ८ वटै स्थानीय तहका घर घरमा बिजुली बत्ती, बाटो, सडकको स्तरोन्नति गर्ने नेपाली कांग्रेस बाँकेले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख गरिएको छ । विभिन्न सीप सिकेर बैदेशिक रोजगारबाट फर्केर आएका जनशक्तिलाई समृद्ध स्थानीय तह बनाउन सीपको सदुपयोग गरी रोजगारी सिर्जना गर्न विशेष पहल गरिने, आवश्यकताको आधारमा स्थानीय तहभित्र पिउने पानीको अत्याधुनिक पानी ट्याङकीको निर्माण गरी पाँच वर्षभित्र सबै नागरिकको घरमा शुद्ध पिउने पानीको व्यवस्था गर्ने, स्थानीय तहभित्र रहेका दर्ता गरिएका सबै धार्मिक मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतका धार्मिक स्थलको दैनिक पूजापाठ तथा सञ्चालन गर्न मासिकरुपमा बजेट ब्यवस्था गर्ने, हरेक धार्मिकस्थलको मासिकरुपमा आय-ब्यय विवरण राख्ने प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ । 

युवा युवतीहरुलाई कुलतबाट बचाउन पुनर्स्थापना केन्द्रहरु सञ्चालनमा ल्याउने, स्थानीय तहभित्र यत्रतत्र छरिएर रहेका अल्पसङ्ख्यक, चिडिमार, लोपोन्मुख जात जातिहरुको लगत संकलन गरी आवास ब्यवस्थापन गर्न पहल गरिने, खेलाडीहरुको प्रतिभा पहिचानका कार्यक्रमहरु सञ्चालन गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा क्षमता प्रदर्शन गर्न सक्ने खेलाडी उत्पादनमा जोड दिइएको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP