prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगन्जमा गठबन्धनको संकल्पपत्र सार्वजनिक, 'पाँच वर्षमा-पाँच संकल्प'
नेपालगन्जमा गठबन्धनको संकल्पपत्र सार्वजनिक, 'पाँच वर्षमा-पाँच संकल्प'
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २१, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्जमा गठबन्धनको संकल्पपत्र सार्वजनिक, 'पाँच वर्षमा-पाँच संकल्प'

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारको संकल्पपत्र सार्वजनिक गरिएको छ । नेपालगन्जमा आज एक समारोहका बीच प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य अशोक कोइराला, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कांग्रेसका लुम्बिनी प्रदेश सदस्य, जिल्ला, क्षेत्र, प्रदेश सभाका पदाधिकारी, नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहागरपालिकाका उपाध्यक्ष तारा खत्री, राष्ट्रिय जनमोर्चाका जगदिश ढकाल, नगर प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दीन राई लगायतले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् । 

nepalgunj 081-082


“पाँच वर्ष पाँच संकल्प” भन्ने मूल नाराका साथ उक्त संकल्पपत्रमा सद्भावको शहर, हरित नगर, रिंङरोड सहितको सडक सञ्जाल र पूर्वाधार, सेवा र सुशासन तथा सामाजिक न्याय सहितको रुपान्तरणलाई समावेश गरिएको छ ।  संकल्पपत्रमा शिक्षा, स्वास्थ्य, कृषि, स्रोत तथा वित्तीय व्यवस्थापन, उद्यमशीलता र रोजगारी, सामाजिक सुरक्षाः कोखदेखि शोकसम्म, पर्यटन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहरमैला व्यवस्थापन तथा सरसफाई, विपद् व्यवस्थापन, सामाजिक न्याय र समावेशिता, भाषा, साहित्य, कला र संस्कृति, खेलकुद र सूचना तथा सञ्चारलाई समेटिएको छ । 


यस्तै नेपालगन्जलाई शैक्षिक हवका रुपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने र सिकाई केन्द्र स्थापना गरी विषयगत शिक्षकहरुको त्रैमासिक भेला आयोजना गर्ने, आधारभूत स्वास्थ्य सेवा, आयुर्वेद र वैकल्पिक चिकित्सा, मानसिक स्वास्थ्य लगायत निरोधात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सेवालाई एकीकृत रुपमा सञ्चालन गर्न योजना बनाउने कुरालाई पनि जोड दिइएको छ । 


कृषि बीमामा साना किसानलाई ५० प्रतिशत र मझौला तथा ठूला किसानलाई ७५ प्रतिशत अनुदान दिनेमा जोड दिइएको छ । उपमहानगरपालिकामा वस्तुगत तथ्यको आधारमा करको आधार मूल्यांकन तथा निर्धारण गरिने कुरालाई प्रमुख रुपमा उल्लेख गरिएको छ । स्थानीय तहमा सञ्चालन हुने उद्योगहरुमा निश्चित प्रतिशत रोजगारी दिनुपर्ने कुरालाई व्यवस्थित गरी काम गरिने उल्लेख गरिएको छ । 


यसका साथै युवा यूवतीलाई निःशुल्क प्रजनन स्वास्थ्य शिक्षा दिने, सुत्केरी र नवजात शिशुको घर दैलोमा स्वास्थ्य सेवा प्रदान गरिने, सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक वडामा घुम्ती बैकिङ सेवा सञ्चालन गरी सामाजिक सुरक्षा रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने कुरालाई प्राथमिकतामा राखिएको छ । संकल्पपत्रमा स्थापित तथा उदीयमान गन्तब्यहरुको पहिचान, सहज र सुलभ पहुँचका लागि गुणस्तरीय पूर्वाधार विकास, विस्तार र स्तरोन्नति गर्ने कुरालाई पर्यटनको बिषयमा उठान गरिएको छ भने स्थानीय ज्ञान, जैविक विविधता, सीप, वातावरणीय सेवा प्रवाहको सम्भावना आदिको पहिचान गरी सूचीकृत गर्ने कुरालाई पनि प्राथमिकतामा राखिएको छ । 


स्थानीय भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्दे सांस्कृतिक संग्रहालयको स्थापना गरिने, खेलकुदको समग्र विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई सूचना तथा सञ्चारमैत्री बनाउने र सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षालाई मध्यनजर गर्दै कार्यविधि निर्माण गरेर सामाजिक सुरक्षाको दायरामा ल्याइने लगायत महत्वपूर्ण बिषयहरु संकल्प पत्रमा समावेश गरिएको छ । 


संकल्प पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा अगाडि सारिएका प्रशान्त विष्ट र कमरुद्धिन राईलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताए ।  “जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो ढंगले हुन सकेन, यदि हामीले ब्यवस्थित तरिकाले गठबन्धन गर्न सकेको भए गठबन्धन दलहरुलाई बढी उपलब्धि हुने थियो, तर त्यो हुन सकेन,’ उनले भने “म भन्न चाहन्छु, हाम्रो जुन केन्द्रीय तहबाट तालमेल भएको छ, यो गठबन्धनलाई सफल बनाउने तपाई हामी सबैको दायित्व हो ।” पार्टीभित्र धेरै ब्यवस्थापन गर्न समस्या भएका कारण नेपालगन्ज उपमहानगरपालिकाको वडा तहमा गठबन्धन हुन नसकेको उनको भनाई छ ।


गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले संकल्प पत्रमा उपमहानगर क्षेत्रको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत विविध विषयलाई समेटिएको बताए । चुनावमा गरेको संकल्पलाई निर्वाचित भएपछि पूरा कार्यान्वयन गरिने उनको भनाई छ । गठबन्धनका उम्मेदवारप्रति मतदाताले देखाएको उत्साह देखेर अरु उम्मेदवारहरु अत्तालिसकेको विष्टले बताए । “गठबन्धनप्रति धेरै मतदाताले देखाएको उत्साह देखेर अरु उम्मेदवार अत्तालिसकेका छन्, नेपालगन्जका मतदाता र सबै क्षेत्रका बुद्धिजिवीले पनि हामीलाई विश्वास गर्नुभएको छ,” उनले भने । कतिपय उम्मेदवारले गठबन्धनका उम्मेदवार विरुद्ध अफवाह फैलाउने कोसिस गरिरहेको उनले बताए । आफूहरु धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नमा उत्तिकै जिम्मेवार रहेको विष्टले बताए । “हाम्रो पहिलो प्राथमिकता नै सामाजिक सद्भाव हो,” उनले थपे । 

सो क्रममा नगर उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले आफूहरु विरद्ध विपक्षीले फैलाएको भ्रमलाई चिर्दै जनताको मन जित्ने बताए । “हामी विरुद्ध अनेक भ्रम फैलाउन खोजिएको छ, तर मतदाताहरु सचेत हुनुहुन्छ, यो भ्रमलाई चिर्दै गठबन्धनलाई जिताउन जरुरी छ,” उनले भने । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेकपा माओबादी केन्द्रका नेपालगन्ज उपमहानगरपालिका उपाध्यक्ष तारा खत्री, राष्ट्रिय जनमोर्चाका जगदिश ढकालले पाँच दलीय गठबन्धन केन्द्रबाटै निर्माण भएको र नेपालगन्ज उपमहानगरपालिकामा आफ्ना साझा उम्मेदवार प्रशान्त विष्ट र कमरुद्धिन राईलाई निर्वाचित गराउन प्रतिवद्ध रहेको बताए । यो गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका निम्ति बनेको उनीहरुले बताए । 

नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक डा. सुरेशकुमार कनोडियाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संकल्प पत्र तयारी समितिका संयोजक हेमन्त कर्माचार्यले उम्मेदवारले निर्वाचित भएपछि गर्न सक्ने विषयबस्तुलाई मात्र समेटिएको बताए । “निर्वाचित भएपछि गर्नै नसक्ने कुरालाई हामीले संकल्प पत्रमा समेटेका छैनौं,” उनले भने ।


प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP