prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगन्जको नगर प्रमुख बन्न प्रशान्तको एक दशकदेखि तयारी
नेपालगन्जको नगर प्रमुख बन्न प्रशान्तको एक दशकदेखि तयारी
RSG-2
नेपालगन्जलाई सद्भावपूर्ण, विकसित र सुविधायुक्त सहर बनाउने आफ्नो सपना
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २१, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्जको नगर प्रमुख बन्न प्रशान्तको एक दशकदेखि तयारी

नेपालगन्ज । स्थानीय सरकार संघियताको सबैभन्दा सशक्त र जनताको नजिकको सरकार हो । यसको नेतृत्व गर्ने व्यक्ति शैक्षिक, इमान्दारिता र सृजनशिलतामा अब्बल भएन भने त्यसले स्थानीय सरकारको मर्म अनुसार काम गर्न सक्दैन । यसका साथै स्थानीय सरकारको प्रमुख बन्न चाहने व्यक्तिमा लामो तयारी पनि हुनुपर्दछ । 

nepalgunj 081-082

‘नेपालगन्ज उपमहानगरपालिका जस्तो एक अग्रणी र विविध आयाम बोकेको सहरको नेतृत्व गर्न चाहने व्यक्तिमा तयारी राम्रो भएन भने उसले सिक्दासिक्दै कार्यकाल बित्यो भन्ने बाहेक अरु केही गर्न सक्दैन ।’ यो भनाई नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखका लागि कांग्रेस लगायत गठबन्धन तर्फका उम्मेदवार प्रशान्त विष्टको हो । 

आफूले नेपालगन्जको नगर प्रमुखका लागि गरेको जस्तो तयारी अहिलेका अन्य उम्मेदवार कसैको पनि नभएको उनले दाबी गरे । नगर प्रमुखका लागि आफूले एक दशक अघिदेखि तयारी गरेको विष्टको भनाई छ । नेपालगन्जलाई सद्भावपूर्ण, विकसित र सुविधायुक्त सहर बनाउने आफ्नो सपना रहेको उनले बताएका छन् । ‘त्यसका लागि मैले पार्टीभित्र पनि रणनीतिक रुपमा काम गरेँ, अध्ययन गरेँ, यति मात्रै होइन, जनतासँगको सम्बन्धलाई पनि बिस्तार गरेँ,’ विष्टले भने । पार्टीको संरचना बुझेर नै आफूले नगर प्रमुखको लागि सजिलो हुने पद कांग्रेसको नगर सभापति रोजेको उनले बताएका छन् ।  

२०६८ सालमा कांग्रेसको नेपालगन्ज नगर समितिको सभापति पदमा निर्वाचित भएका विष्ट उक्त पदमा दाबी गर्नुका पछाडि नेपालगन्जको नगर प्रमुख सम्मको बाटो बनाउनु रहेको बताउँछन् । ‘नगर सभापति पद भनेको नगर प्रमुख पदको लागि प्रमुख दाबेदार हुन्थ्यो, त्यतिबेला अब देश संघियतामा जान्छ भन्ने लगभग थाहा भइसकेको थियो, त्यसपछि मैले त्यही पदमा दाबी गरेँ,’ उनले भने ‘पहिलो कार्यकाल सकिएपछि माथिको पदमा गए पनि हुन्थ्यो, तर मलाई थाहा थियो नगर सभापति भनेको नगर प्रमुखको पनि दाबेदार हो, त्यसकारण त्यसैमा दोहोरिन चाहेँ ।’

२०७३ सालमा तत्कालीन नगरपालिकाबाट उपमहानगरपालिका बनेपछि नगर सभापतिमा सर्वसम्मत दोहोरिएका थिए भने २०७८ सालमा भएको पछिल्लो अधिवेशनबाट पुनः नगर सभापति पदमै निर्वाचित भए । उनले नगर प्रमुखको टिकट पाउनुका पछाडि नगर सभापतिको रुपमा दाबेदारी पनि महत्वपूर्ण तर्क रहेको नेताहरु बताउँछन् । 

यस्तै जनस्तरमा सम्बन्ध बिस्तारका लागि उनले यसबीचमा थुप्रै सामाजिक कामहरुमा सक्रियता देखाए । नेपालगन्जमा धार्मिक सद्भाव कायम गर्ने काममा भूमिका निभाएका छन् । विभिन्न सामाजिक संस्थाहरुबाट सेवाको काममा सक्रियता बढाए । 

कोरोना महामारीको समयमा भेरी अस्पतालमा सञ्चालित २० रुपैयाँमा खाना खुवाउने कामको लागि पनि उनको भूमिका महत्वपूर्ण थियो । अर्कोतर्फ प्रशान्तले मेयरका लागि आवश्यक अध्ययन गरेको समेत बताए । ‘मैले विदेशका धेरै सहरहरुको विकासका मोडेल अध्ययन गरें, विज्ञहरुलाई भेटेर धेरै कुरा सिकें, म आफैं व्यवस्थापनको विद्यार्थी भएकोले त्यसले पनि धेरै कुरामा मलाई नगर प्रमुखका रुपमा सहयोग गर्छ भन्ने लाग्छ,’ उनले भने । 

उनी नेपालगन्जको एकीकृत शहरी विकास आयोजनाको खाका बनाउँदा आफूले राजनीतिक संयन्त्रमा रहेर अग्रणी भूमिका निभाउन पाउनु पनि आफ्नो मेयरको तयारीका रुपमा लिएको बताउँछन् । यसका साथै पहिलो कार्यकालमा स्थानीय सरकारहरुले गरेका कामहरुलाई नजिकबाट नियालेको पनि उनले बताए । स्थानीय सरकारको अधिकारलाई हेर्ने हो भने धेरै राम्रा कामहरु गर्न सक्ने अवसरहरु रहेका उनको भनाई छ । ‘मेरो पूरा ध्यान र ध्येय नेपालगन्जको विकासमा छ, यहाँका जनताको भावना अनुसार काम गर्नेमा छ, मतदाताले पनि मलाई अवसर दिनुहुन्छ भन्नेमा विश्वस्त छु,’ उनले भने।


प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP