prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सिडिओ बन्ने सपना त्यागेर राजनीतिमा होमिएका प्रशान्त
सिडिओ बन्ने सपना त्यागेर राजनीतिमा होमिएका प्रशान्त
banijya office
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २४, २०७९ बागेश्वरी पोस्ट
सिडिओ बन्ने सपना त्यागेर राजनीतिमा होमिएका प्रशान्त

नेपालगन्ज । प्रशान्त विष्ट यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख बन्ने दौडमा छन् । राजनीतिबाटै समाज परिवर्तन गर्नुपर्छ भन्ने लक्ष्य बनाएका प्रशान्त आफ्ना बुवाको सपना भने जेठो छोरा सरकारी जागिरे होस् भन्ने रहेको स्मरण गर्छन् ।

nepalgunj 081-082

प्रशान्त पनि सिडिओ वा पुलिस अफिसर बन्ने सपना देख्थे । चाहेको भए आफ्नो त्यो सपना पनि सहजै पूरा हुने विष्ट बताउँछन् । तर, प्रशान्तले सरकारी जागिर वा आरामदायी जिन्दगीको बाटो रोजेनन् । उनले आफ्नो जीवनको उर्जावान समय राजनीतिलाई दिए । ‘अब मेरो जीवनको लक्ष्य भनेकै राजनीतिलाई सेवाको माध्यम बनाएर जनताका लागि काम गर्नु हो । मलाई पैसा र पावरको त्यतिलोभ छैन,’ विष्ट भन्छन्,  ‘पैसा र पावर त मैले अरु क्षेत्रमा लागेरै कमाउन सक्थें । मेरा साथीहरु धेरै पहिले नै ठूल्ठूला पदमा पुगिसकेका छन् ।’

बुवा सरकारी जागिरे हुनुको लाभ प्रशान्तको लालनपालन र शिक्षा-दिक्षामा पनि पर्यो । उनले राम्रो शिक्षा लिने अवसर पाए । २०३५ सालमा जन्मिएका विष्टले जयबागेश्वरीमा कक्षा पाँचसम्म अध्ययन गरे । त्यसपछि महेन्द्र माविमा अध्ययन गरेर २०५१ सालमा एसएलसी दिएका प्रशान्तले द्वितीय श्रेणीमा उत्तीर्ण गरे । 

प्रशान्तको राजनीतिमा प्रवेश उनको परिवारले नचाहँदा नचाहँदै भएको हो । हुन त उनको परिवार राजनीतिबाट पूरै अछुतो पनि थिएन । सुशिल कोइरालाका ठूल्दाई प्रमोद कोइराला र विष्टका हजुरबुवा बीच मितको नाता थियो । कोइराला नेपालगन्ज रहँदा विष्टको घरमाआउने जाने गरिरहन्थे । तर, सक्रिय राजनीति पनि उनको परिवारबाट कसैले गरिरहेको थिएन । 

महेन्द्र माविमा हुँदा नै उनी नेविसंघको विद्यालय इकाई सचिव बनाइएका थिए । तर, त्यस प्रति उनको त्यति चासो थिएन । २०५४ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा उनले प्रविणता प्रमाणपत्र उत्तीर्ण गरे । २०५५ सालमा उनले व्यवस्थापन संकायमै स्नातक तह अध्ययन सुरु गरे । 

No description available.

त्यति बेला क्याम्पसमा विद्यार्थी युनियन चुनावको चर्चा थियो । उनले नेपाल बिद्यार्थी संघ नै रोजे । तर, नेपालगन्ज नै घर भएका भन्दा त्यतिबेला बाहिरबाट आएका विद्यार्थीहरुको राजनीतिमा दबदबा हुन्थ्यो । नेविसंघबाट नेपालगन्जको स्थानीय वासीको युनियनमा प्रतिनिधित्व गराउने क्रममा प्रशान्तले सहसचिवको चुनाव लडे । ‘रहरमा चुनाव लडेको हुँ, अन्तिम समयमा मात्रै उम्मेदवारी दिएँ, तर जीवनको पहिलो चुनाव हारियो,’ विष्टले भने । 

चुनाव हारेपनि उनमा राजनीतिको नशा झन् बढ्न थाल्यो । त्यसपछि बुवाले प्रशान्तलाई भने, ‘पढाई भन्दा बढी राजनीतिमा ध्यान दिन्छस्, चुनाव पनि हार्छस्, अब काठामाडौं जा ।’ त्यसपछि विष्ट पुगे काठमाण्डौको शंकरदेव क्याम्पसमा । स्नातक तह दोस्रोे वर्ष उनले शंकरदेव क्याम्पसमा अध्ययन गरे । 

शंकरदेव क्याम्पसमा पुगेपछि कांग्रेसका अहिलको सहमहामन्त्री किशोरसिंह राठौरले त्यहाँको युनियनको चुनावमा पनि सदस्य लड्न भने । राजनीति छुट्ला भन्ने आशामा काठमाडौँ गएको छोरो फेरि राजनीतिमा लाग्न थालेको थाहा पाएपछि बुवाले उनलाई नेपालगन्ज नै बोलाए र पुनः स्नातक तह तेस्रो वर्षबाट महेन्द्रमै अध्ययन सुरु गरे । 

२०५९ सालमा भने अनेरास्ववियु र नेविसंघको गठबन्धन गरेर चुनाव लडेपछि उनी स्ववियु उपसभापतिमा निर्वाचित भए । त्यसपछि विष्टको राजनीतिक यात्रामा असफलता कहिल्यै हात लागेन । २०६१ सालमा उनी पुनः उनी स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजयी हासिल गरे । 

No description available.

२०६३ सालदेखि लगातार ४ वर्ष नेविसंघ बाँकेको अध्यक्ष बनेका विष्टले कुशल नेतृत्व क्षमता देखाए । २०६८ सालमा उनी नेपाली काँग्रेसको नेपालगन्ज नगर सभापति पदमा निर्वाचित भए । त्यसपछि २०७३ सालमा उपमहानगरपालिका भएपश्चात् सर्बसम्मत नेपालगन्ज उपमहानगरपालिका नगर सभापतिमा दोहोरिए । २०७८ मा काँग्रेसको १४ औं महाधिवेशनबाट पुनः उनी नेपालगन्ज नगर सभापतिमा निर्वाचित भएर ह्याट्रीक गरे । 

विष्ट भन्छन्, ‘मेरो राजनीतिक जीवनको जितको सुरुवात नै गठबन्धनबाट भएको थियो । यसपटक पनि म गठबन्धनबाट साझा उम्मेदवार छु । यतिखेर मैले नगर प्रमुख पदका लागि गरेको तयारी, नेपालगन्जको विकासमा दिएको योगदान र सबै समुदायसँगको मेरो निकटताका आधार थपिएका छन् । मैले जित्ने निश्चत छ ।’

No description available.


प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ०८:३०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP