नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशान्त उर्जावान, योग्य र सक्षम युवा नेता होः शर्मा
प्रशान्त उर्जावान, योग्य र सक्षम युवा नेता होः शर्मा
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २४, २०७९ बागेश्वरी पोस्ट
प्रशान्त उर्जावान, योग्य र सक्षम युवा नेता होः शर्मा

निर्वाचन आउन अब करिब एक हप्ता बाँकी छ । उम्मेदवारहरु प्रचारप्रसार र घरदैलोमा व्यस्त छन् । बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवारले आफ्नो प्रचारप्रसार गरिरहेका छन् । नेपाली कांग्रेसले ८ वटै पालिकामा आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन आफ्ना सबै संयन्त्र परिचालन गरिरहेको छ । नेपालगन्ज उपमहानगरपालिका र समग्र बाँके जिल्लामा कांग्रेस उम्मेदवारको अवस्था लगायत विविध विषयमा राष्ट्रियसभा सदस्य एवम् कांग्रस बाँकेका पूर्व सभापति युवराज शर्मासँग गरिएको संवाद

तपाईं पनि उम्मेदवारसँगै घरदैलोमा पुगिरहनुभएको छ, कांग्रेसप्रति मतदाताको दृष्टिकोण कस्तो पाउनुभएको छ ?

  • मतदातामा कांग्रेसप्रति उत्साह देखिन्छ । उहाँहरुको प्रतिक्रियाबाट हाम्रा उम्मेदवार उत्साहित हुनुभएको छ । पछिल्लो समय कांग्रेसप्रति बढी जनलहर देखिएको छ । यो भनेको लोकतन्त्रको सफलता हो । हामीसँग नेपालगन्ज र खजुरामा गठबन्धन बनेको  छ । यो गठबन्धन नयाँ प्रयोग हो । यो गठबन्धन सफल भयो भने २० वर्षसम्म जान्छ भनेर प्रचण्डजीले पनि भन्नुभएको छ ।

गठबन्धन गर्नुपर्ने आवश्यकता किन भयो ?

  • पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गठबन्धन बनेको हो । हाम्रो लडाईं सोचको हो, व्यक्तिगत होइन । हामी जोसँग पनि मिलेर जान सक्छौं । हाम्रो विरोध भनेको राजतन्त्र पुनर्स्थापना गर्नेहरुप्रति हो । ओलीले यसको समर्थन गर्नुभएपछि हामी दुःखी भएका हौँ ।

नेपालगन्ज उपमहानगरपालिकाको निर्वाचनलाई कसरी हेरिरहनुभएको छ ?

  • हाम्रो प्रतष्स्पर्धा भनेको सोचसँगको हो । संविधान र जनताको अधिकारको रक्षाका लागि हो । विगतमा हामीले एमाले पार्टीलाई पनि हेर्यौं । दुई तिहाईको सरकारलाई पनि हेर्यौं । हामीले राप्रपालाई पनि हेर्यौं । जनता यति अगाडि बढिसक्यो कि पुरातनवादी सोचलाई जनताले अब विश्वास गर्दैनन् । कतिले भ्रष्टाचार गरेका पनि सुनिए । सबैभन्दा ठूलो कमजोरी एमालेले देखायो । त्यसैले पनि यो निर्वाचन कांग्रेसले जित्नैपर्छ भन्ने लाग्छ र महत्वपूर्ण पनि छ । नेपालगन्जको निर्वाचन हाम्रो पक्षमा गइसकेको छ । ठूलो मत अन्तरले हाम्रा उम्मेदवारले चुनाव जित्दै हुनुहुन्छ ।

नेपालगन्जको नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवार कत्तिको योग्य हुनुहुन्छ ?

  • मैले सबै उम्मेदवारलाई राम्ररी चिनेको छु । प्रष्ट भाषामा भन्नुपर्दा कांग्रेससहित गठबन्धनका तर्फबाट नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राई जनताको काम गर्ने ब्यक्ति हुन् । अन्य उम्मेदवार भन्दा म चाहिँ गठबन्धनका उम्मेदवार प्रशान्त विष्ट र कमरुद्दिन राईलाई छनोट गर्छु ।

नेपालगन्ज उपमहानगरपालिकामा जनताले कांग्रेसलाई भोट किन दिने ?

  • कांग्रेससहित गठबन्धनको साझा उम्मेदवार प्रशान्त विष्ट उर्जावान, योग्य र सक्षम युवा नेता हो । एउटा कारण त उहाँ पहिलेदेखि नै एउटै पार्टीमा भएर काम गर्नुभएको हो । काम गर्न सक्ने क्षमता भएको, जोश जाँगर भएको युवा भएका कारण पनि उहाँलाई सहयोग गर्नुपर्छ । अर्को कारण यसपटक पाँच दलबीच गठबन्धन बनेको छ । यसपटक नजिते कहिले जित्ने ?

विष्टले नगर प्रमुखमा जित्नुभयो भने नेपालगन्जका लागि मुख्य रुपमा के  काम  गर्न  आवश्यक छ ?  

  • यसका लागि त सबैले आआफ्ना योजना सहितका घोषणापत्र सार्वजनिक गरिसक्नुभएको छ । निर्वाचित भएपछि आफूले घोषणा गरेका योजना कार्यान्वयन गर्नुस् । यति भयो भने नेपालगन्जलाई पुग्छ । नेपालगन्ज देशमा एउटा राम्रो नमुना शहर बनोस् ।
     


प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP