नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • चुनावी माहोल कांग्रेसकै पक्षमा तातेको छःबाल्मिकी
चुनावी माहोल कांग्रेसकै पक्षमा तातेको छःबाल्मिकी
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २५, २०७९ बागेश्वरी पोस्ट
चुनावी माहोल कांग्रेसकै पक्षमा तातेको छःबाल्मिकी

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले घरदैलो र भेटघाटलाई तिब्रता दिइरहेका छन् । बाँकेको ८ वटा स्थानीय तहमा उम्मेदवारबीच प्रतिष्पर्धा छ । बाँकेका सबै स्थानीय तहमा कांग्रेसका उम्मेदवारहरु चुनावी मैदानमा छन् । बाँकेमा देखिएको चुनावी माहोल, चुनाव जित्न कांग्रेसको तयारी लगायत विविध विषयमा रहेर नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीसँग गरिएको संवादः

१. बाँकेमा चुनावको माहोल कस्तो पाउनुभएको छ ?

  • बाँकेमा चुनावी माहोल तातेको छ । यतिबेला जनमानस नेपाली कांग्रेसको पक्षमा छ । नेता, कार्यकर्तामा उत्साह छ । कहीँ कतै केही साथीहरुमा असन्तुष्टि होला । तर, निर्वाचनको यो संघारमा आइपुग्दा ती असन्तुष्टिलाई बिर्सेर उहाँहरु पनि गठबन्धनका उम्मेदवार जिताउन लागिपर्नुभएको छ ।

२. पार्टी भित्रका असन्तुष्टि कसरी मेटिए ?

  • कांग्रेस एउटा ठूलो पार्टी हो । यहाँ धेरै कार्यकर्ताहरुले वर्षौंदेखि मेहनत गरिरहनुभएको छ । पार्टीका कार्यकर्ताको ठूलो लगानी छ । यति ठूलो पार्टीको निर्वाचन परिणाम सफल हुन सकेन भने वा विजयी गराउन सकिएन भने इज्जत र प्रतिष्ठाको कुरा आउँछ । त्यसैले पनि उहाँहरु यतिबेला पार्टी जोगाउन लागिपर्नुभएको छ । टिकटको विषय छोडेर पार्टीलाई जिताउन लागिपर्नुभएको छ । आशा छ, उहाँहरुको देनले पक्कै फल पाउनेछ ।

३. निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि के–के गरिरहनुभएको छ ?

  • हामी सबै अहिले कसरी अत्याधिक मत ल्याएर विजयी हुने भनेर केन्द्रित भएका छौँ । प्रत्येक टोल, वडामा दलित, जनजाति लगायत सबै समुदायको घरदैलोमै पुगिरहेका छौं । नेपालगन्जमा गठबन्धनबाट जुझारु उम्मेदवार उठ्नुभएको छ । उहाँहरुको जित निश्चित छ । वडाध्यक्षहरुलाई पनि जिताउनका लागि हामी प्रयास गरिरहेका छौँ । केही वडामा हाम्रो गठबन्धनमा रहेका माओवादी, जसपा कमजोर अवस्था देखिएको छ । त्यहाँ पनि उनीहरुलाई जिताउनका लागि हामी योजना बनाइरहेका छौं । केही वडामा तालमेल गरेर अघि बढ्नका लागि छलफल गरिरहेका छौँ ।

४. नेपालगन्ज उपमहानगरमा गठबन्धनले नै जित्ने आधार के छ ?

  • कांग्रेस नेपालको एक प्रजातान्त्रिक पार्टी हो । नेपालमा प्रजातन्त्र ल्याउनका लागि पनि योगदान दिएको पार्टी हो । कांग्रेसले नै देशमा भएका परिवर्तनहरुको नेतृत्व लिएको छ । अब नेपालगन्जको विकास र परिवर्तनका लागि पनि कांग्रेसले जित्नु आवश्यक छ । किनकी नेपालगन्ज देशमै एउटा फरक पहिचान बोकेको शहरका रुपमा छ । यहाँका अस्पताललाई शिक्षण अस्पताल बनाउन, युवाहरुलाई रोजगारी दिन, महिला उद्यमी तयार पार्न, स्वास्थ्य खोप, दीर्घकालिन रोगको उपचार गर्न, निःशुल्क स्वास्थ्य परिक्षण लगायतका घोषणापत्रमा उल्लेख गरिएको छ । शहरीकरण र सरसफाईमा जागरुपता ल्याउन, फोहोर व्यवस्थापन लगायतका काममा प्राथमिकता दिइने घोषणापत्रमै उल्लेख छ । सुख्खा बन्दरगाहदेखि लिएर इन्द्रपुर, प्रिपहवा लगायत जोड्ने रिङ रोड बनाउने लगायतका योजना पनि समेटिएका छन् । सुशिल कोइराला प्रधानमन्त्री हुँदा नै नेपालगन्जमा एडिबीको योजना आएको थियो । जसले नेपालगन्जमा विकासको महसुस भएको छ । गठबन्धन निर्वाचित भएका फेरि पनि यस क्षेत्रको विकासका लागि विभिन्न दातृ निकायबाट योजना ल्याउनेछौँ ।

५. निर्वाचित हुनेले नेपालगन्जका लागि के गर्न आवश्यक छ ?

  • मलाई लाग्छ, यस शहरलाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेछ । सुशिल कोइराला प्रधानमन्त्री हुँदा यहाँ ठूल्ठूला स्टार लेभलका होटेलहरु खुले । भारतबाट मानसरोवर जानेहरुका लागि नेपालगन्ज गेट वे का रुपमा विकास भयो । भारतबाट मानसरोवर जान आएकाहरुका लागि अब जमुनाहदेखि हिल्सा सम्मको बाटो निर्माण गर्ने योजना नेपालगन्जले ल्याउन सक्छ । यहाँ यति धेरै स्टार लेभलका होटेलहरु छन् । उनीहरुलाई एक÷दुई दिन नेपालगन्जमा बास बसाउने व्यवस्था गर्न सके यहाँको आर्थिक समृद्धिमा टेवा पुग्छ ।

६. जमुनाहदेखि हिल्सा सम्मको बाटो निर्माण गर्ने योजना कत्तिको सम्भव छ ?

  • सम्भव छ । ट्रयाक खुलिसकेको अवस्था छ । त्यसको व्यवस्थापन गर्न सके भइहाल्छ । यो कामका लागि नेपालगन्ज उपमहानगरपालिकाले पहल गर्न सक्छ । यो बाटो बनोस् भनेर कर्णाली प्रदेशले पनि चाहेको छ । हामीले आँट देखाए सम्भव छ ।

७. अब, अन्त्यमा के भन्न चाहनुहुन्छ ?

  • नेपाली कांग्रेसले दिएको युवा नेता, प्रौढले माया गरे भने अवश्य जित्छ । यो जित युवाको हो, विकासको हो, नेपालगन्जको हो । युवाहरु यतिबेला उत्साहित छन् । युवाहरुले अब नेतृत्व लिनुपर्छ भन्ने पनि हो । अन्त्यमा निर्वाचनका क्रममा जिल्लामा शान्ति सुरक्षा होस्, इमान्दारी र निष्पक्ष रुपमा मतदान होस्, निर्वाचनमा लोभलालच र प्रलोभनमा पारेर प्रभावित पार्ने काम नहोस् भन्ने जोडदार माग गर्दछु ।
     


प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP