prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एडिबी परियोजनामा प्रशान्तको भूमिका
एडिबी परियोजनामा प्रशान्तको भूमिका
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २५, २०७९ बागेश्वरी पोस्ट
एडिबी परियोजनामा प्रशान्तको भूमिका

नेपालगन्ज । नेपालगन्जको मुहार बदल्ने योजनाका रुपमा लिइन्छ, एडिबीको एकीकृत सहरी विकास परियोजना । सन् २०१४ मा सुरु भएको उक्त परियोजनामा राजनीतिक रुपले समन्वयकारी भूमिकामा थिए, नेपाली कांग्रेसका नेता प्रशान्त विष्ट । नेपालगन्ज नगर सभापतिको हैसियतमा उनले एडिबीको परियोजना पूरा गर्न महत्वपूर्ण भूमिका निभाए । 

एडिबी परियोजनाको महत्वपूर्ण कागजी काममा विष्टले नै भूमिका निभाएका हुन् । विष्टले भने, ‘तपाईं एडिबीको परियोजना कार्यान्वयन हुनु भन्दा अघिका कागजपत्रहरु हेर्नुहुन्छ भने त्यहाँ कुनै कागज छैन होला, जहाँ मेरो हस्ताक्षर छैन, सबै पेपरवर्क र परियोजनाको खाका कोर्ने काममा मैले रातदिन समय दिएको थिएँ ।’ एडिबीको परियोजनाका अनेक तालिम र योजनाको खाका कोर्ने काममा सक्रियरुपले लाग्नुका पछाडि नेपालगन्जको विकासका लागि कुनै दिन आफू पनि कार्यान्वयन गर्ने ठाउँमा पुग्दा काम लागोस् भन्ने हेतु रहेको विष्ट बताउँछन् ।

No description available.

एडिबी परियोजनाले निर्माण गर्ने सडक, नाला र ल्याण्डफिल साइटको लागि जग्गाको खोजी र साइट खाली गर्ने काममा पनि विष्टले अगुवाई गरेका थिए । विशेषगरी ल्याण्डफिल साइटको जग्गा खोजी सबैभन्दा चुनौतीको कुरा थियो । त्यतिबेला नेपालगन्जको कुनै ठाउँमा पनि पर्याप्त जग्गा थिएन । ल्याण्डफिल साइटको जग्गा टुंगो नलाग्दासम्म एडिबीको परियोजना अघि बढ्ने अवस्था नै थिएन  । परियोजनाका अरु काम सफल भएपनि नेपालगन्जको फोहोरमैला व्यवस्थापनको समस्या समाधान हुनेवाला थिएन । परियोजनाको दातृ निकायलाई विश्वस्त पार्न पनि जग्गाको चाडो भन्दा चाडो टुंगो लगाउनुपर्ने अवस्था थियो । जग्गा भएको क्षेत्र त्यतिबेला नेपालगन्ज उपमहानगरपालिका भित्र थिएन । नेपालगन्ज भन्दा बाहिर फोहोर फाल्दा त्यसले  निम्त्याउन सक्ने समस्या काठमाडौं महानगरपालिकाको अवस्थाले प्रष्ट पारिरहेको थियो । 

ल्याण्डफिल साइटको जग्गा टुंगो नलागेको अवस्थामा युवा नेता विष्टले एउटा जुक्ति निकाले, हाल ल्याण्डफिल साइट बनेको क्षेत्रलाई नेपालगन्जमै गाभ्ने । त्यसपछि  तत्कालीन हिरमिनिया गाविसलाई नेपालगन्जमा गाभियो  र त्यसपछि मात्र जग्गाको टुंगो लाग्यो । 

यसका साथै उक्त परियोजना अन्तर्गतका बाटो र नालाहरु कुन–कहाँबाट बन्ने सबै निर्णयमा आफू सामेल रहेको विष्ट सम्झिन्छन् । आफूहरुले सबै खाका बनाएर सकेपछि स्थानीय तहको निर्वाचन भएको र हालका जनप्रतिनिधिको पालामा उक्त परियोजना पूर्णरुपले कार्यान्वयमा आएको उनले बताए । 

एडिबी परियोजनाकै कारण नेपालगन्जको सडक, नाला र फोहोरमैला ब्यवस्थापनको कामले पूर्णता पाएको हो । अहिले उपमहानगरपालिकाको जताततै एडिबीले निर्माण गरेको सडक र नाला देख्न सकिन्छ । पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको पहलकदमीबाट नेपालगन्जमा लागू भएको उक्त परियोजनाबाट नै सडक, ढल निकास र फोहोरमैला ब्यवस्थापनमा उल्लेख्य काम भएको छ । 

एडिबी परियोजना सुरुवातदेखि कार्यान्वयनमा जाँदाको समयसम्म आफूले हरेक चरणमा काम गर्न पाएकोले आफूलाई अब नेपालगन्जको विकास कसरी गर्नुपर्छ भन्ने अनुभव रहेको विष्ट बताउँछन् । आफू नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएपछि यहाँको भौतिक, सामाजिक, आर्थिक लगायत विविध विषयमा नयाँ सोचका साथ काम गर्ने उनको प्रतिवद्धता छ । नेपाली कांग्रेसहित गठबन्धनका तर्फबाट उनी नगर प्रमुख पदका साझा उम्मेदवार भएका छन् ।


प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  २१:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP