prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोहलपुरमा कांग्रेसका उम्मेदवारलाई जिताउनुको विकल्प छैनःफुलाराम थारु
कोहलपुरमा कांग्रेसका उम्मेदवारलाई जिताउनुको विकल्प छैनःफुलाराम थारु
banijya office
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २५, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरमा कांग्रेसका उम्मेदवारलाई जिताउनुको विकल्प छैनःफुलाराम थारु

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन आउँदै गर्दा कोहलपुरमा चुनावी सरगर्मी बेस्सरी बढेको छ । नेपाली कांग्रेसको तर्फबाट कोहलपुर नगर प्रमुखमा पूर्णप्रसाद आचार्य र उपप्रमुखमा संगिता सुवेदी उम्मेवार हुनुहुन्छ । कोहलपुर नगरपालिकाको समग्र विकासका लागि आचार्य र सुवेदी योग्य र सक्षम भएको कांग्रेसले जनाएको छ । कोहलपुर नगरपालिकाको १५ वटै वडामा कांग्रेसका उम्मेदवारहरु मतदाता शिक्षासहित यतिखेर प्रचारप्रसारमा ब्यक्त छन् । कोहलपुरको चुनावी माहोल, चुनाव जित्न कांग्रेसको तयारी लगायत विविध विषयमा रहेर नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका कांग्रेस नेता एवम् थारु समुदायका अगुवा फुलाराम थारुसँग गरिएको संवाद 

nepalgunj 081-082

१. उम्मेदवारसँगै तपाईं पनि घरदैलोमा पुगिरहनुभएको छ, कोहलपुरमा कांग्रेसप्रति मतदाताको दृष्टिकोण कस्तो पाउनुभएको छ ?

नेपाली कांग्रेस संघर्षशील पार्टी हो । नेकपा एमालेले ३० बर्षसम्म स्थानीय तहमा जिम्मेवारी पाउँदा पनि केही उपलब्धि हासिल गर्न नसकेको सबैलाई थाहा भएकै कुरा हो । यो कुरा कोहलपुरका जनताले प्रत्यक्षरुपमा महसुस गरी नै सकेका छन् । नेकपा एमालेलाई निकै आशा गरेर कोहलपुरबासीले जिताएकै हुन्, तर उसले काम गर्न नसक्ने प्रमाणित गरिसकेकाले कांग्रेसप्रति नै जनलहर रहेको छ । 

२. यहाँ कांग्रेसले गठबन्धन गर्न किन सकेन ?

कोहलपुरमा नेपाली कांग्रेसको बाहुल्यता रहेको छ । कोहलपुरमा यस भन्दा अगाडिको निर्वाचनमा माओवादीले वडा नम्बर ४ मा मात्र जित हासिल गरेको थियो । यस्तो अवस्थामा हामीले माओबादीलाई अगाडि सार्न चाहेनौं । उपप्रमुख मात्र पद पाउने भन्ने कुरा आएपछि हामीले एक्लाएक्लै प्रतिस्पर्धामा जाने कुरामा सहमत भएका हौं । गठबन्धन बनाउँदा प्रमुख पद कांग्रेसले पाउने अवस्थामा मात्र गर्ने भन्ने कुरा कोहलपुर क्षेत्रमा रहेका कांग्रेसीहरुको भएकाले सबैको मतको कदर गर्दै गठबन्धन गर्न सकिएन । अर्को कुरा कोहलपुरमा नेपाली कांग्रेसको बर्चश्व पनि उच्चरुपमा रहेको छ । यो कुरा सबैले मनन् गरेकै कुरा हो । 

३. कोहलपुरको निर्वाचनलाई कसरी हेरिरहनुभएको छ ?

कोहलपुरको निर्वाचनप्रति धेरै जनाको चासो र चिन्ता छ । त्यसमा पनि नेपाली कांग्रेसको जनलहर उलर्दो रहेको छ । बिहानदेखि बेलुकासम्म मतदाताहरुले हौसला थपिरहेका छन् । हाम्रा उम्मेदवारलाई फूलमालाले स्वागत गरेका छन् । यस्तो देख्दा लाग्छ, नेपाली कांग्रेसको जित निश्चित छ । कोहलपुरका मतदाताले सक्षम र जिम्मेवारपूर्ण नेपाली कांग्रेसकै युवा उम्मेदवारलाई जिताउँछन् भन्ने कुरामा कसैको दुई मत छैन । बाहिरीरुपमा प्रतिस्पर्धा जस्तो देखिएपनि भित्रीरुपमा कांग्रेसको माहोल राम्रो छ । 

४. कोहलपुरको नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवार कत्तिको योग्य हुनुहुन्छ ?

योग्य भएकै कारणले प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदका उम्मेदवार संगिता सुवेदी अहिले चुनावी मैदानमा हुनुुुहुन्छ । उहाँहरु लगायत कोहलपुर नगरपालिकाका १५ वटै वडाका सबै नेपाली कांग्रेसका उम्मेदवार सक्षम हुनुहुन्छ । प्रमुख र उपप्रमुखको शैक्षिक र व्यवहारिक जीवनशैलीले नै मतदातालाई आकर्षित गरेको छ । किनभने अबको समयमा यस्तै जोशिला र जाँगरिला युवाको खाँचो स्थानीय तहमा रहेको छ । जुन कुरा मतदाताले बुझिसकेका छन् । 

५. कोहलपुरमा जनताले कांग्रेसलाई भोट किन दिने ?

कोहलपुरमा ७७ वटै जिल्लाका व्यक्तिहरु बसोबास गर्छन् । ती बसोबास गर्ने स्थानीयले नेपाली कांग्रेसका जोशिला र जाँगर भएका युवा नेतृत्व मन पराएका छन् । युवाले विकासका काममा साझेदारी गर्न सक्छन् भन्ने विश्वास हामीले पनि दिलाएका छौं र यो कुरा मतदाताहरुले पनि स्विकार गर्नुपर्छ । त्यसकारण यसपट अत्याधिक मतका साथ कोहलपुरका सबै वडा र प्रमुख तथा उपप्रमुख पनि नेपाली कांग्रेसले जित्छ । कोहलपुर क्षेत्रको समग्र विकास गर्नका लागि नेपाली कांग्रेसलाई जिताउनुको विकल्प छैन । 

६. नगर प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवारले जित्नुभयो भने कोहलपुरका लागि मुख्यरुपमा के काम गर्न आवश्यक छ ?

कोहलपुरमा कांग्रेस उम्मेदवारले जितेमा पर्यटन र पूर्वाधार विकासलाई जोड दिनुपर्छ । औद्यागिक क्षेत्रको रुपमा कोहलपुरलाई परिचित गराउनुपर्छ । यसका साथै शिक्षा, स्वास्थ्य, खेलकुद तथा कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्न आवश्यक छ ।


प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  २१:२८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP