नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • भिजन र मिसन भएका प्रखर वक्ता बेदागी पूर्णप्रसाद आचार्य
भिजन र मिसन भएका प्रखर वक्ता बेदागी पूर्णप्रसाद आचार्य
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २६, २०७९ बागेश्वरी पोस्ट
भिजन र मिसन भएका प्रखर वक्ता बेदागी पूर्णप्रसाद आचार्य

कोहलपुर । विकट ठाउँमा जन्मिएकाले पनि होला पूर्णप्रसाद आचार्यलाई सामाजिक क्षेत्रमै रहेर काम गर्ने र समाजलाई नमुना बनाउने हुटहुटी सानैदेखिको होे । संयोग नै मान्नु पर्छ तत्कालीन परिस्थितिले उनको चाहनालाई बाटो देखायो ।

परिस्थिति निर्माणका दुई वटा कारण हुँदा रहेछन् उनी सम्झन्छन्–‘एउटा बाध्यकारी अर्को स्वःस्फुर्तरुपमा सिर्जित ।’ आचार्यलाई स्वःस्र्फुतरुपमा सिर्जित परिस्थितिले नभएर बाध्यकारी परिस्थितिले समाजसेवाको बाटो जवरजस्त निर्माण गरिदियो त्यो हो तत्कालीन सशस्त्र द्वन्द । 

राज्य व्यवस्था परिवर्तनका लागि माओवादीको नेतृत्वमा भएको जनयुद्धबाट आचार्य परिवार सल्यानबाट विस्थापित भयो । द्वन्दकालको समयमा सल्यानमा बसोबास गर्न निकै जटिल अवस्था सिर्जना भएपछि उनको परिवार बर्दिया जिल्लाको राजापुर हुँदै २०५७ साल कोहलपुर नगरपालिका वडा नं. ८ मा बसाइँ सर्यो । बुबा हिरालाल आचार्य र माता इन्दिरा आचार्यको कोखबाट २०४३ साल जेष्ठ १४ गते जन्मिएका आचार्यका तीन दिदीवहिनी छन् । 

द्वन्दकालमा परिवार विस्थापितको पीडा, आफू जन्मिएको गाउँठाउँलाई सम्बृद्ध बनाउने सपनामा कुठराघात भएपनि समाजसेवाको हुटहुटी भने कम हुनै सकेन । त्यसैले त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा पढ्दैदेखि उनी विद्यार्थी राजनीतिमा आवद्ध भए । राजनीतिबाट नै समाजसेवा गर्छु भन्ने अठोटसँगै उनले स्कुले जीवनमै राजनीतिमा पाइला टेकिसकेका थिए । त्यहीँबाट सुरु भयो आचार्यको राजनीतिबाट समाजसेवा र देश परिवर्तनको सपना । 

आज त्यही सपनालाई मूर्तरुपमा दिन समृद्ध कोहलपुर बनाउने अठोट र दृढ इच्छाशक्तिसहित ३५ वर्षीय आचार्य कोहलपुर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका छन् । वीपीको आदर्शबाट प्रभावित आचार्य सामान्य परिवारमा हुर्किएका एक जुझारु, कर्मशील, समाजसेवी, शिक्षित, बेदागी युवा उम्मेदवार हुन् ।  बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट प्रमाणपत्र तह, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतबाट स्नातक तह र त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका नगर प्रमुख पदका उम्मेदवार आचार्य प्रखर वक्ताका रुपमा परिचित छन् । 

करिब ८ वर्ष नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्ष भई कुशल नेतृत्व प्रदान गरेको उनको अनुभव छ । नेपाली कांँग्रेसको १३ औँ महाधिवेसनमा तत्कालीन मध्य तथा सुदूरपश्चिमकै कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा परिचित आचार्य १४औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि हुँदै पार्टीको महासमिति सदस्यमा अत्याधिक मतले विजयी भएका हुन् । राजनीतिकसँगै सामाजिक कार्यमा सक्रिय यूवा नेता आचार्यले कोरोना भाइरसको महामारीको समयमा हुने खानेले हुँदा खानेलाई सहयोग गरौं भन्ने उद्देश्यका साथ अभियान संचालन गरी आम नागरिकको घर–घरमा गएर नागरिकका विविध समस्याहरुमा हातमा हात तथा काँधमा काँध मिलाउँदै स्वास्थ्य सामग्रीदेखि गाँस, बासको समेत व्यवस्थापनमा आफैं  खटिएर सहयोग गरे । 

राष्ट्रिय तेक्वान्दो संघ नेपालका लुम्बिनी प्रदेका अध्यक्ष समेत रहेका आयार्चले खेलकुदलाई नजिकबाट बुझेका छन् । कोहलपुर नगरलाई समुन्नत बनाउन र दुरदृष्टि सहितको नेतृत्व प्रदान गर्न आचार्यले सबैको भरोसाका केन्द्रको रुपमा आफूलाई स्थापित गरिसकेका छन् ।


प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP