prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘लोकतन्त्रमा विश्वास गर्ने मुस्लिमले गठबन्धनका उम्मेदवारलाई मतदान गर्छन्ः भोला
‘लोकतन्त्रमा विश्वास गर्ने मुस्लिमले गठबन्धनका उम्मेदवारलाई मतदान गर्छन्ः भोला
banijya office
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २६, २०७९ बागेश्वरी पोस्ट
‘लोकतन्त्रमा विश्वास गर्ने मुस्लिमले गठबन्धनका उम्मेदवारलाई मतदान गर्छन्ः भोला

यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छ । उम्मेदवारहरु मतदाता रिझाउन अन्तिम कसरतमा छन् । नेपालगन्ज उपमहानगरपालिकामा हरेक निर्वाचनमा नसोचेकै नतिजा आउने गरेको छ । त्यसकारण पनि सबैले नेपालगन्जको निर्वाचनलाई चासोका साथ हेरेका छन् । यसपटकको निर्वाचनमा नेपालगन्जबासीले युवा अनुहारलाई रोज्ने संकेत देखिएको छ । नेपाली कांग्रेससहित गठबन्धनका तर्फबाट नगर प्रमुख पदमा प्रशान्त विष्ट र उपप्रमुख पदमा कमरुद्दिन राई उम्मेदवार छन् । यसै विषयमा संविधानसभाका सदस्य एवम् नेपाली कांग्रेसका नेता अब्दुल हमिद सिद्धिकी ‘भोला’ सँग गरिएको कुराकानीः 

nepalgunj 081-082

१. नेपालगन्ज उपमहामनगरपालिकामा निर्वाचनको माहोल कस्तो छ ?

नेपालगन्जमा निर्वाचनको माहोल असाध्यै राम्रो देखिएको छ । मतदाताहरु उत्साहित देखिएका छन् । गठबन्धनका उम्मेदवारले जित्ने पक्का भइसकेको छ । जनताहरु अन्य राजनीतिक दलबाट निराश छन् । जनताले विश्वास गरेर दिएको मतबाट एमालेको बहुमतको सरकार बन्यो । तर, संविधानको मर्म विपरित काम गरेपछि जनताले गठबन्धनलाई चाहेका छन् । सबै मतदाता हाम्रो पक्षमा भएकाले जित सुनिश्चित छ । 

२. यहाँ गठबन्धनले नै जित्ने आधार के छ ?

गठबन्धनले जित्ने आधार भनेको नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो । यस क्षेत्रको ठूलो पार्टी हो । त्यसमाथि जसपा, माओवादी, नेकपा एस र जनमोर्चासँगको गठबन्धन पनि जित्ने आधार हो । गठबन्धनका कारण नेपालगन्जका मतदातामा उत्साह छ । युवाहरुको माग पनि थियो कि अबको नेतृत्व युवाको हुनुपर्छ, भनेर । नेपाली कांग्रेसले पनि प्रशान्त विष्ट जस्तो युवा खोजेर दियो । विगतमा बहुमतको सरकार हुँदा एमालेले संविधानमाथि आक्रमण भयो । संसद नै भंग गरियो । २००७ सालदेखि जनताले चाहेको संविधानमाथि यसरी आक्रमण गर्नु कदापि सह्य छैन । त्यसैले पनि यसपटक गठबन्धनले जित्नैपर्छ र जित्छ पनि  ।

३. तपाई मुस्लिम समुदायको अगुवा पनि हुनुहुन्छ, यसपटक नेपालगन्जका मुस्लिम समुदायले कसलाई मतदान गर्छन् ?

बाँकेका तीन वटै क्षेत्रमा मुस्लिम समुदायको बसोबास रहेको छ । मुस्लिम समुदायले सधैं लोकतन्त्रमा विश्वास गर्छन् । प्रजातन्त्रमा विश्वास गर्छन् । त्यसमाथि धर्म विरोधीलाई मुस्लिम समुदायले सहयोग गर्ने कुरै हुँदैन । त्यसैले गठबन्धनका उम्मेदवार प्रशान्त विष्टलाई रुख चिन्ह र कमरुद्दिन राईलाई छाता चिन्हमा मतदान गर्छन् । कम्युनिष्टको सरकारले विगतमा संवैधानिक अधिकार समेत रहेको मुस्लिम समुदायको, इद, बकर ईद लगायतका धार्मिक चाडपर्वको बिदा कटौती गरेपछि थप निराश भएका छन् । त्यसैले पनि यो निर्वाचनमा एकताबद्ध भएर मुस्लिम समुदायले गठबन्धनको जित चाहेका छन् । 

४. उम्मेदवारबाट नेपालगन्जका मुस्लिम समुदाय के चाहन्छन् ?

नेपालगन्ज धार्मिक तथा सामाजिक सद्भावको शहर हो । यहाँ सधैं यस्तै शान्ति, सद्भाव भइरहोस् भन्ने चाहन्छन् । हामी जुनसुकै जात, धर्म, वर्गको भएपनि यसरी नै मिलिरहुँ । गठबन्धनका उम्मेदवारले पनि नेपालगन्जलाई सद्भावको सहर कायम राख्ने योजना ल्याएका छन् । त्यो हाम्रो पनि चाहना हो ।


५. निर्वाचित हुने ब्यक्तिले नेपालगन्जका लागि के गर्न आवश्यक छ ?

निर्वाचित हुने व्यक्तिले नेपालगन्जको विकास गर्न आवश्यक छ । यहाँ खानेपानीको पनि समस्या छ । विद्युतको समस्या देखिरहेको छ । बेरोजगारी, स्वास्थ्य, शिक्षा लगायत पनि आवश्यक छ । नेपालगन्जलाई देशमै एउटा नमुना सहर बनाउनुपर्छ भन्ने चाहना हो । नेपालगन्जलाई महानगरपालिका बनाउनुपर्छ भन्ने पनि यहाँको जनताको माग छ । गठबन्धन निर्वाचित भएपछि यो काम पनि गर्नेछ । 

६. नेपालगन्जका आम मतदातालाई के भन्नुहुन्छ ?

अन्त्यमा, अबको निर्वाचनमा गठबन्धन बाहेक अरु कुनै कसैको विकल्प छैन । सबैलाई जनताले हेरिरहेका छन् । नेपालगन्जमा उठेका अन्य उम्मेदवारले नैतिकता देखाएका छैनन् । नन्दलाल बैश्य अवसरकै लागि राप्रपामा प्रवेश गरे । पशुपति पनि पार्टी फेरिरहने भएकाले जनताले विश्वास गर्न सकेका छैनन् । जनताहरुले ती अवसरवादीहरुलाई चिनिसकेका छन् । नेपालगन्जलाई अहिलेको आवश्यकता भनेको गठबन्धन नै हो । त्यसैले पनि गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि म हार्दिक अपिल गर्न चाहन्छु । एमाले र राप्रपालाई पत्तासाप गर्ने हाम्रो योजनामा साथ दिन सबैलाई अनरोध गर्दछु । बाँके जिल्ला संविधानका पिता सुशील कोइरालाको जिल्ला हो । त्यसकारण पनि यहाँ कांग्रेसलाई जिताउन आवश्यक छ । गठबन्धन भएकाले जसपाका उम्मेदवारलाई पनि जिताउन अनुरोध गर्दछु ।


प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  २०:४३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP