prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • खजुरा बनाउने जिम्मा अब गठबन्धनको काँधमा आउँदैछः तुफान
खजुरा बनाउने जिम्मा अब गठबन्धनको काँधमा आउँदैछः तुफान
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २६, २०७९ बागेश्वरी पोस्ट
खजुरा बनाउने जिम्मा अब गठबन्धनको काँधमा आउँदैछः तुफान

डम्बर विक तुफान नेकपा माओवादी केन्द्र बाँकेका संयोजक हुन् । भर्खरै मात्र संयोजकको जिम्मा पाएका तुफान खजुरा गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले खजुरामा चुनावी तालमेल गरेका छन् । यहाँ गठबन्धनबाट माओवादले अध्यक्षमा तुफान र उपाध्यक्षमा कांग्रेसले मञ्जु मल्ललाई उपाध्यक्ष उठाएको छ । यसअघि पनि माओवादीबाटै अध्यक्ष उठेर पराजित भएका तुफान यसपटक भने जित्ने लक्ष्यका साथ चुनावी मैदानमा होमिएका छन् । बैशाख ३० गते हुने निर्वाचनलाई आफ्नो पक्षमा पार्न लागिपरेका अध्यक्षका उम्मेदवार तुफानसंग गरिएको कुराकानी

चुनावी प्रचारप्रसार कस्तो भइरहेको छ ?

चुनावी माहोल निकै उर्जाशील छ । हामीले उम्मेदवारी दिइसकेपछि पहिलो चरणमा घरदैलो कार्यक्रम चलायौं र सबै वडामा वडा अध्यक्षहरु लगायतका सबै उम्मेदवारहरुले जनताको घरदैलोमा पुगेर जनताका कुरा सुन्ने, जनताका समस्याहरु बुझ्ने, हामीले के गर्ने भन्ने प्रतिवद्धता गर्दै गयौंं । यसमा खजुरावासीले राम्रो प्रतिक्रिया दिनुभयो । हामीलाई जनताले उत्साहपूर्ण तरिकाले साथ दिनुभएको छ । सबै वडाहरुमा पाँच सय देखि एक हजार जना वडावासीको सहभागितामा घरदैलो भएको छ । त्यसैले खजुरालाई चुनावमय बनाउन हाम्रो गठबन्धनले सहयोग गरेको मैले अनुभूति गरेको छु ।

खजुरा गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट तपाईंले दिएको उम्मेदवारीलाई खजुरावासीले कसरी लिएको पाउनुभएको छ ?

पहिलो कुरा गठबन्धनबाट अध्यक्ष स्वीकार्ने भनेकै जनतामा घुलमिल भएको, जनताको नेतृत्व गरेको, विभिन्न ढंगबाट लोकतान्त्रिक आन्दोलनमा त्याग तपस्या गरेको, जेलनेल खाएको व्यक्तिलाई हो । र, दोस्रो कुरा मैले पनि लामै समयसम्म यही भूमिकामा टेकेर महान जनयुद्धको बेला बाँके बर्दियाको सेक्रेटरी भएरै नेतृत्व प्रदान गरेँ । मैले गणतन्त्र प्राप्तिका निम्ति खजुराका सबै दलहरुलाई एकजुट बनाउने र नेपालगन्जमा आन्दोलन गर्ने भूमिका खेलेँ । पछिल्ला दिनहरुमा सामाजिक विकास, सामाजिक न्याय र भौतिक पूर्वाधारका लागि विभिन्न ढंगबाट मैले जो पहलकदमी गरेँ, त्यसलाई जनताले नजिकबाट बुझ्नुभएको छ र मेरो उम्मेदवारीप्रति उत्साहित हुनुहुन्छ । तपाईलाई नै खजुरावासीले भोट दिएर किन जिताउने ? अहिलेको व्यवस्थामा आफ्ना विचारहरु राखेर उम्मेदवारी दिनु सबै उम्मेदवारहरुको कर्तव्य हो । त्यस्तै मेरो सन्दर्भमा लामो समयदेखि संघीय गणतन्त्र नेपाल ल्याउन मैले राजनीतिमा जे–जस्तो त्याग तपस्या, जे जस्तो जेलनेल खाएको छु, यो कुरा खजुराका जनतालाई प्रत्यक्ष थाहा छ । अहिलेको सरकार भनेको तीनै तह संघ, प्रदेश र स्थानीय तहमा जनताबाट प्रत्यक्षरुपमा निर्वाचित हुन्छ । यो हामीले नै ल्याएको हो । र, यसका लागि मैले जे जस्ता मेहेनतहरु गरेँ, त्यसको नेतृत्व गर्न र सही ढंगबाट कार्यान्वयन गर्नका लागि मेरो उम्मेदवारी हो । र, जनताले साथ दिनुभएको छ । म सधैं जनताको सुखदुःखमा संगसंगै छु । मलाई विश्वास छ, यो सबै कुराको मूल्यांकन गरेर जनताले मलाई भोट दिनुहुन्छ ।

तपाईं निर्वाचित भएपछि तपाईंले प्राथमिकता दिएर गर्ने कामहरु के–के छन् ?

पहिलो कुरा भनेको खजुरा गाउँपालिकाको स्थानीय विशेषता आफ्नै छन् । जस्तो स्थानीय तह कहाँ टिकेको छ, उसको आर्थिक आधार के हो, उत्पादन सम्बन्ध के हो, त्यो पहिले बुझ्नुपर्छ । हाम्रो गाउँपालिका भनेको कृषिमा आधारित गाउँपालिका हो । त्यसैले कृषिलाई आधुनिकिकीरण गर्दै कृषिलाई वैज्ञानिकीकरण गर्ने, व्यवसायीकरण गर्ने र कृषिमा आधारित उद्योगहरु खोल्ने हो । साथै बाहिरबाट लगानी भित्र्याउनका लागि मैले नेतृत्व प्रदान गर्नुपर्छ । त्यस्तै जनताका लागि अति आवश्यक भौतिक विकासका कामहरु अघि बढाउने, निर्माण भएका सडकहरुमा खल्डाखुल्डीले गर्दा जनताहरु हिँड्न मिलिरहेको छैन । जहाँ बिजुली र खानेपानीको पहुँच पुगेको छैन । यी आधारभूत आवश्यकताको सम्बोधन गरिन्छ । अर्को कुरा शिक्षा, स्वास्थ्यका सन्दर्भमा पनि खजुरालाई रोलमोडलका रुपमा कसरी लैजाने भन्ने विषयलाई ध्यान दिएर काम गर्नुपर्दछ । कक्षा १२ सम्म कुनै न कुनै ढंगले निःशुल्क शिक्षा दिएर यहाँदेखि देशव्यापीरुपमा प्रतिष्पर्धा गराउने वातावणको सिर्जना गर्नुपर्छ । खजुरामा हरेक नागरिकको स्वास्थ्यमा पहुँच पुर्याउने पनि प्रतिवद्धता गरेका छौं । खजुरावासी जनतामा जसको जहाँ पहिचान छ, संस्कृति छ, सोही रुपमा विकास गरेर पर्यटकीय सम्भावना बढाउने र जनताका जीवनमा परिवर्तन ल्याउने प्रतिवद्धतासहित अठोट गरेका छौं ।

अन्त्यमा तपाईं आफ्ना मतदाताहरुलाई के भन्नुहुन्छ ?

म विशेषगरी समाजमा देखिने अन्याय, अत्याचारहरु विरुद्ध आवाज उठाउनुपर्छ भनेर राजनीतिमा लागेको हुँ । हिजो समाजमा छुवाछुतका रुपमा देखिएका अपमान र विभेदहरु, आर्थिकरुपमा धनीहरुले गरिबहरुलाई दमन गर्न तमसुक गराई उठिबास गराएका कुराहरु, गाउँमा सरकारको पहुँच नपुगेर भएका अन्यायका कुराहरु मैले सानो बच्चामा देखेँ र मेरो दिमागमा पर्यो । त्यतिबेलैदेखि नै राजनीतिमा होमिएँ । जनआन्दोलनबाट शान्ति प्रक्रिया भई यहाँसम्म आइपुग्दा मलाई लाग्छ २८ वर्ष मैले राजनीतिमा विताएको छु । म जुन अठोट बोकेर राजनीतिमा आएँ, त्यसै अनुरुप मैले सधैं इमान्दारिताका साथ जनताका बीचमा बसेर काम गरेको छु । अब स्थानीय सरकारको नेतृत्व गर्दै खजुरालाई बदल्ने प्रतिबद्धताका साथ चुनावी मैदानमा होमिएको छु । सम्पूर्ण खजुराबासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा मेरो सादर अनुरोध छ कि खजुरा बनाउने जिम्मा अब गठबन्धनको काँधमा दिनुहोस्, हामीलाई विश्वास छ, खजुरा बनाउने जिम्मा मतदाताले हामीलाई दिँदै हुनुहुन्छ । हामी विकसित र समृद्ध खजुरा बनाएर देखाउँछौं । गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी अत्याधिक मतका साथ विजयी बनाउन म खजुरेली जनतासमक्ष हार्दिक आग्रह गर्दछु ।

 


प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP