prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘कांग्रेस सक्षम भएकाले कोहलपुरमा एक्लै लडेका हौं : भानुभक्त भट्टराई
‘कांग्रेस सक्षम भएकाले कोहलपुरमा एक्लै लडेका हौं : भानुभक्त भट्टराई
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २६, २०७९ बागेश्वरी पोस्ट
‘कांग्रेस सक्षम भएकाले कोहलपुरमा एक्लै लडेका हौं : भानुभक्त भट्टराई

बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसप्रति जनलहर बढ्दै गएको छ । कोहलपुर नगरपालिकाका १५ वटै वडामा कांग्रेसका उम्मेदवारले घरदैलो गरिरहेका छन् । घर दैलोबाट उत्साहजनक प्रतिक्रिया आएको छ । जसले प्रमुख, उप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यका कांग्रेस तर्फका उम्मेदवारमा उत्साह थपिएको छ भने मतदाताहरुमा पनि कांग्रेसप्रति विश्वास बढको छ । कोहलपुरको चुनावी माहोल, चुनाव जित्न कांग्रेसको तयारी लगायत विविध विषयमा रहेर कांग्रेसका महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराईसँग गरिएको संवाद

 १. चुनावी घरदैलोमा तपाईं पनि उम्मेदवारसँगै पुगिरहनुभएको छ, कोहलपुरमा कांग्रेसप्रति मतदाताको दृष्टिकोण कस्तो पाउनुभएको छ ?

कांग्रेसप्रति जनलहर एकदमै राम्रो रहेको छ । नेकपा एमालेले ५ बर्ष बहुमत पाउँदा पनि महसुस गर्ने गरी विकासको गति अगाडि बढाउन सकेन । कोहलपुरमा स्थानीय तहमा ३० बर्षसम्म नेकपा एमालेले एकलौटी रुपमा काम गर्यो, तर उपलब्धिमूलक काम हुन नसकेकोले जनताको भरोसा अब कांग्रेसमा आइपुगेको छ । नेकपा एमालेले अहिलेसम्म हेरिने, सुनिने र देखिने गरी कुनै काम नगरेकोले कांग्रेसको आवश्यकता महसुस कोहलपुरका जनताले गरेका छन् ।

२. यहाँ कांग्रेसले गठबन्धन किन गर्न सकेन ?

कोहलपुरमा कांग्रेसको जनलहर एकदमै राम्रो छ । कोहलपुरमा कांग्रेसको मेयरको दाबी थियो, तर उपमेयर बाहेक अरुमा गठबन्धनले सहमति नजनाएपछि कांग्रेस एक्लै लड्न तयार भयो । कांग्रेस सक्षम भएकाले कोहलपुरमा एक्लै लडेका हौं । त्यसकारण हामी विजयी हुने संभावना छ र हामीले गठबन्धन गरेनौं ।

३. कोहलपुरको निर्वाचनलाई कसरी हेरिरहनुभएको छ ?

कोहलपुरको निर्वाचन सबैको एकतामा अगाडि बढेको छ । कांग्रेसप्रतिको धारणा एकदमै सकारात्मक रहेको छ । कोहलपुरको नगर प्रमुखमा पुर्णप्रसाद आचार्य र उपप्रमुखमा संगिता सुवेदी सक्षम भएकाले जनताले आशिर्वाद र शुभेच्छा प्रकट गरिरहनुभएको छ ।

४. कोहलपुरको नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवार कत्तिको योग्य हुनुहुन्छ ?

योग्यताको हिसाबले कुरा गर्दा हाम्रा दुबै जना उम्मेदवारले स्नातकोत्तर तह उत्तिर्ण गर्नुभएको छ । शैक्षिक तथा व्यवहारिक रुपमा नै उहाँहरु परिपक्क हुनुहुन्छ । उहाँको व्यक्तित्व र नेतृत्व क्षमता पनि सक्षम छ । उहाँहरु विकासको परिकल्पना गर्न सक्ने खालको हुनुहुन्छ । जसले गर्दा हाम्रा उम्मेदवार अहिले सबैको आँखामा भिज्नुभएको छ । अनि सबैको मनमा बस्नुभएको छ ।

५. कोहलपुरमा कांग्रेसलाई जनताले भोट किन दिने ?

कोहलपुरमा ३० बर्षदेखि नेकपा एमालेले जिम्मेवारी पाएर पनि केही गर्न सकेन । लामो समयपछि स्थानीय तहको जिम्मेवारी पाउँदा पनि ५ बर्षे कार्यकालमा एमालेले केही गर्न सकेन । जनताले दिएको बहुमतलाई बेवास्ता गरेर सेवा र सुविधा जनतालाई दिने भन्दा पनि आफैं बिलासीपूर्ण जीवन जिउनतिर लाग्यो । जनताहरुले व्यापक विरोध गरे । यस्तो अवस्थामा अबको नेतृत्वको जिम्मा नेपाली कांग्रेसलाई दिनुपर्छ । जुन कुरा कोहलपुर क्षेत्रका जनताले महसुस गरिरहेका छन् ।

६. नगर प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवारले जित्नु भयो भने कोहलपुरका लागि मुख्यरुपमा के काम गर्न आवश्यक छ ?

कोहलपुरमा कांग्रेस उम्मेदवारले जितेमा नापी नभएका जनतालाई जग्गाको लालपुर्जा वितरण गर्ने काम हुन्छ । मसानघाट बनाउने, पर्यापर्यटनको विकास गर्ने, धार्मिक क्षेत्रको विकास गर्ने, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा नेपाली कांग्रेसले प्राथमिकता दिएर काम गर्न आवश्यक छ ।


प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP