prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जनतालाई अप्ठेरो पर्दा चौबिसै घण्टा उपस्थित हुन सक्ने विष्ट र राईलाई जिताउनुस्ः थापा मगर
जनतालाई अप्ठेरो पर्दा चौबिसै घण्टा उपस्थित हुन सक्ने विष्ट र राईलाई जिताउनुस्ः थापा मगर
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २७, २०७९ बागेश्वरी पोस्ट
जनतालाई अप्ठेरो पर्दा चौबिसै घण्टा उपस्थित हुन सक्ने विष्ट र राईलाई जिताउनुस्ः थापा मगर
उपप्रमुख उमा थापा मगर

नेपालगन्जको चुनावी माहोल गठबन्धनका उम्मेदवारका पक्षमा देखिएको छ । पाँच दलको चुनावी गठबन्धन नेपालगन्जमा सफल बन्ने पक्का जस्तै भएको छ । गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा उम्मेदवार बनेका जनता समाजबादी पार्टी (जसपा) नेपालका कमरुद्दिन राईले जित हासिल गर्ने अवस्था देखिएको छ । मतदाताहरुले विष्ट र राईप्रति माया, सद्भाव र विश्वास प्रकट गर्दै जितका लागि आशिर्वाद दिइरहेका छन् । नेपालगन्जको चुनावी माहोल, चुनाव जित्न गरिएको तयारी लगायत विविध विषयमा कांग्रेस नेतृ एवम् नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरसँग गरिएको संवाद–
    
१. नेपालगन्ज उपमहानगरपालिकामा चुनावी माहोल कस्तो छ ? 

nepalgunj 081-082

नेपालगन्ज उपमहानगरपालिकाको चुनावी माहोल एकदमै राम्रो छ । नेपालगन्जमा गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुख पदका उम्मेदवार दुबै जना युवा भएकाले आम जनमानसको हेर्ने दृष्टिकोण पनि सकारात्मक रहको छ । मतदाताहरुले आशिर्बाद र शुभेच्छा प्रकट गरिरहनुभएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्ट र जनता समाजबादी पार्टीबाट उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईको जागरुकता र नेतृत्वशैलीप्रति सबै मतदाताहरु उत्साही र आशाबादी हुनुहुन्छ । 

२. यहाँ गठबन्धनले नै जित्ने आधार के छ ? 

गठबन्धनले जित्ने आधार भनेको प्रमुख कुरा त उहाँहरु दुवै जना युवा उम्मेदवार हुनुहुन्छ । जनताले रुचाएको र जुझारु नेतृत्व प्रमुख र उपप्रमुख पदमा हुनुहुन्छ । उहाँहरु दुबै जना मेहनती र जनतामा भिजिसकेको नेतृत्व पनि हो । कोरोना महामारीका समयमा पनि दुबै जनाले खटिएर निःस्वार्थ भावले जनताको सेवा गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिकामा सबैलाई अप्ठेरो पर्दा यी दुबै जनाले धेरै दुःख र मेहनत गरेर काम गर्नुभएको छ । केही पर्दा र खबर गर्दा तुरुन्त समय दिन सक्ने युवा उम्मेदवार भएकाले गठबन्धनको जित निश्चित छ । अर्को कुरा दुबै जना इमान्दार र कुनै मुद्दा नखेपेको हुुनुहुन्छ । प्रमुख पदका उम्मेदवार बिष्ट स्थानीय सरकार संचालन ऐन र कार्यान्वयनको अवस्थाबारे पनि जानकार हुनुहुन्छ । यी विविध कारणले गर्दा गठबन्धनले जित्नुपर्छ र जिताउनुपर्छ । 

३. तपाईं नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख भएर काम गरिसक्नुभएको छ, यहाँ नगरवासीका लागि गर्नुपर्ने काम अझै के-के छन् ?

उपप्रमुखको हिसाबले कुरा गर्नुपर्दा उपप्रमुखको न्यायिक जिम्मेवारी बढी हुन्छ । यसमा हामीले कामलाई अगाडि बढाइसकेका छौं । यसलाई निरन्तरता दिँदै बनाएका कार्यविधिलाई कार्यान्वयनमा जोड दिनुपर्छ । नेपालगन्जमा ग्रिन सिटी, पर्यटकीय क्षेत्र व्यवस्थित बनाउने, होटल संचालन व्यवस्थित गर्ने, अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने कुरालाई अगाडि बढाउने, महिला कलेजलाई संचालन गर्ने, परियोजनाका कामहरुलाई अगाडि बढाउने, अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने र फोहोरहरु बर्गीकरण गरेर डम्पिङ साइटमा फाल्ने लगायतका कामहरु गर्न जरुरी छ । 

४. निर्वाचित हुने ब्यक्तिले नेपालगन्जका लागि मुख्यरुपमा के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?

आफू निर्वाचित हुनुभन्दा पहिलेका जनप्रतिनिधिले गरेका कामहरुको विश्लेषण गर्ने कुरालाई प्रमुख रुपमा ध्यान दिनुपर्छ । जनप्रतिनिधिले बाँकि छोडेका कामलाई पूरा गर्न लागिपर्नु पर्छ । विकासको मोडल अगाडि बढिसकेकोले यसलाई डिजिटलाइज गर्ने, आवधिक योजना बनेको छ, यसलाई कार्यान्वयन गर्ने, सहश्राब्दी विकास लक्ष्यका लागि स्थानीयकरण गर्ने काम भएको छ, यसलाई कार्यान्वयन गर्ने र जनताको आवश्यकता के छ भन्ने कुरालाई आधार मानेर काम गर्न आवयक छ । यसमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार चिन्तनशील हुनुुहुन्छ । उहाँहरुले अवसर पाएमा यी र यस्ता कामहरु सहजै गर्न सक्नुहुुन्छ । 

५. अन्त्यमा, नेपालगन्जका आम मतदातालाई के भन्नुहुन्छ ?

स्थानीय निर्वाचन फरक निर्वाचन हो । यसपटक पार्टी भन्दा माथि उठेर योग्य उम्मेदवारलाई बिजयी बनाउन आवश्यक छ । जनताका समस्या सहजै समाधान गर्न सक्ने ५ दलीय गठबन्धन बनेको छ । नेपाली कांग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्ट र उपप्रमुख पदका उम्मेदवार जसपाका कमरुद्दिन राईलाई बिजयी बनाउन आवश्यक छ । उहाँहरुसँग भएको मिसन र भिजन जनताका पक्षमा छ । यस्ता जुझारु र योग्य उम्मेदवारलाई म बिजयी बनाउन आग्रह गर्दछु । किनभने उहाँहरु जनतालाई अप्ठेरो पर्दा चौबिसै घण्टा जनतासमक्ष उपस्थित हुन सक्नुहुन्छ । 
 


प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १६:२०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP