नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको उम्मेद्वारी घोषणा
रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको उम्मेद्वारी घोषणा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १८, २०७६ बागेश्वरी पोस्ट
रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको उम्मेद्वारी घोषणा

नेपालगन्ज । सयौं उद्योगी व्यवसायीमाझ साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि शुक्रबार उम्मेदवार सार्वजनिक गरेको छ ।

“आर्थिक समुन्नती सहितको व्यवसायीक स्वतन्त्रता संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ भव्य समारोहकाबीच ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको उम्मेदवार सार्वजनिक गरिएको हो । रौनियार अध्यक्ष पदका उम्मेदवार हुन् ।

समूहले उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्यतर्फको उपाध्यक्षको अमित बस्नेतलाई अघि सारेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सदस्य पदका उम्मेदवारहरुमा अजय टण्डन, सुुनिल सिंगल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदुरुद्दिन अन्सारी, बिष्णु श्रेष्ठ, टंक शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ, सुरेन्द्र सिंह सरदार रहेका छन् ।

होटल कल्पतरुमा आयोजित उम्मेदवार घोषणासभामा अध्यक्ष पदका उम्मेदवार ललित रौनियारले आफु उद्योगी, व्यवसायीको हितमा सक्रिय हुने बताउँदै बिगत हेरेर व्यवहार नगर्न आग्रह गरेका छन् । उनले आफु वर्षौदेखि व्यवसायीक हितमै लागेको उल्लेख गर्दै नेतृत्वमा पुगेपछि सबै बिर्सिएर संघ र बाँकेको उद्योग, व्यवसायका क्षेत्रमा सक्रिय हुने प्रतिबद्धता गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले संघको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायीका उम्मेदवारलाई विजयीको शुभकामना दिदै उद्योगी व्यवसायीको हितमा काम गर्ने नेतृत्व संघलाई आवश्यक रहेकोमा जोड दिए ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले संघले व्यवसायीक मुद्दामा मात्र नभएर सामाजिक कार्यमा समेत भूमिका निर्वाह गरेकाले भावि नेतृत्वले त्यसतर्फ पनि ध्यान दिनु पर्ने बताए ।

नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुनिलकुमार शर्माले उद्योग बाणिज्य संघको गरिमा जोगाउनका लागि रौनियार नेतृत्वको समूहलाई सहयोग गर्न सबै उद्योगी व्यवासायीलाई आग्रह गरे ।

घोषणा सभामा प्रदेशसभाका सदस्य याकुव अन्सारीले व्यवसायीक हित र सुरक्षाका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई जिताउन सबै उद्योगी व्यवसायीलाई आग्रह गरे ।

राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन बाँकेका अध्यक्ष सल्लाउद्दिन जसगढले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले समावेशी उम्मेदवार मैदानमा उतारेकाले सहयोग गर्न सवैलाई अपिल गरे।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम शर्माको सभापतित्वमा भएको कार्यक्रमको स्वागत मन्तव्य साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका प्रचार प्रसार संयोजक धु्रव दाहालले व्यक्त गरेका थिए भने उम्मेदवारहरुको परिचय प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका सल्लाहकार सञ्जय थापाले गराएका थिए ।

कार्यक्रममा नेपालगन्जका हजारबढी उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP