नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको नौबस्तामा बन्न लागेको कारागार निर्माण कार्य तीन बर्ष सम्म पूरा भएन
बाँकेको नौबस्तामा बन्न लागेको कारागार निर्माण कार्य तीन बर्ष सम्म पूरा भएन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस १९, २०७६ बागेश्वरी पोस्ट
बाँकेको नौबस्तामा बन्न लागेको कारागार निर्माण कार्य तीन बर्ष सम्म पूरा भएन
undefined

नेपालगन्ज । बाँकेमा बन्न लागेको पश्चिम् नेपालकै क्षेत्रीय कारागार निर्माणको काम तीन वर्ष बित्दा पनि पूरा भएको छैन। बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा निर्माणाधीन तीन हजार कैदीबन्दी अट्ने क्षमताको उक्त कारागार ठेकेदारको ढिलासुस्तीले अधुरो हुन पुगेको हो।

ठेक्का सम्झौता अनुसार ठेकेदारले क्षेत्रीय कारागारको आठावटा ठूला भवन, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्यारेक तथा भान्सा, तीन तले प्रशासनिक भवनसहित २५ वटा भौतिक संरचना निर्माण गर्नुपर्नेछ।गलमभाष्लभम कारागार निर्माण गर्न मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक ५३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा ठेकेदार कम्पनी पप्पु–रसुवा जेभीले ३८ करोड ६८ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो। २०७३ कात्तिक ८ गते सम्झौता हुँदा ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ३६ महिनाको समय दिइएको थियो। गत कात्तिक ८ गते निर्धारित तीन वर्षको समय गुज्रिसकेको छ।

ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जले ६ महिनाअघि जेभीको सात करोड ६ लाख बैंक ग्यारेन्टी तानेको थियो। एकाइका अनुसार जेभीले २५ वटा संरचना निर्माण गर्नुपर्नेमा तीन वर्षको अवधिमा पाँचवटा संरचनामा मात्र प्रारम्भिक चरणको (पाँच प्रतिशत) मात्र काम सुरु गरेको थियो। दुई ठेकेदार कम्पनीबीचको आन्तरिक कलहले अलपत्र परेको क्षेत्रीय कारागार निर्माणको काम चालु आर्थिक वर्ष २०७६र७७ को भदौ महिनाबाट रसुवा कन्स्ट्रक्सन कम्पनी एक्लैले गरिरहेको छ। ठेकेदारको ढिलासुस्तीले समयमै नसकिएको कारागार निर्माण कार्य अहिले रसुवा कन्स्ट्रक्सन कम्पनीले थालेको एकाइ नेपालगन्जका प्रमुख गणेश कर्माचार्यले बताए।

‘कानुनी रुपमा ठेक्का सम्झौता पप्पु–रसुवा जेभीबाटै गरिएको छ तर चालु आर्थिक वर्षबाट रसुवाले जिम्मा लिएर काम गरिरहेको छ,’ उनले भने, ‘जेभीले तीन वर्षसम्म पाँच प्रतिशत मात्र काम गरेपछि हामीले बैंक ग्यारेन्टी तान्यौं, कालोसूचीमा राख्नेसम्मको तयारी हुँदा रसुवा एक्लैले काम गर्ने प्रतिबद्धता जनायो र अहिले काम सबै रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ।’ रसुवाले जिम्मा लिएपछि अहिले काममा सन्तोषजनक रहेको कर्माचार्यले बताए।

उनका अनुसार रसुवा कन्स्ट्रक्सन कम्पनीले कारागार निर्माणका लागि अझै डेढ वर्ष म्याद थप्नुपर्ने प्रस्ताव गरेको छ। तर एकाइले एक वर्षभित्र सम्पन्न गर्नेगरी म्याद थप्न सक्ने उनले बताए। रसुवा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर विनोद ज्ञवालीले क्षेत्रीय कारागार निर्माणका लागि कानुनी रुपमा ‘पप्पु–रसुवा जेभी’ ले सम्झौता गरे पनि गत भदौयता रसुवा कन्स्ट्रक्सन कम्पनी एक्लैले निर्माण कार्य अगाडि बढाईरहेको बताए। ‘तीन वर्षमा पाँच प्रतिशत पनि काम हुन सकेको थिएन, रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएपछि गत भदौयता १८ प्रतिशत काम भइसकेको छ,’ उनले भने।

क्षेत्रीय कारागार निर्माणका लागि दैनिक एक सय ५० जना कामदार परिचालन गरिएको ज्ञवालीको दाबी छ। सम्झौता अनुसार निर्माण गर्नुपर्ने २५ वटा संरचनामध्ये १४ वटाको काम चलिरहेको उनले बताए। सम्झौता अनुसारको सबै काम सम्पन्न गर्न करिब डेढ वर्ष जति समय लाग्ने ज्ञवालीले बताए। क्षेत्रीय कारागार निर्माणमा ढिलाई हुँदा यसक्षेत्रका विभिन्न जिल्लामा रहेका जिल्ला कारागारमा क्षमता भन्दाबढी कैदी बन्दी राख्नु परेको छ।नागरिक न्युजबाट साभार ।


प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP