prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तपाईंले दिएको मतलाई ठूलो जिम्मेवारी सम्झेर काम गर्छौं-नवनिर्वाचित मेयर विष्ट
तपाईंले दिएको मतलाई ठूलो जिम्मेवारी सम्झेर काम गर्छौं-नवनिर्वाचित मेयर विष्ट
banijya office
बागेश्वरी पोस्ट
शनिबार, जेठ ७, २०७९ बागेश्वरी पोस्ट
तपाईंले दिएको मतलाई ठूलो जिम्मेवारी सम्झेर काम गर्छौं-नवनिर्वाचित मेयर विष्ट

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालगञ्जबासीले दिएको मतलाई काँधको भारी सम्झेर कुशलतापूर्वक निभाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार नेपालगञ्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित भएपछि आज विजय उत्सबपछि त्रिभुवन चोकमा आयोजित सभालाई सम्बाधेन गर्दै नवनिर्वाचित मेयर विष्टले भने, "तपाईंहरुले दिएको मतलाई मैले मत सम्झेको छैन, ठूलो भारी (जिम्मेवारी) सम्झेको छु, यसलाई निभाउन कमरुद्दिनजी (उपमेयर) र म लाग्नेछौं ।"

nepalgunj 081-082

उनले अब काम गरेर देखाउने बेला आएको बताए । विष्टले नेपालगञ्जबासीको मतको उचित कदर गर्ने विश्वास दिलाए । आफूहरुलाई निर्वाचित गराएकोमा उनले मतदाताहरुलाई धन्यवाद दिएका छन् । "कसैसंग प्रतिष्पर्धा वा टक्कर गर्ने कुरा छैन अब काम गर्ने बेला आएको छ, काम गरेनौं भने तपाईंहरुले जुत्ताको माला पनि लगाउनुहुनेछ, तर, विश्वस्त हुनुस् हामी हामी त्यो अवस्था आउन दिने नै छैनौं," विष्टले भने ।

उनले नेपालगञ्जमा जुन किसिमले विकास हुनुपर्ने थियो, त्यो किसिमले हुन नसकेको भन्दै नेपालगञ्ज सहरलाई व्यवस्थित गरिने बताए । मेयर विष्टले नेपालगञ्जलाई उपमहानगरपालिका बनाउन गाभिएका साविकका गाउँहरुमा समानरुपले विकास गर्न प्रतिबद्ध भएर लाग्ने बताए । उनले शिक्षा र स्वास्थ्यमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हबका रुपमा चिनिएको नेपालगञ्जको पहिचानलाई कायम राख्दै शिक्षा र स्वास्थ्यको विकासका लागि लगानीकर्तालाई आकर्षित गर्दै अघि बढ्ने बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाको भवनलाई अपांगमैत्री बनाउने प्रतिबद्धता पनि विष्टले गरे । उनले महिला उद्यमीहरुलाई अझ सक्षम र सबल बनाउन प्राथमिकता दिएर काम गर्ने योजना सुनाए । नवनिर्वाचित मेयर विष्टले राज्यले दिने सामाजिक सुरक्षा भत्ता अब छिटो-छरितो र सरल तरिकाले घुम्ती सेवा मार्फत् वडा वडाबाटै वितरण गरिने बताए । नेपालगञ्जको गुमेको शाख फर्काएर अब लुम्बिनी प्रदेशकै एक नम्बर सहर बनाउने उद्घोष विष्टले गरे । "हामी अब गठबन्धनले प्रदेश र संघ पनि जित्छौं, यहीँबाट सांसद र मन्त्री पनि बन्नुहुनेछ अनि हामी सबै मिलेर नेपालगञ्ज बनाउँछौं, नेपालगञ्जको शाख फर्काउँछौं," उनले भने ।

उपमेयर कमरुद्दिन राईले आफ्नो अमूल्य मत दिएर आफूहरुलाई विजय बनाएकोमा मतदाताहरुलाई धन्यवाद दिँदै यो जीत कुनै व्यक्ति, जात, धर्म, लिंग, बर्गको नभई एक एक नेपालगञ्जबासीको जीत भएको बताए । आफूहरुले हर दिन जनताको सेवकका रुपमा काम गर्ने बताउँदै उनले नेपालगञ्जबासीले आफूहरुप्रति देखाएको विश्वासमा खरो उत्रेर काम गर्ने प्रतिबद्धता जनाए । सभालाई जसपाका नेता राई र कांग्रेस नेता सुदिपनरसिंह राणाले पनि सम्बोधन गरेका थिए ।
No description available.

नेपालगञ्ज उपमहानगरपालिकामा विजयी भएको सत्तारुढ गठबन्धनले आज नगरमा विजय उत्सब गरेको थियो । ठूलो संख्यामा उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण सहभागी विजय उत्सब जमुनाहाबाट शुरु भएर राँझा चोक हुँदै त्रिभुवन चोकमा आएर बृहत सभामा परिणत भएको थियो । विजय र्यालीमा जसपाका नेता एवम् बाँके क्षेत्र नम्बर २ का सांसद तथा पूर्व मन्त्री मो. इस्तियाक राई, लुम्बिनी प्रदेशका मन्त्री सुरेन्द्र हमाल, बाँके कांग्रेसका सभापति नारायण प्रसाद गौडेल, नवनिर्वाचित मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई लगायत सहभागी थिए ।

ठूलो लावालस्कर सहितको विजय जुलुसमा सर्वसाधारणहरुले ठाउँठाउँबाट नवनिर्वाचित मेयर विष्ट र उपमेयर राईलाई स्वागत गर्दै बधाई दिएका थिए । नेपालगञ्जमा सत्तारुढ दलहरुको चुनावी गठबन्धनबाट मेयरमा कांग्रेसका विष्ट र उपमेयरमा जसपाका राई भारी मतान्तरले निर्वाचित भएका हुन् । नेपालगञ्जको उपमेयरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन थियो । वडामा भने एक्लाएक्लै प्रतिष्पर्धामा थिए ।

कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले गरेका थिए ।
No description available.

 


प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १४:२८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP