नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस पार्टी कार्यालयमा तालावन्दी, सभापति गौडेलद्वारा निन्दा
कांग्रेस पार्टी कार्यालयमा तालावन्दी, सभापति गौडेलद्वारा निन्दा
बागेश्वरी पोस्ट
बुधबार, जेठ १८, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस पार्टी कार्यालयमा तालावन्दी, सभापति गौडेलद्वारा निन्दा

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा तालावन्दी गरिएको छ । असन्तुष्ट नेता कार्यकर्ताहरुले आज दिउँसो पार्टी कार्यालयमा तालावन्दी गरेका हुन् । संविधानसभा सदस्य बादशाह कुर्मीको नेतृत्वमा असन्तुष्ट नेता कार्यकर्ताहरुले तालावन्दी गरेका हुन् ।

असन्तुष्ट पक्षले पार्टी सभापति नारायण प्रसाद गौडेलले बहुमतको निर्णयबिनै विधान विपरीत कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति र जिल्ला संसदीय समिति गठन गरेको आरोप लगाएको छ । उमेर समूहलाई ख्याल नगरी बढी उमेरका व्यक्तिहरुलाई जिल्ला कार्यसमितिमा मनोनित गरिएको आरोप पनि लगाइएको छ ।

असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला लगाएपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभापति गौडेलले आज साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै तालावन्दीको निन्दा गरेका छन् । सभापति गौडेलले कांग्रेसकै नेता कार्यकताहरुद्वारा गरिएको तालाबन्दी अपरिपक्व र पूर्वाग्रही भएको टिप्पणी गरेका छन् । गौडलले केन्द्रले टुंग्याउने भनी आपसमा सहमति गरिसकेको विषय अनावश्यकरुपमा उठान गर्नु गलत भएको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, "जिल्ला कार्यसमितिले गरेका निर्णयलाई विधानसम्मत नभएको भन्दै केन्द्रमा उजुरी गरेर केन्द्रीय प्रतिनिधिको रोहबरमा केन्द्रले गर्ने निर्णयलाई नै अन्तिम मान्ने समझदारी पश्चात् पनि गरिएको यस्तो हर्कतको हामी निन्दा गर्दछौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँके केन्द्रीय कार्यसमितिले गर्ने निर्णयलाई मानेर अघि बढ्न प्रतिबद्ध छ ।"

विज्ञप्तमिा अगाडि भनिएको छ, "तालावन्दी गरेका नेता कार्यकर्ताहरुले जिल्ला कार्यसमितिले गरेका निर्णयहरुप्रति असहमति जनाउँदै केन्द्रीय कार्यसमितिमा निवेदन दिई ध्यानाकर्षण गराए पश्चात् केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल ज्यूलाई केन्द्रीय प्रतिनिधि खटाएको थियो । केन्द्रीय सदस्य कँडेल र अकौ केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी ज्यूको उपस्थितिमा २०७९ बैशाख ७ गते नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा बसेको बैठकमा पनि उक्त विषय निष्कर्षमा नपुगेपछि केन्द्रीय सदस्य ज्यूकै चाहना अनुसार आवश्यक कागजात र निर्णय प्रतिलिपि अध्ययनसहित पुनः छलफलका लागि केन्द्रलाई प्रतिवेदन दिई समस्या समाधान गर्ने सर्वसम्मत निर्णय गरिएको जानकारी गराउँदछौं ।"

उनले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अभूतपूर्व ऐतिहासिक सफलता हासिल भएपछि नेता कार्यकर्ता एवम् शुभेच्छुकहरु उत्साहित भएर प्रफुल्ल मुद्रामा विजयी भावका साथ अघि बढिरहेको परिस्थितिमा विना कारण अनाहकमा पार्टी कार्यालयमा तालाबन्दी गरिनुलाई गम्भीररुपमा लिएको उल्लेख गरेका छन् । स्थानीय निर्वाचन सकिए पश्चात् विभिन्न पालिकाहरुमा जारी कार्यपालिका सदस्य निर्वाचनमा पार्टी पंक्ती केन्द्रित भइरहेका बेला गरिएको तालाबन्दी कुनै पनि हालतमा उचित नभएको विज्ञप्तीमा जनाइएको छ । 

No description available.


 


प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  २०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP