prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको काञ्जिहाउसमा रहेका चौपायामा संंक्रमण देखिदै,आहाराको अभाव
नेपालगन्जको काञ्जिहाउसमा रहेका चौपायामा संंक्रमण देखिदै,आहाराको अभाव
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २०, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको काञ्जिहाउसमा रहेका चौपायामा संंक्रमण देखिदै,आहाराको अभाव

नेपालगन्ज । बिगत केही वर्षयता कोहलपुर नेपालगन्ज सडक खण्डमा छाडा चौपायाका कारण धेरै दुर्घटना भए। जसमा कैयौं ब्यक्तीले ज्यान गुमाए भने कैयौं घाइते भए त सयौं चौपायाले समेत ज्यान गुमाए ।

अब्यवस्थित रुपमा सडकमा छाडिएका पशुचौपायाका कारण नै त्यस्ता दर्जनौं दुर्घटना भएका हुन् । दुर्घटनाको प्रमुख कारक बन्दै आएका पशुचौपायालाई नियन्त्रणकालागि नेपालगन्ज उपमहानगरपालिकाको प्रयासमा काञ्जिहाउस निर्माण गरियो । नेपालगन्जस्थित पुरैनामा निर्माण गरीएको काञ्जीहाउसमा पर्खालका साथै आवश्यक भौतिक संरचना निर्माण गरियो ।

पुरैनामा रहेको काञ्जीहाउसमा अहिले ५३ वटा पशुचौपाया राखिएका छन । यद्यपी अझैं सडकका अब्यवस्थित सयौं पशुचौपायाको उचित ब्यवस्थापन हुन सकिरहेको छैन । अत्याधिक चिसो तथा पोषक खानाको अभावमा ति चौपायामा संक्रमण देखिएको छ । चिसो मौसम बढेसँगै उचित आहारा र औषधी उपचारको अभावमा त्यहाँका गाईगोरू विभिन्न रोगको संक्रमणबाट ग्रसित छन् । काञ्जि हाउसमा रहेका गाईगोरू यसरी विरामी पर्दा समेत सम्बन्धित निकाय नेपालगन्ज उपमहानगरपालिका तथा पशु सेवा कार्यालय भने उदासिन देखिएका छन् ।

गाईगोरूका लागि आवश्यक उचित आहाराको अभाव छ, काञ्जिहाउसका इन्चार्ज भारतीले भने ‘भुस र थोरै घाँसका भरमा राखिएको छ । यहाँ सबै चौपायाका लागि आवश्यकता अनुसारको पानी समेत छैन् ।’विगतमा काञ्जि हाउसमा रहेका गाईगोरूलाई आहारा दिनका लागि नेपालगन्ज ग्यालरी लगायतका विभिन्न अभियान्ताले घाँस, पानी, भुस लगायत आहाराको व्यवस्थापन गरेपनि अहिले ती अभियान्ता समेत निश्क्रिय रहँदै आएको भारतीले बताए ।

यसअघि तत्कालिन शहरी विकास मन्त्री मो. इस्तियाक राईले काञ्जि हाउस मर्मत तथा यहाँका गाईगोरूको उचित आहारा व्यवस्थापनका लागि नेपालगन्ज ग्यालरीलाई ५० हजार प्रदान गरेका थिए । यसपछि मन्त्री राईले काञ्जि हाउसको मर्मत, सम्भार तथा गाईगोरूको उचित आहारा र व्यवस्थापनका लागि एक करोड बजेट विनियोजन गरेको उद्घोष गरेका थिए ।

तर, अहिले काञ्जि हाउसका गाईगोरूले उचित आहारा र औषधी उपचार नपाई छ्टपटाईरहेका छन् । मन्त्री राईले उद्घोष गरेको एक करोड बजेट अहिले पनि काञ्जि हाउसका लागि प्रयोग हुन सकेको छैन् ।


प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १५:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा शान्ति र्याली र दीप प्रज्वलन
नेपालगन्जमा शान्ति र्याली र दीप प्रज्वलन
नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड
नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP