नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सहिद सेतु विकको शालिक तोडफोडको घटनाप्रति कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण
सहिद सेतु विकको शालिक तोडफोडको घटनाप्रति कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २०, २०७९ बागेश्वरी पोस्ट
सहिद सेतु विकको शालिक तोडफोडको घटनाप्रति कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले नेपालगञ्ज न्यूरोडस्थित सहिद सेतु विकको शालिक तोडफोड भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले उक्त घटनाको घोर निन्दा गरेको छ । सभापति नारायणप्रसाद गौडेलले आज एक विज्ञप्ती निकालेर देशका लागि ज्यान उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरुको अपमान हुने गरी अराजक शैलीमा विहिबार भएको उक्त घटनाले सबैलाई लज्जित बनाएको उल्लेख गरेका छन् । 

विज्ञप्तीमा भनिएको छ, "लोकतान्त्रिक गणतन्त्र स्थापनाका खातिर आफ्नो ज्यानको प्रवाह नगरी सहादत प्राप्त गरेकी सहिदको शालिकमाथि अराजक शैलीमा तोडफोड गर्नु किमार्थ क्षम्य हुन सक्दैन । नेपाली कांग्रेस बाँके यस प्रकारको जघन्य हर्कतको कडा शब्दमा निन्दा गर्दछ ।" 

सभापति गौडेलले आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि बलिदानी दिने सहिद सेतु विकप्रति सदा उच्च सम्मान प्रकट गर्नु सबैको दायित्व भएको बताएका छन् । उनले अगाडि भनेका छन्, "तपाईं हामीलाई आफ्नो दायित्वबाट ज्युत हुने अधिकार कदापी छैन । सहिद सेतु विकको शालिक तोडफोड गर्नेमाथि कडा कारवाही गर्न नेपाली कांग्रेस बाँके जोडदार माग गर्दछ ।" 

जनआन्दोलन २०६२/६३ मा सहभागी भई राज्य व्यवस्था परिवर्तनका लागि सहादत प्राप्त गरी राज्यबाट सहिद घोषणा भएकी सहिद सेतु विकको शालिक उनले मृत्युबरण गरेकै स्थानमा स्थापना गरिएको हो । 

यस्तै धम्बोझी चोकमा भएको घटनाप्रति पनि कांग्रेसले ध्यानाकर्षण भएको उल्लेख गरेको छ । विज्ञप्तीमा भनिएको छ, "२०७९ साल जेठ १९ गतेकै दिन नेपालगञ्जको धम्बोझी चोकमा पूर्व राजा स्वर्गीय विरेन्द्र शाहको शालिक राख्ने विषयमा उत्पन्न असहज परिस्थितिप्रति पनि नेपाली कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ । धार्मिक एवम् सामाजिक सद्भावका हिसाबले एक नमुना सहरका रुपमा परिचय बनाएको नेपालगञ्जलाई विथोल्ने गरी भएको उक्त असहज परिस्थितिले हामीलाई चिन्तित बनाएको छ ।" 

No description available.

बाँके कांग्रेसले धार्मिक एवम् सामाजिक सद्भावको सहरका रुपमा नेपालगञ्जको चिनारीलाई बरकरार राख्न सबै संवदनशील बन्नुपर्ने बताएको छ  । विज्ञप्तीमा लेखिएको छ, "सद्भाव खल्बल्याउने चेष्टा कहीँकतैबाट हुनु हामी सबैको चिन्ताको विषय हो । आगामी दिनहरुमा यस्ता कार्यहरु कसैबाट पनि हुने छैनन् भन्ने विश्वासका साथ सम्पूर्ण नेपालगञ्जबासीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दछौं । उक्त घटनामा घाइते भएका सबैको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौं ।" 
 


प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP