Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कांग्रेस बाँकेको सम्मान
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कांग्रेस बाँकेको सम्मान
RSG-2
पार्टीसंग समन्वय गर्दै जनचाहना अनुसार काम गर्न आग्रह
बागेश्वरी पोस्ट
आइतबार, जेठ २२, २०७९ बागेश्वरी पोस्ट
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कांग्रेस बाँकेको सम्मान

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भई नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा आज एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवम् केन्द्रीय सदस्य तथा पूर्व मन्त्री सञ्जय कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा केन्द्रीय सदस्य गौतम, केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति गौडेल लगायत अन्य अतिथिहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई टिका र खादा लगाएर सम्मान गरेका थिए ।

बाँकेमा कांग्रेसबाट ६ जना प्रमुख/अध्यक्ष, ६ जना उपप्रमुख/उपाध्यक्ष र २८ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य एवम् वडा सदस्यहरुलाई आज सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै नेताहरुले पार्टीको शिर उँचो राख्ने गरी काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । पार्टीसंग समन्वय गरेर जन-आकांक्षा अनुसार काम गर्न उनीहरुको आग्रह छ । पार्टीको शाखलाई जोगाउँदै उत्कृष्ट सेवा प्रवाह र सुशासन कायम गर्न विशेष ध्यान दिनुपर्नेमा नेताहरुको जोड छ । नवनिर्वाचित जनप्रतिनिधिहरुले पार्टीसंग समन्वय गर्दै जन-भावनालाई केन्द्रविन्दुमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनप्रतिनिधिहरुले पार्टी नीति अनुरुप अघि बढ्ने बताउँदै पार्टीको विश्वासलाई डग्मगाउन नदिने दृढता व्यक्त गरे ।

कार्यक्रममा केन्द्रीय सदस्यद्वय गौतम र बाल्मिकी, प्रदेश सभापति पुन, जिल्ला सभापति गौडेल, प्रदेश सह-महामन्त्री निमा गिरी, पूर्व मन्त्री एवम् कांग्रेस बाँकेका पूर्व सभापति गजेन्द्र हमाल, पूर्व सभापति कृष्णमान श्रेष्ठ, निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेश कमिटी सदस्य प्रमेश्वरी पाठक, महासमिति सदस्य मेघराज ओली, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, २ का सभापति रमेश कुमार गुप्ता, प्रदेश १ 'क' का सभापति लक्ष्मण थारु, कोहलपुर नगरपालिका सभापति विरेन्द्र कुमार शाह, महिला संघकी अध्यक्ष नारायण रुपाखेती लगायतले  बोलेका थिए ।

यस्तै कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुरका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र डुडुवाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले जनचाहना अनुसार काम गर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेका उपसभापति कृष्ण कुमार कार्कीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

फोटो फिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP