prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'गिरिजाबाबु शान्ति र परिवर्तनका नायक'
'गिरिजाबाबु शान्ति र परिवर्तनका नायक'
banijya office
बागेश्वरी पोस्ट
शनिबार, असार १८, २०७९ बागेश्वरी पोस्ट
'गिरिजाबाबु शान्ति र परिवर्तनका नायक'

नेपालगञ्ज । नेपाली कांग्रेसका नेताहरुले स्वर्गीय गिरिजाप्रसाद कोइराला शान्ति, क्रान्ति र परिवर्तनको नायक भएको बताएका छन् । नेपाली कांग्रेस बाँकेले पार्टीका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय कोइरालाको ९९औं जन्मजयन्तीका अवसरमा आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको 'संगठन निर्माण र शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाको भूमिका' विषयक विचार गोष्ठीमा बोल्ने बक्ताहरुले कोइराला बहुप्रतिभाशाली र बहुआयामिक व्यक्तित्व भएको चर्चा गरे । सशस्त्र युद्धमा होमिएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर कोइरालाले शान्तिको विगुल फुकेको बक्ताहरुले बताए । १० वर्षे जनयुद्धलाई अन्त्य गराएर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाले अग्रणी भूमिका खेलेको नेताहरुले बताए । 

nepalgunj 081-082

No description available.

केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले स्वर्गीय कोइराला कुशल संगठक भएको बताए । "गिरिजाबाबुले कार्यकर्ताका कुरा सुन्नुहुन्थ्यो, मनोबल बढाउनुहुन्थ्यो, ढाडस दिनुहुन्थ्यो, बाल्मिकीले भने-"उहाँ शान्ति र परिवर्तनको नायक हो, जुन कुरा बोल्नुहुन्थ्यो, त्यो पूरा गर्नुहुन्थ्यो, उहाँले बोलेपछि संसद पुनःस्थापना भयो, संविधानसभाको चुनाव भयो, मुलुक गणतन्त्रमा गयो, उहाँ नेपाली राजनीतिको अनुकरणीय व्यक्तित्व हो ।" कोइरालाले आफ्नो आदर्श बनाएको सहमति, सहकार्य र एकताको सूत्रबाट अब पार्टीलाई एकाकार बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता केन्द्रीय सदस्य बाल्मिकीले औंल्याए । 

नेपाली कांग्रेस बाँकेका कार्यवहाक सभापति गोपालप्रसाद अधिकारीकोे सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णकुमारी सापकोटा, संविधानसभा सदस्य बादशाह कुर्मी र अब्दुल हमिद सिद्दिकी, महासमिति सदस्य लक्ष्मीनारायण शाह, निवर्तमान जिल्ला सचिव एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, क्षेत्र नम्बर १ (क) का क्षेत्रीय सभापति लक्ष्मण थारु, नेपालगञ्ज नगरसभापति एवम् नगर प्रमुख प्रशान्त विष्ट लगायतले स्वर्गीय कोइरालाको मार्गदर्शनलाई अबलम्बन गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । जिल्ला सदस्य मनप्रसाद आचार्यले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

No description available.

सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसाद कोइरालालाई जान्छ । कोइरालाको जन्म वि.सं १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो । कोइराला मुलुकमा पाँच पटक प्रधानमन्त्री भए भने चार कार्यकाल पार्टी सभापति भए । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा निधन भएको थियो ।


प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १५:५८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP