नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • गुरु पूर्णिमामा राप्ती बबईका संस्थापक अध्यक्ष गिरीलाई प्राध्यापकद्वारा स्वागत
गुरु पूर्णिमामा राप्ती बबईका संस्थापक अध्यक्ष गिरीलाई प्राध्यापकद्वारा स्वागत
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार २९, २०७९ बागेश्वरी पोस्ट
गुरु पूर्णिमामा राप्ती बबईका संस्थापक अध्यक्ष गिरीलाई प्राध्यापकद्वारा स्वागत

नेपालगञ्ज । राप्ती बबई क्याम्पस तुलसीपुरका संस्थापक अध्यक्ष एबम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलाई गुरु पूर्णिमाको दिन क्याम्पसका प्राध्यापकहरुले स्वागत गरेका छन् ।

आज बिहान पूर्व सिंचाई मन्त्री समेत रहेका क्याम्पसका संस्थापक गिरीलाई क्याम्पसमा निम्त्याएर स्वागत गर्नुका साथै क्याम्पसको बिद्यमान अवस्था र भविष्यमा क्याम्पसको विकासका लागि गर्नुपर्ने कामहरुको बारेमा क्याम्पसका प्राध्यापकहरुले ध्यानाकर्षण गराएका थिए ।

No description available.

नेता गिरीकै पहलमा राप्ती बबई क्याम्पस आज भन्दा ३२ बर्ष पहिले २०४७ सालमा स्थापना भएको थियो । जतिखेर तुलसीपुर लगायत पश्चिम दाङ, सल्यान, रुकुम र पश्चिम रोल्पाका गरिबका छोराछोरी उच्च शिक्षा अध्ययन गर्नका लागि घोराही, नेपालगञ्ज वा काठमाडौं जानुपर्ने बाध्यता थियो । क्याम्पस प्राध्यापकहरुसंग गिरीले क्याम्पस स्थापना गर्ने ताका अर्थात् ३२ बर्ष अगाडि पुग्दै पश्चिम दाङमा शिक्षाको दियो बाल्नका लागि तुलसीपुरमा सामुदायिक क्याम्पस राप्ती बबई स्थापना गरेको स्मरण गरेका थिए ।

‘त्यतिखेर उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता थियो र उतिखेर छोरीबुहारीलाई बाहिर पढ्न जान नदिने खराब प्रलचन थियो, 'गिरीले ३२ बर्ष अगाडिको समाजको चिन्तन स्मरण गर्दै भने ‘ एलएलसी उत्तिर्ण गरेकी छोरी भए बरु बिहे गरिदिने र बुहारी भए पढाई छोड्न बाध्य हुनुपर्ने नजिरको अन्त्य गर्ने सोचले मेरो पहलमा तुलसीपुरमा क्याम्पस स्थापना गरिएको हो ।’ तुलसीपुरमा उच्च शिक्षा अध्ययनका लागि पहिलोपटक २०४७ सालमा क्याम्पस स्थापना भएपछि पढाईबाट बञ्चित हुन बाध्य पारिएकाहरु मध्ये झण्डै ९० प्रतिशत छात्रा क्याम्पसका भर्ना भएको संस्थापक अध्यक्ष गिरीले स्मरण गरे ।

‘२०४७ सालको बिद्यार्थी भर्नाको रेकर्ड पल्टाएर हेर्नुहोस्, त्यतिखेर ९० प्रतिशत लेडिज राप्ती बबई क्याम्पसमा अध्ययनका लागि भर्ना भएका छन्,’ गिरीले भने ‘ उतिखेर छोरा मान्छेलाई पढ्नका लागि घोराही वा नेपालगञ्ज पठाइए पनि छोरीलाई टाढा पढ्न जान नदिने गलत प्रचलन थियो ।’ तुलसीपुरमा क्याम्पस खुलेपछि पढाईबाट बञ्चित पारिएका छोरीबुहारीले पनि पढ्न अवसर सृजना भएको नेता गिरीले बताए ।

No description available.

इतिहासमा एमए (स्नातकोत्तर) गरेपछि आफूलाई काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्न आग्रह गरेपनि आफूहरुले पश्चिम दाङमा शिक्षाको विकासका लागि सामुदायिक क्याम्पस स्थापना गरी समाज विकास र रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको गिरीले बताए । ‘मैले कमाउन चाहेको भए त्यतिखेरै आफ्नै निजी शैक्षिक संस्था खोल्न सक्थे,’ उनले थपे ‘ तर, मैले ब्यक्तिगत लाभ भन्दा पनि यो ठाउँ र समाजका लागि केही गर्ने अठोट लिएको हुँदा क्याम्पस स्थापना भएको हो ।’

क्याम्पस स्थापना गर्दा भोग्नु परेका अप्ठेराहरु पनि नेता गिरीले प्राध्यापक र क्याम्पसका कर्मचारीसंग बाँडेका थिए । क्याम्पस दर्ता प्रक्रियाको लागि साढे ६ लाख रकम त्रिभुवन विश्वविद्यालयमा दाखिला गर्नुपर्ने हुन्थ्यो । तर, ऋण सापटी गर्दा पनि जम्मा साढे १ लाख जति मात्रै संकलन हुने अवस्था देखियो । ‘त्यतिखेर तुलसीपुरको बजार नै थिएन भने पनि हुन्छ र भरखरै बहुदल आएको अवस्था थियो,’ गिरीले भने- ‘साढे ६ लाख रकम जोहो गर्न नसकेपछि म आफै टियूमा पुगेर मै हुँ साढे ६ लाख दर्ता गर्नुस भनेर भनेको थिए ।’

त्यस्तै क्याम्पस स्थापनाको सुरुवाती बर्षमा बिषयगत शिक्षक नपाएको, शिक्षक, सहयोगी कमचोरीलाई घरमै बोलाउन पठाउनु परेको र आफूले पनि सुरुवातमा अध्यक्ष भए पनि दुई महिना जति पढाएको नेता गिरीले स्मरण गरे । सुरुमा दुई अढाई सय बिद्यार्थी हुँदा शिक्षकलाई दिने तलब पनि सम्झौतामा गर्नुपरेको उनले बताए । ‘त्यही क्याम्पसमा आज ४ हजार बिद्यार्थी अध्ययनरत हुनु गर्वको कुरा हो,’ उनले भने ‘ अब यो क्याम्पसले समय अनुकुल आइटी शिक्षामा पनि जोड दिन जरुरी छ ।’

केही समयपछि सल्यानमा एउटा प्राइभेट क्याम्पस स्थापना भएपछि त्यस क्याम्पसको परीक्षा सेन्टर पनि रणनीतिकरुपमा बबई क्याम्पसमा पार्ने काम आफूहरुकै पहलमा भएको र त्यसले गर्दा राप्ती बबई क्याम्पसको चर्चा भई बिद्यार्थी भर्ना बढेको संस्थापन अध्यक्ष गिरीले बताए । उनले शिक्षक प्राध्यापकका लागि शिक्षालयमै उनीहरुका परिवारसहित बस्ने प्रबन्ध गर्न सके मात्रै शिक्षाको थप विकास हुने तर्क गरे । 'तपाँईहरु मन, वचन, कर्मले शिक्षाको उन्नयनका लागि लाग्नुहोस्,’ नेता गिरीले भने ‘ यसको थप विकासको लागि थप के गर्नुपर्छ आउनुहोस् हातेमालो गरेर अगाडि बढौं।’

No description available.

क्याम्पस प्रमुख युवराज रावतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष गिरीलाई क्याम्पस प्राध्यापकहरुले तुलसीपुर क्षेत्रको शिक्षाको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै खादा लगाएर स्वागत सम्मान ब्यक्त गरेका थिए । त्यसक्रममा क्याम्पस प्रमुख रावतले हाल क्याम्पस विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने गरेको तथा ४ हजार बिद्यार्थी अध्ययनरत रहेको जानकारी दिएका थिए। क्याम्पसमा ४२ प्राध्यापक, १३ कर्मचारी रहेको उनले अबगत गराएका थिए । अहिले राप्ती बबई क्याम्पसले धेरै उन्नति गरेको भन्दै रावतले मुलुकका १५०० क्याम्पसहरु मध्ये राप्ती बबई क्याम्पस गुणस्तरका हिसावले ५०औं स्थानमा दर्ज हुने तयारीमा रहेको भन्दै खुसी साटे ।

त्यस्तै पूर्व क्याम्पस प्रमुख तथा प्राध्यापकहरु लक्ष्मण रेग्मी, शालिकराम रेग्मी, क्याम्पसका प्राध्यापकहरु गणेश पार्धे, भुपबहादुर बुढाथोकी लगायतले क्याम्पसले भोगचलन गर्दै आएको जग्गा प्राप्तिका लागि पहल गर्न, आंगिक क्याम्पसको लागि पहल गर्न र शिक्षामा गुणस्तर कायम गर्नका लागि क्यिूएए प्राप्तिका लागि पहल गर्न संस्थापक अध्यक्ष गिरी समक्ष आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण प्राध्यापक टेकनप्रसाद कँडेलले गरेका थिए ।

No description available.No description available.

 


प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP