नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बर्दिया अदालतका न्यायाधीश लोकजंग शाहसहित दुई न्यायाधीश पदमुक्त !
बर्दिया अदालतका न्यायाधीश लोकजंग शाहसहित दुई न्यायाधीश पदमुक्त !
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन १, २०७९ बागेश्वरी पोस्ट
बर्दिया अदालतका न्यायाधीश लोकजंग शाहसहित दुई न्यायाधीश पदमुक्त !

नेपालगञ्ज । न्याय परिषद्ले दुई जना न्यायाधीशलाई पदमुक्त गर्न सिफारिस गरेको छ । परिषद्ले बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाह र उच्च अदालत सुर्खेतको जुम्ला इजलासका नसरुल्लाह अन्सारीलाई खराब आचरण र कार्यक्षमताको अभाव पाइएपछि पदमुक्त गर्न सिफारिस गरेको हो ।

परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार शाह र अन्सारी विरूद्ध परेका उजुरीमाथि अनुसन्धान र उनीहरूले गरेका फैसला अध्ययनपछि दोषी पाइएकाले पदमुक्त गर्ने सिफारिस गरिएको हो । परिषद्को सिफारिस अनुसार कामु प्रधान न्यायाधीश दीपककुमार कार्कीले उनीहरू दुवै जनालाई आज पदमुक्त गर्दैछन् ।

नवलपरासीका अन्सारी २०७३ पुस २९ मा सिधै उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । त्यस्तै रुकुमका शाह २०४३ साउन २६ मा न्याय सेवा प्रवेश गरेर २०६६ भदौ २३ मा जिल्ला न्यायाधीश नियुक्त भएका थिए । करिब १३ वर्षदेखि एउटै पदमा रहेका शाह हालका जिल्ला न्यायाधीशहरूमा पुराना मध्येका एक हुन् ।

त्यसैगरी परिषद्ले उच्च अदालत तुलसीपुरकी न्यायाधीश बबिता उप्रेतीलाई सचेत गराउने पनि निर्णय गरेको छ । उनले गरेका फैसला अध्ययनपछि कार्यक्षमताको अभावमा उनलाई सचेत गराउने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए । काठमाडौंकी उप्रेती पनि अन्सारीसँग एकैदिन अर्थात् २०७३ पुस २९ मा सिधै उच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् ।

परिषद्ले अघिल्लो साता उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गरेको थियो । धनुषाकी साहले योग्यता ढाँटेर नियुक्ति लिएको भन्दै असार २४ मा उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

१० वर्ष निरन्तर वकालत गरेको वा कानुनको क्षेत्रमा काम गरेको व्यक्तिका रूपमा नियुक्त भएकी साहले २० वर्ष सीटीईभीटीमा सामान्य प्रशासन सेवाको जागिरे भएर बिताएकी थिइन् । साह पूर्व प्रधान न्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् ।
 


प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP