prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अदालतले अन्याय गर्‍यो,बलात्कारीले भोज खाए,-अनि नग्माले नेपालगन्ज छोडिन्
अदालतले अन्याय गर्‍यो,बलात्कारीले भोज खाए,-अनि नग्माले नेपालगन्ज छोडिन्
banijya office
छापाबाट
बुधबार, पुस २३, २०७६ छापाबाट
अदालतले अन्याय गर्‍यो,बलात्कारीले भोज खाए,-अनि नग्माले नेपालगन्ज छोडिन्
फाइल फोटो

नेपालगन्ज  । ‘म जन्मिँदा हाम्रो घरको आर्थिक अवस्था अहिलेको जस्तै हुन्थ्यो भने अब्बाले मलाई स्कुल पठाउनुहुन्थ्यो,’ घरभन्दा निकै पर काठमाडौं सहरमा बसेर बुबाको न्यानो मायाबारे सुनाउँदा उनको आँखाबाट तातो आँसु बगिरहन्छ । त्यतिखेरको अवस्था राम्रो थिएन, घरकी जेठी छोरी उनले पढ्न पाइनन् ।

nepalgunj 081-082

नेपालगन्ज वनघुस्राकी २२ वर्षीया नग्मा (परिवर्तित नाम) को पढ्ने रहर त्यत्तिकै हरायो । उनीमुनिका बहिनी र भाइ त अहिले स्कुल जान्छन् । उमेरले १८ वर्ष टेक्दाटेक्दै चार वर्षअघि उनको वनघुस्रामै बिहे भयो । ‘अगलबगलमै छ मेरो माइती र घर,’ नग्मा सुनाउँछिन् । २६ जनाको ठूलो परिवारमा एउटै चुलोचौका चलाउन असहज भएपछि नग्मा र उनका श्रीमान्ले अलग भान्सा गर्न थाले । खुब खुसी देखिन्थ्यो यो जोडी । श्रीमान्ले माइतीकै डोजर चलाउँथे, उनी घरमै । जिन्दगीसँग कुनै गुनासो थिएन । न त गुनासो थियो परिवार, आफन्त र समाजसित । एउटै कुरा स्कुल गएर पढ्न नपाएको थकथकी भने मनमै थियो, अहिले पनि छ ।

......

गत कात्तिक १३ गते नग्मा आँखा जँचाउन श्रीमान्सँगै फुलटेक्रा आँखा अस्पताल पुगिन् । दिउँसो १ बजेतिर आँखा जाँचिसकेपछि उनका श्रीमान् नेपालगन्ज गए, उनी घर । अस्पताल जाँदा लगाएको बुर्का खोलिसकेकी पनि थिइनन् । दुई जना चिनजानकै मान्छे उनको कोठाभित्र छिरे । उनी घरमा कोही पनि छैनन्, किन आएको भनेर सोध्दैथिइन् । ती दुई पुरुषको जवाफ आइहाल्यो, ‘कोही नभएकाले त हामी आएका हौं ।’ स्थानीय दुई पुरुषहरू निजामुद्दिन साई र मुबारक नाउले घरमा भएको सबै गरगहना र नगद मागे । नदिए जे पनि गर्न सक्ने धम्की दिए ।

उनले दराजमा भएको नगद र गरगहना सुम्पिइन् । ‘यतिमात्रै लिएर जाँदा यसले प्रहरीमा उजुरी गर्न सक्छे,’ उनीहरूको सरसल्लाह थियो, ‘बरु यसलाई नै लिएर जाऔं, सबै काम उतै गरौं ।’ नग्माको ढुकढुकी झन्झन् बढ्दै गयो । साई र नाउले संकेत गरेको त्यो उतै भारतको रुपैडिया रहेछ, उनीहरूले मोटरसाइकलको बीचमा नग्मालाई राखे । पिप्रहवा गाउँ हुँदै रुपैडिया र रुपैडियाबाट अरू दुई पुरुषले दिल्ली पुर्‍याए । रुपैडिया हुँदै दिल्ली पुग्दासम्मको घटना उनको स्मरणमा छैन । किनभने उनीहरूले दिएको बिस्कुट र जुस खाएपछि नग्मा बेहोस भएकी थिइन् ।

उनी जब होसमा आइन्, ती दुई पुरुषले आफूलाई निर्वस्त्र पारेर खिचेको भिडियो देखिन् । आफूहरूले भनेझैं नगरे भिडियो सार्वजनिक गरिदिने धम्की ती पुरुषहरूले दिइरहेका थिए । नग्मालाई ‘इज्जत’ को डर लाग्यो । उनी ती पुरुषले जसोजसो भन्छन्, त्यसै गर्दै गइन् । त्यतिन्जेलसम्म नग्मालाई उनका गाउँले निजामुद्दिन र मुबारकले एक लाख भारतीय रुपैयाँमा बेचिसकेका थिए । ती अन्जान दुई पुरुषले उनलाई एकजना महिलामात्रै भएको नयाँदिल्लीको एउटा कोठामा पुर्‍याए । पालैपालो बलात्कार गरे । त्यतिखेर उनीहरूले नजामुद्दिनसँग गरेको कुराकानी अहिले पनि उनको दिमागमा झनझनाइरहन्छ । ‘उसको घरमा फिरौतीको कुरा भइरहेको छ, मिल्छ कि मिल्दैन तर अहिले नै त्यसै नछोड्नू,’ यताबाट फोनमा गएको आवाज उनले प्रस्ट सुनिन् ।

यो कुरा जिल्ला प्रहरी कार्यालय नेपालगन्जले गरेको कल डिटेल्स अनुसन्धानले पुष्टि गरिसकेको छ । त्यतिखेर उनले जे भोगिन्, अहिलेको बयानबाट अनुमान गर्न सकिँदैन । ती दुई पुरुषले उनलाई कोठामै छाडे, बाहिरिए । सायद नग्मा यही मौकाको प्रतीक्षामा थिइन्, सायद ‘अल्लाह’ उनकै वरिपरि थिए । उनले ती महिलालाई हारगुहार गरेर मोबाइल मागिन् र घरमा फोन गरिन् । उनको ‘अब्बा’ सँग कुरा भयो । अब्बाले दिल्लीमै रहेका आफन्तलाई फोन गरे । उनी दिल्ली पुगेको चार दिनपछि जिन्दगीको सबैभन्दा कठिन ठक्कर खाएर कात्तिक १७ गते वनघुस्रास्थित घरमा फर्किइन् । यता उनका अम्मीअब्बा, भाइबहिनी, श्रीमान् र सासूससुराको बेचैनी उनी फर्किएपछि कम भयो । गाउँलेले प्रहरीमा जाहेरी दिन प्रेरित गरे । परिवारले न्यायको बाटो खोज्यो, कात्तिक १८ गते उजुरी बोकेर यो परिवार जिल्ला प्रहरी कार्यालय बाँके पुग्यो । उनलाई बेचेर गाउँ फर्किवरी निर्बाध घुमिरहेका निजामुद्दिन र मुबारकलाई प्रहरीले नियन्त्रणमा लियो ।

नग्माको हुटहुटी शान्त भयो । उजुरी बोकेर उनीहरू जिल्ला अदालत पुगे । जिल्ला न्यायाधीश रामप्रसाद बस्यालले गरेको आदेशमा निजामुद्दिन र मुबारक दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने उल्लेख छ । त्यसको आधारका रूपमा नग्मा बेचिएको, बेचिनुअघि उनलाई आरोपितद्वयले अपहरण गरेको उल्लेख छ । बेच्न लैजानुअघि नग्माको घरमा उनीहरूले डकैती पनि गरेका थिए । प्रहरीले अनुसन्धान गर्दा घटनाको समयमा आरोपितहरू घटनास्थलमा भएको मोबाइलको लोकेसन ट्रेसबाट पुष्टि भएको थियो ।

अर्कोतर्फ पीडित स्वयंले आरोपितहरूलाई किटेकी थिइन् । जिल्ला अदालतको यो गत मंसिर १७ गतेको आदेश थियो । न्याय सही ट्र्याकमा गइरहेको थियो । नग्मा र उनको परिवारलाई अदालतमाथि भरोसा बढिरहेको थियो । कात्तिक १३ देखि १७ गतेसम्मको त्यो अँध्यारो दिन बिर्सिन नग्मालाई परिवारका सदस्यहरूले भरपुर साथ दिइरहेका थिए । घटनाको मिसिल र पीडकको अपराधलाई आधार मान्ने हो भने यो कम्तीमा १५ वर्ष जेल सजाय हुने घटना हो । तर जिल्ला अदालतको आदेशविरुद्ध पीडक पक्ष उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासमा पुग्यो ।

उच्च अदालतका न्यायाधीशहरू पवनकुमार शर्मा न्यौपाने र ऋषिप्रसाद अधिकारीले जिल्ला अदालतको आदेशको कैफियत पनि मागेका हुन् । घटना पुष्टि गर्ने यथेष्ट प्रमाण हुँदाहुँदै पनि पुस १० गतेको उनीहरूको इजलासले पीडकलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश नमिलेको भन्दै बदर गर्ने आदेश गर्‍यो । ‘पीडितको नामको घाउजाँच फारमबाट केही घाउखत नदेखिएको र डकैती गरिएको भनिएको सामान बरामद नभएको हुँदा प्रतिवादीहरूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरिएको छ,’ उच्च अदालतको आदेशमा उल्लेख छ । निजामुद्दिन र मुबारक एकरएक लाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भए ।

उच्च अदालतले कतिसम्म बेवास्ता गर्‍यो भने पीडित पक्ष र प्रहरीले पेस गरेका घटनाका आधार र प्रमाण केलाउन जरुरी ठानेन । घटनामा आरोपितहरू संलग्न हुन सक्ने आधार र कारणलाई भने पूरै नजरअन्दाज गरेको देखिन्छ । उच्च अदालतको त्यही आदेशअनुसार निजामुद्दिन र मुबारक थुनामुक्त भए, गाउँ गए । त्यो रात उनीहरूको गाउँमा भोज नै चल्यो । ‘३० किलो खसीको मासु लगेका थिए, चोकचोक, बाटोबाटोमा मिठाई बाँड्दै हिँडिरहेका थिए,’ नग्मा भन्छिन्, ‘त्यही दिनदेखि म घरमा गएकी छैन ।’ उनीसँग काठमाडौं आएकी माइजूका अनुसार पीडक निजामुद्दिनकी आमा त नग्मालाई बेचेको पैसा सकिएको भन्दै अब गाउँलेका छोरी बेचेर गुजारा चलाउने कुरा चौतारोमा बसेर गर्छिन् ।

उनीहरूको उत्सवले नग्मालाई एकदमै नराम्रो लागिरहेको छ । ‘छन त उनीहरूका छोरीहरू पनि छन्, मलाईजस्तै उनका छोरीलाई भयो भने के भन्लान् रु’ उनी आफैंलाई प्रश्न गर्छिन् । पुस १० गतेदेखि नग्मा घर फर्केर गएकी छैनन् । इन्द्रगाउँस्थित मामाको घरैबाट उनी उच्च अदालतको आदेश बदर गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिन काठमाडौं आइपुगेकी छन् । एक होटलमा बसिरहेका उनीहरूका तर्फबाट बुधबार सर्वोच्चमा निवेदन दिइँदै छ । सानीआमा, माइजू र काकासहित काठमाडौं उत्रिएकी उनलाई अम्मी र अब्बाको बहुत याद आइरहेको छ । आफ्ना साना बहिनीहरू त्यसैगरी अपहरणमा पर्छन् कि भन्ने चिन्ताले सताइरहेको छ ।

‘डराएका बहिनीहरू स्कुल जान पनि मान्दैनन्,’ नग्मा भन्छिन् । काठमाडौं टेकेको तेस्रो दिन भइसक्यो उनले घरपरिवारसँग फोनमा कुरा गर्नै सकेकी छैनन् । ‘मैले फोन गर्नेबित्तिकै अम्मी रोएको रोयै गर्नुहुन्छ, उनीहरू छुटेपछि अब्बाको प्रेसर बढेको छ,’ नग्माले भनिन्, ‘जन्मेदेखि अहिलेसम्म मैले गाउँ छाडेकै थिइनँ, मलाई कहिले गाउँ जानुजस्तो भएको छ ।’ दुःखको कुरा यही छ कि, उनलाई यातना दिने पीडक गाउँमा निर्बाध घुमिरहेका छन्, पीडकका आफन्तले अरू पनि छोरीबुहारी बेचेर गुजारा चलाउने खुलेआम धम्की दिइरहेका छन् ।

तर नग्मा विस्थापित भइन् ।

दुःख त नग्मालाई श्रीमान्सँग पनि लागेको छ किनभने उच्च अदालतको आदेश आउनेबित्तिकै उनी टाढिए । गाउँ छउन्जेल के छ कसो छ भनेर सोध्दा पनि सोधेनन्, काठमाडौं आएपछि फोनसम्म पनि गरेका छैनन् । ठ्याक्कै गाउँले र छरछिमेकीझैं गरी टाढिए उनका श्रीमान् । ‘मैले जानाजान केही गल्ती गरेकी छैन,’ नग्मा सुस्ताउँछिन्, ‘मेरो मन त पहिले जस्तो थियो त्यस्तै नै छ, थाहा छैन उसको दिलमा के छ ?’यो खबर कान्तिपुरले छपेको छ।

कान्तिपुर दैनिक बाट साभार।


प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०७:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP