prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एआईजी विश्वराज पोखरेलको स्थानमा बढुवा हुन चलखेल शुरु
एआईजी विश्वराज पोखरेलको स्थानमा बढुवा हुन चलखेल शुरु
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, साउन ३, २०७९ बागेश्वरी पोस्ट
एआईजी विश्वराज पोखरेलको स्थानमा बढुवा हुन चलखेल शुरु

नेपालगन्ज । प्रहरी महानिरीक्षक हुने बाटो  सर्वोच्च अदालतले   बन्द गरेपछि राजीनामा दिएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको स्थानमा बढुवा हुन नेपाल प्रहरीभित्र नयाँ खेल शुरु भएको छ । 

nepalgunj 081-082

हिजो नेपाल प्रहरीको प्रशासन विभागमा राजीनामा बुझाएसँगै प्रहरीभित्र नयाँ एआइजीको नयाँ खेल शुरु भएको हो । खासगरी एक महिनाअघि बढुवा भएका डीआईजीहरुले नै एआईजीका लागि योग्य रहेको दाबी पेश गर्ने तयारी गरेका छन् ।  

पोखरेलले  आजबाट लागु हुने गरी बुझाएको राजीनामा प्रहरी महानिरीक्षकले अघि बढाएर गृह मन्त्रालय हुँदै अब मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी पदमुक्त हुनेछन् । प्रक्रिया पूरा भएसँगै उनको स्थानमा एक एआईजी पद रिक्त रहने छ ।‘हिजो राजीनामा दिनुभयो सोमबार बेलुकाबाटै शक्ति केन्द्रमा एआईजीका लागि दौडधुप शुरु भइसक्यो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । खासगरी प्रहरी प्रधान कार्यालयबाहिर नगई बसेका डीआईजीहरु यो खेलमा लागेका छन् । 

प्रहरी महानिरीक्षकको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरी नियुक्ति खारेजीको माग गरेका पोखरेललाई अन्ततः सर्वोच्च अदालतले हराइदिएपछि उनले बाध्य भएर हिजो राजीनामा दिएका थिए ।  

प्रहरी प्रधान कार्यालय भने तत्कालै एआईजी बढुवाको प्रकृया अघि बढाउने सोचमा छैन । एक जनालाई मात्रै एआईजी बनाउँदा विवाद आउने भएको कारण पनि प्रहरी प्रशासन र सरकार दुवै एआइजीको नियुक्ति एकमुष्ठ रुपमा चार जनालाई एआईजी बनाउने खेलमा छ ।  

हाल डीआईजीमा बढुवा भएकाहरू बाहेक हालका आईजीपी धिरजप्रताप सिंहका ब्याजका तीन जना डीआईजीहरु एआईजीका दाबेदार छन् । हाल डीआईजी रहेकाहरु नलप्रसाद उपाध्याय, महसुद आलम खाँ र मोहन आचार्य सिनियर डीआइजीहरु हुन् । 

त्यसपछि हालसालै एसएसपीबाट डीआईजीमा बढुवा भएकाहरू पनि एआईजी बढुवाको प्रतिस्पर्धामा रहेका छन् । तर सिंहका प्रतिस्पर्धीहरु आईजीपी नहुने भएकाले सरकारले पछिल्लो व्याचबाटै एआईजी बनाएर अघि बढ्ने सोचमा रहेको छ । 

चार जना डीआईजीलाई एकैपटक कात्तिक महिनामा एआईजी बनाएको खण्डमा सिनियर तीन जना डीआईजी बाहेक एक जना हालसालै डीआईजी भएकाबाट बढुवा हुनेछन् । 

हालसालै डीआईजीमा बढुवा भएकामध्ये वसन्त कुँवर एक नम्बरमा डीआईजीमा बढुवा भएका छन् । नयाँ आईजीपीका लागि तयार पार्ने गरी हाल डीआईजी भएकाहरूबाट नयाँ एआईजी बनाउने हो भने एक नम्बरका वसन्त कुँवर, दुई नम्बरका टेकप्रसाद राई, तीन नम्बरका अशोक सिंह, चार नम्बरका दीपक थापा र पाँच नम्बरका श्यामलाल ज्ञवाली पनि एआईजीका दाबेदार हुन्। 

उनीहरुमध्ये एक जना एआईजी भएमा सरकारले उसलाई नै भावी आईजीपी बनाउने खेलमा लागेको छ भनेर बुझ्नु पर्ने हुन्छ । यद्यपि हालका आईजीपी सिंह आफ्नो कार्यकाल बढाउने तयारीमा लागेका छन् । आईजीपीको मुद्धा टुंगिएसँगै सिंहले दुईं वर्ष अवधि थप गराएर तीन वर्ष आईजीपी हुने खेलमा लागेको निकट स्रोतको दाबी छ ।

 


प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १८:३७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP