नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा सुरु
प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा सुरु
RSG-2
संस्थापन र संस्थापन इतरवीच कडा प्रतिष्पर्धा
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ६, २०७९ बागेश्वरी पोस्ट
प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा सुरु

हेटौंडा । नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन इतर पक्ष बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गरेका हुन् । महाधिवेशन उद्घाटन गर्दै देउवाले निकट भविष्यमा हुन लागेको चुनाव स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग पुग्ने गरी कलम चलाउन पत्रकारलाई अनुरोध गरेका छन् ।उनले सरकार छिट्टै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारीमा रहेको बताए ।

हरेक परिवर्तनमा प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले कोरोनाकालमा नेपालको सञ्चार क्षेत्रले निभाएको भूमिकाको प्रशंसा गरे । महाधिवेशनलाई उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय, प्रवक्ता डा. प्रकाशशरण महत, बागमती प्रदेश सभापति इन्द्र बानियाँ लगायतले सम्बोधन गरेका छन् । 

झन्डै ८ वर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरु हेटौंडा आइपुगेका छन् । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।

नेपाली कांग्रेसको शुभेच्छक संस्था प्रेस युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षबाट अध्यक्षमा अनिता बिन्दु र संस्थापन इतर पक्षवाट शिव लम्साल उम्मेदवार बन्दैछन् । उद्घाटन सत्रपछि आजै निर्वाचनको प्रक्रिया पनि शुरु हुनेछ । भोलि मतदान हुने र भोलि नै मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

महाधिवेशनमा संस्थापन पक्षवाट बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र संस्थापन इतर समूहबाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन् भने खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन् ।

उता, संस्थापन पक्षबाट महिला उपाध्यक्षमा कल्पना शर्मा र इतर समूहबाट सलोजा दाहालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने महासचिवमा संस्थापन पक्षवाट जगन्नाथ दुलाल  र इतर समूहबाट दिलिप पौडेलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । महासचिवमा खिला कार्कीले पनि उम्मेदवारी घोषणा गरेका छन् । 

संस्थापन पक्षले कोषाध्यक्षमा माधव धिताललाई उम्मेदवार खडा गरेको छ भने उनीसँग रमेश वाग्ले प्रतिस्पर्धामा रहनेछन् । उपमहासचिवमा युवराज गौतम, रविन्द्र सुवेदी, सन्तोष रेग्मी,  केशव साउद लगायतले उम्मेदवारी घोषणा गरेका छन् । महिला उपमहासचिवमा सुलोचना गौतम, कुसुम बिक, दिलिपाश्री अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP