prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल प्रेस युनियनमा को-को बिजयी भए (सुचीसहित)
नेपाल प्रेस युनियनमा को-को बिजयी भए (सुचीसहित)
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन ९, २०७९ बागेश्वरी पोस्ट
नेपाल प्रेस युनियनमा को-को बिजयी भए (सुचीसहित)

 

नेपालगन्ज । नेपाल प्रेस युनियनको ९औं  महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको यहीँ  साउन ६ र ७ गते हेटौंडामा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको अन्तिम मतपरिणाम समेत आइसकेको छ । मतदान पश्चात् सोही ७ गते मध्यरातिदेखि थालिएको मतगणनाको अन्तिम परिणाम ९ गते बिहान मात्र आइपुगेको हो । 

जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवसहित अधिकांश पदमा संस्थापन इतर पक्ष विजयी भएको छ । संस्थापन इतर पक्षका अध्यक्षका उम्मेदवार शिव लम्साल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रेम केसी र महासचिवका उम्मेदवार दिलिप पौडेलसहित अधिकांश पदमा संस्थापन इतर विजयी भएको हो । 

अध्यक्षमा शिवले संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दूलाई पराजित गरेका हुन् । तीन जनाबीच भएको भिडन्तमा शिवले ७४५ मत पाउँदा अनिताले ६१२ तथा भुवन भट्टले मात्र १९ मत पाएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेमले सरोज अधिकारीलाई २० मतले पराजित गरे । प्रेमले ६८५ मत ल्याउँदा सरोजले ६६५ मत ल्याए । 

उपाध्यक्ष खुल्ला दुई जनाका लागि भएको प्रतिस्पर्धामा नकुल अर्याल र भीष्मराज ओझा विजयी भएका छन् । नकुल संस्थापन इतर र भीष्मराज संस्थापनका हुन् । नकुलले ७७५, भीष्मराजले ६४० मत ल्याए । पराजित भएका राममणि दाहालले ५९५ तथा शेखर रेग्मीले ३९५ मत ल्याए । 

उपाध्यक्ष महिलामा संस्थापन इतरकी सलोजा दाहालले संस्थापनकी कल्पना शर्मालाई पराजित गरेकी छिन् । सलोजाले ७२० मत ल्याउँदा कल्पनाले ६१९ मत ल्याइन् । 

उपाध्यक्ष समावेशीमा दिपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष प्रदेश १ बाट डिल्लीराम खतिवडा विजयी हुँदा लवदेव ढुङ्गाना र हेमराज दाहाल पराजित भएका छन् । 

No description available.मधेस प्रदेशबाट अनिल कर्ण, बागमतीबाट डा. मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र उपत्यकाबाट जीवन भण्डारी विजयी भएका छन् । जीवनले ८४२ मत ल्याउँदा निरज खतिवडाले मात्र ४६२ मत ल्याए । 

महासचिवमा दिलिपले जगन्नाथ दुलाललाई पराजित गरेका छन् । दिलिपले ८७८ मत ल्याए । यो महाधिवेशनकै पदाधिकारीमा सर्वाधिक मत हो । जगन्नाथले मात्र ४५१ मत ल्याएका छन् । 

उपमहासचिवमा युवराज गौतम, रविन्द्र सुवेदी र कमल पन्त निर्वाचित भएका छन् । उपमहासचिव महिलामा सुलोचना गौतम र दिलिपाश्री अधिकारी निर्वाचित भएका छन् । उपमहासचिव समावेशीमा अभयकुमार राई निर्वाचित भएका छन् । 

केन्द्रीय सदस्य खुल्ला महिलाबाट निर्वाचित सरिता खनालले यो महाधिवेशनकै सर्वाधिक मत १०२१ मत पाएकी छिन् । १३ सय ९२ मत खसेकामा ६ मत बदर भएको थियो । 

निर्वाचनमा को-को बिजयी बने-
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

 


प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०९:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP