prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेस बाँकेले गर्‍यो जनप्रतिनिधिसंग परामर्श तथा समन्वयात्मक कार्यक्रम
काँग्रेस बाँकेले गर्‍यो जनप्रतिनिधिसंग परामर्श तथा समन्वयात्मक कार्यक्रम
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन १४, २०७९ बागेश्वरी पोस्ट
काँग्रेस बाँकेले गर्‍यो जनप्रतिनिधिसंग परामर्श तथा समन्वयात्मक कार्यक्रम

नेपालगञ्ज । नेपाली काँग्रेस बाँकेले काँग्रेसबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिसंग नेपालगञ्जमा परामर्श तथा समन्वयात्मक कार्यक्रम गरेको छ ।

पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने काँग्रेस नेताहरूले निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको सेवक बनेर काम गर्न निर्देशन दिएका छन् । निर्वाचित जनप्रतिनिधिको भूमिकाबाटै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्ना उम्मेदवारले हार्ने वा जित्ने आधार तय हुने भएकाले जनअपेक्षित कार्य गर्न उनीहरुको निर्देशन थियो । जनप्रतिनिधि र पार्टी बीचको समन्वय र सहकार्यबाटै जनताका आवश्यकता पूरा गर्न सकिने भन्दै उनीहरुले पार्टीसंग सहकार्य र समन्वय गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

त्यसक्रममा जनप्रतिनिधिहरुले आफूहरुले पार्टीको निर्णय तथा सिद्धान्त अनुसार काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले पार्टीसंग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।

No description available.

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, सहमहामन्त्री खगराज पाण्डे, प्रवक्ता प्रचण्ड विक्रम न्यौपाने, प्रदेश सांसद शंकर गिरी, पूर्व सांसद कैलाश नाथ कशौधन गुप्ता, पूर्व पार्टी सभापतिहरु किरण कोइराला र कृष्णमान श्रेष्ठ, क्षेत्रीय सभापतिहरु पोषण केसी र रमेश गुप्ता, महासमिति सदस्य लक्ष्मीनारायण शाह, नेपाल तरुण दलका पूर्व महामन्त्री हुर्मत न्यौपाने, नेपाल महिला संघका अध्यक्ष नारायणी रुपाखेती लगायतले बोलेका थिए ।

यस्तै जनप्रतिनिधिको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकामा नगर प्रमुख पूर्ण प्रसाद आचार्य, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल लगायततले बोलेको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।

पार्टी उपसभापति गोपालप्रसाद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पार्टी सचिव सुधांशु कोइरालाले गरेका थिए । कार्यक्रममा  डिएलएका केन्द्रीय सदस्य अधिवक्ता लोकबहादुर शाहले जनप्रतिनिधि र पार्टी बीचको समन्वय र सहकार्य तथा स्थानीय सरकार, स्थानीय सरकार सञ्चालन ऐन, सुशासन, कानुनी तथा नीतिगत व्यवस्थाका बारेमा प्रस्तुतिकरण गरेका थिए । त्यस क्रममा कार्यक्रममा उपस्थित सबै वडा सभापतिहरुलाई पार्टीको विधान, नियमावली, लेटरप्याड वितरण गरिएको थियो । 
No description available.No description available.


प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP