prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी हित विपरीत क्रियाकलाप गर्नेहरुप्रति निर्मम बन्न जरुरी छ: सभापति पुन
पार्टी हित विपरीत क्रियाकलाप गर्नेहरुप्रति निर्मम बन्न जरुरी छ: सभापति पुन
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन १४, २०७९ बागेश्वरी पोस्ट
पार्टी हित विपरीत क्रियाकलाप गर्नेहरुप्रति निर्मम बन्न जरुरी छ: सभापति पुन

नेपालगञ्ज । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको विधान विपरीत विभिन्न संघसंस्थामा आबद्ध हुने तर पार्टीको कार्यक्रममा नआउनेहरुलाई कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिएका छन् । 

नेपाली कांग्रेस बाँकेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग आज नेपालगञ्जमा आयोजना गरेको परामर्श तथा समन्वयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पुनले पार्टीको विधानलाई चुनौती दिएर पार्टी हित विपरीतका क्रियाकलाप गर्ने नेता कार्यकर्ताविरुद्ध पार्टी निर्मम ढंगले प्रस्तुत हुने बताए । उनले पार्टीलाई विधि विधान अनुसार चलाउँदा कसैले पनि असहयोग गर्न नहुने भन्दै आफ्नै उम्मेदवारलाई हराउन भूमिका खेल्नेप्रति नरम हुन नसकिने स्पष्ट पारे । 

सभापति पुनले कांग्रेसलाई बलियो बनाउने गरी लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले पार्टीका गाउँ, वडा, नगर कमिटीमा समस्या भए अवगत गराउन आग्रह गर्दै समस्या समाधानका लागि भूमिका खेल्ने बताए । सभापति पुनले आग्रह पालेर पार्टी नबन्ने भन्दै सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गरे । 

उनले जनप्रतिनिधिहरुलाई पार्टीसंग समन्वय गरेर अघि बढ्न आग्रह गर्दै जनताको पक्षमा काम गर्न दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिए । उनले संघ र प्रदेशको निर्वाचनमा सत्तारुढ दलहरुसंग चुनावी तालमेल गर्दा कांग्रेसको बहुमत आउने गरी गर्न आफूहरुले केन्द्रीय कार्यसमितिलाई सुझाब दिएको बताए । कांग्रेसको अस्तित्व कमजोर हुने गरी गठबन्धन गर्न नहुने भन्दै उनले आवश्यकता र औचित्यका आधारमा मापदण्ड तय गरिनुपर्ने बताए ।

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष  लगायत जनप्रतिनिधिहरुकाे उल्लेख्य सहभागिता थियाे । पार्टी संगठनलाई संस्थागत, नियमित संचालन गर्न उपस्थित वडा सभापतिहरुलाई पार्टीको बिधान नियमावली, लेटरप्याड र स्थानीय तहकाे घाेषणापत्र समेत हस्तान्तरण गरिएकाे थियाे । कार्यक्रम पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

 


प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP