नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालमै पहिलोपटक लुम्बिनीमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात
नेपालमै पहिलोपटक लुम्बिनीमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन २०, २०७९ बागेश्वरी पोस्ट
नेपालमै पहिलोपटक लुम्बिनीमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात

बुटवल । नेपालमै पहिलोपटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात गरिएको छ ।

लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले बिहीबार बुटवलमै एक कार्यक्रमका बीच उक्त सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गरी औपचारिक रुपमा शुरुवात गरेका छन् ।

त्यस क्रममा उनले सूचना व्यवस्थापन प्रणालीले यस प्रदेशको तथ्यांक व्यवस्थापन कार्यमा सहयोग पुर्याउने बताए । उनले यस खालको तथ्यांक व्यवस्थापनले प्रदेशस्तरबाट बिद्यमान समस्याको पहिचान समेत हुने बताए ।

मन्त्री घर्तीले तथ्यांककै आधारमा कार्यक्रम संचालनका बजेट व्यवस्थापन गर्न र कार्यान्वयन गर्न पनि सम्बन्धित निकायसंग समन्वय सहकार्य गर्न सजिलो हुने धारणा राखिन् । 

उनले अन्य प्रदेशमा पनि यही प्रकारको व्यवस्थापन प्रणाली शुरु हुने आशा व्यक्त गरिन् । “सरसती हेर्दा, स्थानीय, प्रदेश र केन्द्रीय तहको सरकारले बालबालिका, अपांगता, जेष्ठ नागरिको क्षेत्रमा काम गर्नेछ,” मन्त्री घर्तीले भनिन्, “धेरै वर्ष पहिले नै तथ्यांक व्यवस्थापन गर्ने कार्य गर्नुपर्नेमा अलिकति ढिला भएको आफूलाई लागेको छ । यद्यपी सबैको सहकार्यमा यो कार्यलाई द्रुत गतिमा संचालन हुनेछ ।”

पछिल्लो समय मानव बेचबिखनका प्रकारहरु फरक भएको आफूले पाएको मन्त्री घर्तीले वताए । महिला, बालबालिका मात्रै नभएर पुरुषहरु पनि अफ्रिकी मुलकमा बेचिने गरेको कुराहरु सुन्नमा आएको उनले बताइन् ।

बेचबिखन भएर उद्धार भइसकेका महिला, बालकालिकाहरुको संरक्षणका लागि केन्द्र सरकारले बनाएको दुई वटा पुनःस्थापना केन्द्र र केही स्थापना केन्द्रहरुलाई केही सहयोग पुगोस् भन्नका लागि प्रदेश सरकारले एडीबीको सहयोगमा दीर्घकालीन पुनःस्थापना केन्द्र स्थापना गरिन लागेको जानकारी गराए ।

सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव राजेन्द्र थापाले यो प्रणालीले प्रदेश सरकारमार्फत् संचालन हुने लक्षित वर्ग तथा समुदाय हितका कार्यमा सहयोग पुर्याउने बताए ।

कार्यक्रममा प्रदेशका डिआइजी नवल प्रसाद उपाध्यायले बढ्दो विकास क्रमले गर्दा नेपाली प्रहरीमाथि पनि चुनौती थपिँदै गएको बताए । उनले नेपाल प्रहरीले नेपालमा माइती नेपाल लगायतको संघसंस्थाको समन्वय र सहकार्यमा मानव बेचबिखन तथा ओसारपसार कार्य नियन्त्रणमा लिने गरिएको बताए ।

नेपाल सरकारको समन्वयमा युएस एड र युके एडको सहयोगमा विनरक इन्टरनेशनलमार्फत् माइती नेपालद्वारा संचालित हाम्रो सम्मान परियोजनाको प्राविधिक सहयोगमा यस प्रकारको सूचना व्यवस्थापन प्रणाली शुरु गरिएको हो ।

छरिएका तथ्यांकहरुलाई एकीकृत गरी स्थानीय तहदेखि केन्द्र तहसम्म तथ्यांकको वहाव कायम गरी नीति निर्माण तथा कार्यान्वयनमा सहयोग पुर्याउन यो प्रणालीले कार्य गर्ने मन्त्रालयले जनाएको छ ।

माइती नेपालका कार्यकारी निर्देशक बिश्वराम खड्काले यसखालको प्रणालीले समुदायमा रहेको समस्याको अवस्था र त्यसका लागि गर्नुपर्ने कार्यका लागि सहयोग पुर्याउने धारणा राखे । कार्यक्रममा प्रदेश स्तरका मन्त्रालयका प्रतिनिधि तथा बाँके, बर्दिया, रुपेन्देही र कपिलबस्तुका बिभिन्न पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP