prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्या गर्ने बाबुलाई २० र छोरीलाई १० बर्ष जेल सजाय
दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्या गर्ने बाबुलाई २० र छोरीलाई १० बर्ष जेल सजाय
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २३, २०७६ बागेश्वरी पोस्ट
दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्या गर्ने बाबुलाई २० र छोरीलाई १० बर्ष जेल सजाय
फाइल फोटो

तुलसीपुर( दाङ )।दाङ तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठ र घोराहीका युवा रणबहादुर घर्तीको अपहरण तथा हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेकामध्ये बाबु-छोरीसहित आठ जना कारागार चलान भएका छन्।

paribartan 1

जिल्ला अदालत सल्यानले अपहरण तथा हत्या काण्डमा संलग्नलाई ९ वर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको हो। पक्राउ परेकामध्ये तीन जनालाई अदालतले सफाइ दिएको छ। घटना भएको साढे दुई वर्षपछि जिल्ला न्यायाधीश कुलप्रसाद केसीको इजलासले घटनाका मुख्य योजनाकार तुलसीपुर उपमहानगरपालिका ६ स्याउलीबजारका ३९ वर्षीय टीकाराम घर्तीलाई २० वर्ष कैदको फैसला सुनाएको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा दश–दश वर्ष गरी २० वर्ष जेल सजाय र ५० हजार जरिवानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार दीपक पोखरेलले जानकारी दिए। व्यापारी श्रेष्ठलाई अपहरण गर्न ‘हनी ट्रयाप’को रूपमा प्रयोग गरिएकी घर्तीकी छोरी १८ वर्षीया किशोरी पूजा घर्तीलाई अपहरण मुद्दामा दश वर्ष कैद सजाय तोकेको छ।

पूजालाई ५० हजार जरिवानाको फैसला समेत सुनाइएको जिल्ला अदालतका स्रेस्तेदार पोखरेलले बताए। छोरी पूजालाई प्रयोग गरी घर्तीले व्यापारीलाई जंगलमा लगेर बन्धक बनाएको र मारेको अभियोग प्रहरीले लगाएको थियो। तत्कालीन दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहसहितको प्रहरीको अनुसन्धान टोलीले व्यापारी श्रेष्ठ अपहरण र हत्या काण्ड घटनामा मुख्य योजनाकारसहित १४ जना संलग्न भएको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो। तीमध्ये ११ जनामात्रै हालसम्म पक्राउ परेका छन्। बाँकी तीन जना फरार सूचीमा छन्। व्यवसायी श्रेष्ठलाई २०७४ साल जेठ २६ गते तुलसीपुरबाट अपहरण गरी सल्यान पुर्‍याइएको थियो।

अपहरणको तीन दिनपछि जेठ २९ गते नै श्रेष्ठको हत्या भए पनि शव भने २२ दिनपछि मात्रै फेला परेको थियो। शव सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ४ झिम्पेको ओढारमा फेला परेको हुँदा मुद्दा पनि जिल्ला अदालत सल्यानले हेरेको थियो। तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै दाङ घोराहीका अर्का युवा रणबहादुर घर्तीको पनि हत्या भएको थियो। तत्कालीन समयमा पोल खुल्ने त्रासले उनको हत्या गरिएको एसपी धिरजप्रताप सिंहले बताएका थिए। ‘श्रेष्ठलाई अपहरण गर्ने अपहरणकारीले घर्तीलाई अपहरण र हत्या गर्ने कुनै पूर्वयोजना नै नबनाएको खुल्न आएको छ,’ तत्कालीन एसपी सिंहले भनेका थिए ‘यात्राका क्रममा संयोगवस अचानक घटनास्थलमा घर्ती पुगेपछि गोपनियता खुल्ने त्रासले उनलाई पनि श्रेष्ठका अपहरणकारीले सँगसँगै लगेको देखिन आएको छ।’ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का तत्कालीन एसपी दिवेश लोहनीले पनि सोही कुरा बताएका थिए।

यसरी अपहरणमा परेका थिए घर्ती!

‘दाङबाट आउँदै गरेका राजकुमार श्रेष्ठको कारलाई अपहरणकारीले ढुकेर बसेका बेला व्यापारको सिलसिलामा रुकुम जाँदै गरेका रणबहादुर घर्ती एक्कासी त्यहाँ पुगे,’ एसपी लोहनीले भनेका थिए, ‘अपहरणकारीलाई घर्तीले चिनेका रहेछन्, त्यही चिनजानका कारण पोल खुल्ने त्रासले घर्ती पनि अपहरणमा परेको खुलेको छ।

नचिनेको भए घर्ती बच्न पनि सक्थे।’ २०७४ जेठ २६ गते साँझ साढे ६ बजेतिर तुलसीपुरबाट ‘हनी ट्रयापर’को रुपमा पूजालाई प्रयोग गरी घर्तीको अपहरण भएको थियो। सोही समयमा घोराहीका युवा व्यापारी रणबहादुर घर्ती रूकुममा काम गरिरहेको डोजरको रकम संकलन गर्न तथा अन्य व्यापारिक कामका लागि त्यता जाँदै थिए। उनी भारतीय नम्बर प्लेटको गाडी चढेर त्यता गइरहेका थिए। साँझ ८ बज्दै गर्दा सल्यानको कपुरकोट बजारभन्दा झन्डै ४ किलोमिटर पर जंगल पुग्नेबित्तिकै घर्ती चढेको कारलाई अपहरणकारीको एउटा समूहले बीचमा रोक्यो। त्यो कार राजकुमार श्रेष्ठको ठानेर अपहरणकारीले रोकका थिए। ‘कार रोक्नेमध्ये एकजनालाई घर्तीले सोल्टी मलाई चिन्नुभएन, भन्दै परिचय दिए, त्यसपछि पोल खुल्ने त्रासले उनलाई सो समूहले अपहरण गरेको अनुसन्धानमा खुलेको छ,’ तत्कालीन समयमा एसपी सिंहले भनेका थिए।

ती अपहरणकारीले घर्ती सवार कारमा सँगै रहेका दुई भारतीय नागरिकलाई भने छाडेका थिए। घर्तीको शव तुलसीपुरका श्रेष्ठको शव फेला परेकै जंगलमा २८ दिनपछि फेला परेको थियो। सुरूमा प्रहरीले हत्या गरिएका घर्तीलाई पनि श्रेष्ठको अपहरणमा संलग्न रहेको हुन सक्ने आशंका गरेको थियो।सेतोपाटीबाट साभार।


प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १५:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको मृत्यु
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण र अनुगमन
राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण र अनुगमन
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP