prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस–माओवादीले पेलेको भन्दै नेकपा एस एमालेतिर नजिकिँदै, ओली–पोखरेलका कारण समस्या
कांग्रेस–माओवादीले पेलेको भन्दै नेकपा एस एमालेतिर नजिकिँदै, ओली–पोखरेलका कारण समस्या
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन २३, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस–माओवादीले पेलेको भन्दै नेकपा एस एमालेतिर नजिकिँदै, ओली–पोखरेलका कारण समस्या

नेपालगन्ज । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले पेलेको भन्दै नेकपा एकीकृत समाजवादी समाजवादी (एस) का नेताहरु एमालेतिर नरम देखिए पनि एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका अनुयायी महासचिव शंकर पोखरेल कडा हुँदा समस्या उत्पन्न भएको छ । 

पछिल्लो पटक एस पार्टीका नेताहरुले एमालेलाई धेरै गाली गर्न हुन्न भन्दै नरम बन्न थाले पनि एमाले अध्यक्ष ओलीले एसका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुलाई गाली गर्न नछाडेका कारण समस्या उत्पन्न भएको हो ।

‘एमालेसँग नरम हुने हो तर ओलीले गाली गर्न छाडेका छैनन्, अध्यक्षमा सुधार आउने देखिएको छैन’, एस पार्टीका एक सचिवालय सदस्यले भने । उनका अनुसार यतिबेला माओवादीले समाजवादी केन्द्र बनाउने भनेर कांग्रेससँग बार्गेनिङ गरिरहेको र त्यसमा एस पार्टीलाई अलग राख्ने गरी प्याकेजमा सीट बाँडफाँड गर्ने नीति लिएपछि एस पार्टीका नेता कार्यकर्ताहरु एमालेतिरै फर्कने सोच बनाउन थालेका छन् । केपी ओलीले कमजोर मनस्थितिसहित आमनिर्वाचनमा गठबन्धन गर्ने निर्णयमा पुगेका सत्तारूढ गठबन्धनमा रहेका दलहरू सबै पराजित हुने दाबी गर्दै पराजित मनस्थितिमा पुगेकै कारण गठबन्धनमा रहेका दलहरूले दिनमै तीन थरी कुरा गर्ने गरेको आरोप लगाएका थिए  । त्यसमा पनि माओवादी र माधव नेपालहरु कांग्रेसको पुच्छर भएको आरोप लगाएर अपमानित गरेका थिए ।

‘डुब्न लाग्यो भने त्यान्द्रो समाउँछ रे । त्यान्द्रो समाएर पनि बाँच्न खोज्छ । त्यसले बचाउँछ कि बचाउँदैन, एउटा कुरा हो । सबै डुब्न लागेका तलाउमा परेपछि एउटाले अर्कोलाई यसो निकाल्दिए त हुन्थ्यो । जसरी हामीले माओवादीलाई निकाल्दिएका थियौँ, डुबिएला भनेर एउटाले अर्कोको र अर्कोले अर्कोलाई समातेको छ, सबै डुब्न बेर छैन ,’ ओलीले भन्ने गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले अर्को मोर्चा बनाउन नसक्ने धारणा पनि राख्ने गरेका छन् । गठबन्धनमा रहेका दलमा अस्थिर र एकले अर्कालाई धम्क्याउनु पराजित मानसिकताको उपज भएको पनि ओलीको धारणा छ ।

‘बिहान भन्छ–हामीलाई हेपियो भने अर्कै मोर्चा बनाउन सक्छौँ । दिउँसो मोर्चा त कायमै राख्नुपर्छ भन्छन् । बेलुका चुनावपछिसम्मै गठबन्धन कायम राख्नुपर्छ भनेर भन्छन्,’ ओलीले भने  ‘यस्ता अस्थिर पात्र बोकेर कांग्रेस आफैं बिग्रने बाटोमा लागेको छ ।’

एमालेका केही शीर्ष नेताहरुले एस पार्टीका नेताहरुसँग सम्बन्ध सम्पर्क बढाइरहेका छन् । तर अध्यक्ष ओली र महासचिव पोखरेलले माधव नेपाललाई लगातार गाली गर्न थालेपछि एमालेभित्र पनि त्यसको आलोचना भैरहेको छ । 

उनीहरुले प्रचण्ड र माधवलाई ल्याएर वाम एकता गर्न अहिले सम्भव नरहेको बताउन थालेका छन् । आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिने र एमालेविरूद्ध सबैभन्दा बढी मोर्चाबन्दी गरेका पार्टीसँग मिलेर वाम एकता हुन नसक्ने दुवैले बताएका थिए । 

जसले गर्दा एमालेभित्र पनि यो विषयमा दुई धारमा विभाजित भएका छन् । एमालेका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली लगायतका नेताहरुले एस पार्टीका सम्मानित नेता झलनाथ खनालसँग निरन्तर सम्पर्क गरिरहेको स्रोतको दाबी छ ।

‘एमालेसँग कुराकानी हुनु नौलो भएन लामो सयम सहकार्य गरेका नेताहरु भेटघाट हुनु स्वाभाविक हो’, झलनाथ निकट एक नेताले भने । यसैगरी एस पार्टीका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले एमाले बाहेक वाम गठबन्धन बनाउने र समाजवादी केन्द्र बनाउने प्रस्तावको विपक्षमा उभिएका थिए । हाम्राकुराबाट

 


प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP