नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दाङमा भएको सवारी दुर्घटनामा ९५ जनाको मृत्यु
दाङमा भएको सवारी दुर्घटनामा ९५ जनाको मृत्यु
०७८/०७९ मा २०३ सवारी दुर्घटनामा ९५ जनाको मृत्यु
बागेश्वरी पोस्ट
बुधबार, भदौ १, २०७९ बागेश्वरी पोस्ट
दाङमा भएको सवारी दुर्घटनामा ९५ जनाको मृत्यु
फाइल फोटो

नेपालगन्ज ।  गत वर्ष कात्तिक २२ गते दाङ, तुलसीपुरबाट सल्यान, कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका ४ श्रीखोलामा दुर्घटनामा पर्‍यो।

चार जनाको घटनास्थलमै मृत्यु भयो। आठ जना गम्भीर घाइते भए। मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका ३ का एकै गाउँका थिए। गत असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा३प २९१२ नम्बरको मोटरसाइकलले घोराही उपमहानगरपालिका ७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दियो।

साइकल चालक सोही ठाउँका १६ वर्षीय रितेश केसी र मोटरसाइकलमा सवार घोराही ७ कै ४४ वर्षीया गंगा कुँवरको घटनास्थलमै मृत्यु भयो। मोटरसाइकल चालक र अन्य दुई जना साइकल गम्भीर घाइते भए।

यी दुइवटै दुर्घटना प्रहरीको गहन अनुसन्धानले जीप दुर्घटनाको मुख्य कारण यान्त्रिक गडबडी र चालकको कमजोरी बतायो। मोटरसाइकलले ठक्कर दिनुको कारण मापसे गरी तीव्र गति सवारी चलाउनु रहेको देखिएको छ।

यी उदाहरण मात्र हुन्। जिल्लामा हुने सवारी दुर्घटनाका कारण यतिखेर नागरिकले अकालमै ज्यान गुमाउन पुगेका छन्। अब यस्ता दुर्घटना नदोहोरिन दिन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नागरिकसँग समन्वयन गर्न चासो दिन थालेको छ। सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ। यहाँका बजारमा ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको छ।

सडक वारपार गर्ने पैदलयात्रुलाई सचेतना कार्यक्रम गरेको छ। चालकका लागि निःशुल्क चेकजाँच, बजारमा जेब्रा क्रसिङ समेत बनाएको छ। तर पनि जिल्लामा सवारी दुर्घटनाका घटना दिनहुँजसो भइरहेका छन्। दाङमा गएको आर्थिक वर्ष २०७८/०७९ मा दुई सय तीन सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी हवल्दार काशीनाथ चौधरीले उपलब्ध गराएको तथ्यांकअनुसार ती दुर्घटनामा परी एक सय ९५ गम्भीर घाइते भएका छन्। दुई सय ८२ सवारी साधन संलग्न छन्।

तीमध्ये सबैभन्दा बढी दुर्घटना हुने मोटरसाइकल एक सय ३८, बस २७, ट्र्याक्टर १६, जीप तथा कार ३२ छन्। त्यस्तै टेम्पो तथा अटोरिक्सा १८, ट्रक १७, टिपर १२, माइक्रोबस दुई, साइकल १९, डोजर १२ वटा छन्।

अनुसन्धानअनुसार सबभन्दा बढी तीव्र गतिबाट एक सय ४४, मादक पदार्थ सेवन गरेर चलाउँदा २३, चालकको लापरबाही बाट १५, यात्रुको गल्ती ४, सडकको अवस्थाका कारण ३, यान्त्रिक गडबडी ७, उछिन्दा ३, मौसमका कारण एक दुर्घटना भएका छन्।आर्थिक वर्ष २०७७/०७८ मा २७९ वटा दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो।

सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सल्लाहकार एवं समाजसेवी विमल रिजाल दुर्घटना न्यूनीकरणका लागि चालक गम्भीर बन्नुपर्ने बताउँछन्। चालकको लापरबाहीकै कारण धेरै दुर्घटना हुने भन्दै उनीहरूलाई संवेदनशील हुन उनले आग्रह गरे।

बाटोको अवस्थाबारे चालक जानकार नहुने, तीव्र गतिमा चलाउने र आफ्ना सवारीको अवस्था चुस्त(दुरुस्त नराख्ने लगायत कारण पनि दुर्घटना बढेको उनले बताए।

त्यसैगरी ज्येष्ठ नागरिकका अध्यक्ष खुमानन्द अधिकारीले दुर्घटना न्यूनीकरणका लागि चालक, ट्राफिक प्रहरी र स्वयं गाडीधनी एकजुट हुनुपर्ने बताए। सवारी ऐन कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही गर्नुपर्ने भन्दै उनले चालकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव दिए।

अधिकारीले दुर्घटना पीडित संगठित भएर सचेतना अभियान फैलाउनुपर्ने पनि बताए। दुर्घटनाको पीडा स्वयं पीडितलाई थाहा हुने भन्दै पीडित संगठन बनाएर सचेतना अभियान थाल्दा थप प्रभावकारी हुने उनको भनाइ छ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक झवीन्द्र परियारले तीव्र गतीमा गाडी चलाउनु, सवारी साधन चुस्त-दुरुस्त नराख्नु, सडकको अवस्थाबारे जानकारी नलिनु, मापसे लगायत कारण दुर्घटना बढेको बताए।

सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा चालक तथा सहचालकलाई प्रशिक्षण तथा विद्यालयमा सचेतनामूलक कार्यक्रम पनि गरिरहेको उनले जानकारी दिए।

एक वर्षमा दुई करोड ६३ लाख राजस्व संकलन

ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा ट्राफिक नियम पालना नगर्ने ४२ हजार चार सय तीन वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ।

कारबाही गर्दा दुई करोड ६३ लाख ४३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। सबभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक छन्। सो अवधिमा १५ हजार ९६ मोटरसाइकल कारबाहीमा परेका छन्। रासस।


प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP