prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मंसिर ४ को निर्वाचन कांग्रेसको अर्जुनदृष्टि: सभापति गौडेल
मंसिर ४ को निर्वाचन कांग्रेसको अर्जुनदृष्टि: सभापति गौडेल
banijya office RSG-2
'एक्लै चुनाव लड्न सक्षम छौं, केन्द्रलाई पनि यो सन्देश दिएका छौं'
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १०, २०७९ बागेश्वरी पोस्ट
मंसिर ४ को निर्वाचन कांग्रेसको अर्जुनदृष्टि: सभापति गौडेल

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले मंसिर ४ को निर्वाचनलाई अर्जुनदृष्टि बनाएर पार्टी अगाडि बढिरहेको बताएका छन् । 

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा सभापति गौडेलेले नेपाली कांग्रेस बाँके एक्लै चुनाव लड्न सक्षम रहेको बताए । उनले भने-'हामी एक्लै चुनाव लड्न सक्षम छौं, संघका ३ र प्रदेशका ६ निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै जीत हासिल गर्न सक्ने अवस्थामा छ तर केन्द्रले सत्तारुढ दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय कार्यान्वयनका लागि निर्देश गरे हामी त्यसमा पनि प्रतिबद्ध हुनेछौं ।" उनले बाँकेमा एक्लै चुनाव लड्ने सन्देश केन्द्रीय नेतृत्वलाई दिइसकेको समेत बताए । 

सभापति गौडेलले स्थानीय चुनावमा हासिल गरेको उपलब्धि अभूतपूर्व रहेको बताउँदै आउने चुनावमा पनि यस्तै सुखद नतिजा हात पार्ने अभियानमा अर्जुनदृष्टिका साथ लागेको बताए । गौडेलले पार्टीले आजदेखि सुरु गरेको निर्वाचन लक्षित 'जनताको साथमा कांग्रेस' अभियानलाई सार्थक बनाउन कांग्रेस बाँके दृढ भएर लाग्ने बताए । उनले बाँकेका पत्रकारहरुले तटस्थ र निष्पक्ष समाचार सम्प्रेषण गरेर स्वस्थ पत्रकारिताको अभ्यास गरिरहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे । त्यस अवसरमा कान्तिपुर टेलिभिजनको वरिष्ठ उपसम्पादकमा बढुवा भएका वरिष्ठ पत्रकार जे. पाण्डेलाई सभापति गौडेलले खादा ओढाएर सम्मान गरेका थिए । उपस्थित सबै पत्रकारहरुलाई सभापति गौडेलले डायरी र कलम प्रदान गरेका थिए ।

पत्रकार भेटघाट कार्यक्रममा प्रदेश कमिटी सदस्य प्रमेश्वरी पाठक, तरुण दलका पूर्व महासचिव एवम् कांग्रेस नेता हुर्मत न्यौपाने, कांग्रेस बाँकेका उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्णबहादुर कार्की, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोदकुमार थारु, प्रवक्ता डिल्ली गिरी, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी लगायत उपस्थित थिए । 

May be an image of 6 people, people sitting and people standingMay be an image of 10 people and people sittingMay be an image of 11 people, people sitting and people standingMay be an image of 8 people, people sitting and people standing


प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP