नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपाको बैठकमा प्रदेशको सीमाङ्कन हेरफेरको कुरा उठ्यो !
नेकपाको बैठकमा प्रदेशको सीमाङ्कन हेरफेरको कुरा उठ्यो !
RSG-2
पर्सा, बारा र रौतहटलाई प्रदेश ३मा , बाँके बर्दियालाई कर्णालीमा
बागेश्वरी पोस्ट
बुधबार, पुस २३, २०७६ बागेश्वरी पोस्ट
नेकपाको बैठकमा प्रदेशको सीमाङ्कन हेरफेरको कुरा उठ्यो !

काठमाडौं । प्रदेश नम्बर ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने पार्टी सचिवालयको निर्णय जसरी पनि कार्यान्वयन गराउन पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समेतको सहभागितामा छलफल गर्नका लागि भन्दै प्रदेश नम्बर ३ कमिटी अध्यक्षसहितका नेकपा नेता तथा प्रदेशका प्रभावशाली सांसदहरूको टोलीलाई बालुवाटार बोलाइएको थियो ।

प्रदेश कमिटीका तर्फबाट ईञ्चार्ज अष्टलक्ष्मी शाक्य, सह–इञ्चार्जद्वय काशिनाथ अधिकारी र हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल एवं प्रभावशाली सांसदहरू राजेन्द्र पाण्डे, दीपक निरौला, पशुपति चौलागाईंलगायत बालुवाटार पुगेका थिए ।

अध्यक्षद्वयले प्रदेशका नेता तथा सांसदहरूलाई सचिवालयको निर्णय जसरी पनि कार्यान्वयन गर्न निर्देशन दिए । ईञ्चार्ज अष्टलक्ष्मी शाक्य तथा सांसदद्वय पाण्डे र चौलागाईंले सामान्य असन्तुष्टि जनाएपनि निष्कर्ष बाग्मती र हेटौंडाकै पक्षमा निस्कियो ।

बरु सीमाङ्कन हेरफेरको प्रस्ताव अध्यक्ष प्रचण्डले राखेको बैठकमा सहभागी एक नेताले भने । प्रचण्डले नामै तोकेर प्रदेश २ र ३ का ३/३ जिल्ला साटफेर हुनसक्ने बताए । दुवै अध्यक्षको यही आशय थियो, तर कुरा भने अध्यक्ष प्रचण्डले राख्नुभयो, ती नेताले भने, प्रदेश २ का पर्सा, बारा र रौतहटलाई प्रदेश ३ तथा प्रदेश ३ का दोलखा, रामेछाप र सिन्धुलीलाई प्रदेश २ मा मिसाउन सकिने कुरा भयो ।

प्रदेश ५ का बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने प्रस्ताव पनि अध्यक्ष प्रचण्डले राखे । यसो गर्ने हो भने ७ मध्ये ६ वटा प्रदेश (प्रदेश ५ बाहेक) को सीमा उत्तर–दक्षिण जोडिनेछ ।

सीमाङ्कन हेरफेर गर्दा प्रदेश २ को राजनीतिक शक्ति सन्तुलन मिल्ने र अस्थीरताको खतरा नरहने उनको संकेत थियो । सोही कारण पनि हेटौंटा राजधानी राख्ने निर्णयको रणनीतिक महत्त्व पुष्टि हुने अध्यक्ष प्रचण्डले बैठकमा बताए ।

पर्सा, बारा र रौतहटलाई मिसाउँदा हेटौंडा राजधानी बीचमा पर्न जान्छ ।

सजिलो छैन सीमा चलाउन
नेकपाभित्र प्रदेशको सीमाङ्कनका विषयमा शुरू भएको नयाँ बहसले सार्थकता पाउन त्यति सजिलो भने छैन, यसका लागि संविधान नै संशोधन गर्नुपर्ने हुन्छ ।

नेपालको संविधान– २०७२ को अनुसूची ४ मा प्रदेशको सीमाङ्कनका विषयमा जिल्ला नै तोकेर स्पष्टरूपमा उल्लेख गरिएको छ ।

प्रदेश २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश ३ मा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं रहने उक्त अनुसूचीमा उल्लेख छ ।

यसैगरी प्रदेश ५ मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दिया तथा साविक प्रदेश ६ (कर्णाली) मा रुकुप (पश्चिम भाग), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत रहने संविधानको अनुसूची ४ मा उल्लेख गरिएको छ ।

यसलाई संशोधन गर्नका लागि संसद्मा दुई तिहाइ बहुमत चाहिन्छ, जुन नेकपा एक्लैले सम्भव छैन ।

त्यसमाथि सीमाङ्कन हेरफेरका विषयमा संविधान संशोधन गर्न सम्बन्धित प्रदेश सभामको पनि स्वीकृति चाहिन्छ ।

प्रतिनिधि सभामा नेकपासँग १ सय ७४ सांसद् छन् ।

यस्तै कांग्रेसका ६३, राजपा र समाजवादीका समान १७ तथा नेमकिपा, राप्रपा, राजमो र एक स्वतन्त्र गरी स्वतन्त्र हैसियतका ४ सांसद छन् ।

यसमध्ये नेकपा, कांग्रेस र राजपाका १/१ सांसद क्रमशस् कृष्णबहादुर महरा, आफ्ताब आलम र रेशम चौधरी जेलमा छन् भने समाजवादी पार्टीका हरिनारायण रौनियार निलम्बित अवस्थामा छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १८४ सांसद चाहिन्छ । नेकपालाई कम्तिमा पनि १० जना सांसद अपुग हुने देखिन्छ ।

कांग्रेस, राजपा वा समाजवादी पार्टीमध्ये कुनै एकको साथ नपाउँदासम्म गणितीय रूपमा त्यो सम्भावना देखिँदैन । प्रदेश २ का जिल्लाहरूको समेत विषय भएकाले मधेशी दलले समर्थन गर्ने सम्भावना नगण्य छ ।

तर, अर्थपूर्ण कुरा के छ भने यो प्रस्ताव सचिवालय बैठकमा राख्नुभन्दा अघिल्लो दिन सोमबार प्रचण्डले कांग्रेस सभापति देउवासँग बुढानीलकण्ठमै पुगेर भेटेका थिए ।

भेटमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा १० महिनादेखि पदाधिकारी नियुक्तिका विषयमा मुख्यरूपमा छलफल भएको थियो ।

त्यहाँबाट फर्किएपछि प्रचण्डले यस्तो प्रस्ताव राख्नु संयोग मात्र हो कि देउवाको पनि मौन सहमति छ, त्यो भने भावी दिनले नै देखाउला ।


प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP