नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले नर्भस भइसक्यो, बाहिर चाहिँ फुर्ती लगाउँदैछः गिरी
एमाले नर्भस भइसक्यो, बाहिर चाहिँ फुर्ती लगाउँदैछः गिरी
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १२, २०७९ बागेश्वरी पोस्ट
एमाले नर्भस भइसक्यो, बाहिर चाहिँ फुर्ती लगाउँदैछः गिरी

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले एमाले भित्रभित्रै नर्भस भएपनि बाहिर फुर्ती लगाइरहेको बताएका छन् । नेपाली कांग्रेसले सुरु गरेको चुनाव लक्षित 'जनताको साथमा कांग्रेस' अभियानको आज बाँकेमा उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहेका गिरीले सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुने भएपछि एमाले भित्रभित्र नर्भस भइसकेको बताए । उनले भने-"एमाले नर्भस भइसकेको छ, तर, बाहिर बाहिर भने हामी जित्छौं भन्ने फुर्ती लगाइरहेको छ ।"

बाँकेमा केन्द्रीय प्रतिनिधि भएर खटिएका गिरीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्थानीय चुनावमा जस्तै सफलता हासिल गर्न सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गरे । उनले आपसी मनमुटाव त्यागेर निर्वाचन केन्द्रित गतिविधिमा लक्षित हुन निर्देशन दिए । "केही चिसोपन छ भने त्यागौं, मनमुटाव अन्त्य गर्नुस्, पार्टीको चुनावका केही तुष छन् भने हटाउनुस्," गिरीले भने-"अवको अर्जुनदृष्टि भनेको मंसिर ४ को निर्वाचन हुनुपर्छ ।"

उनले कांग्रेससहित सत्तारुढ दलहरु चुनावी गठबन्धनको बाटोमा अगाडि बढिसकेकाले अब पार्टी निर्णयलाई स्विकार गरेर जानुको विकल्प नभएको बताए । उनले कांग्रेसले ९० सिटसम्म पाउने अवस्था देखिएको भन्दै १६५ सिटमा एक्लै लड्ने सामथ्र्य भएको पार्टीमा नेताहरुको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । स्थानीय चुनावको नतिजाका आधारमा पनि बाँकेमा कांग्रेसले संघको दुई वटा क्षेत्र पाउनुपर्ने अवस्था रहेको भन्दै उनले तीन वटै क्षेत्रमा कांग्रेस अगाडि रहेको यथार्थ चित्रण गरे ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश उपसभापति एवम् प्रदेश प्रतिनिधि राजु खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् प्रदेश प्रतिनिधि रिना नेपाल विक, नेपाली कांग्रेस बाँकेका पूर्व सभापति गजेन्द्र हमाल, निवर्तमान सभापति किरण कोइराला, पूर्व सचिवद्वय तप्त पौडेल र कपिलदेव शर्मा, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, २ का सभापति रमेशकुमार गुप्ता, क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ लगायतले बोलेका थिए ।

कार्यक्रममा उपसभापति कृष्णबहादुर कार्कीले जनताको साथमा कांग्रेस अभियानको उद्देश्यमाथि प्रकाश पारेका थिए । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

नेपाली कांग्रेसले भदौ १० गतेदेखि शुरु गरेको यो अभियान २४ गतेसम्म चल्नेछ । बाँकेमा केन्द्रले गिरीलाई केन्द्रीय प्रतिनिधि खटाएको छ । यस्तै लुम्बिनी प्रदेश कमिटीले ६ वटै निर्वाचन क्षेत्रमा प्रदेश प्रतिनिधि र जिल्ला कार्यसमितिले पनि ८ वटै पालिकामा प्रतिनिधि खटाएको छ । 

No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP