नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा उम्मेदवार सिफारिसको चटारो, बाँकेमा आकांक्षीको लर्को
कांग्रेसमा उम्मेदवार सिफारिसको चटारो, बाँकेमा आकांक्षीको लर्को
बागेश्वरी पोस्ट
मंगलबार, भदौ १४, २०७९ बागेश्वरी पोस्ट
कांग्रेसमा उम्मेदवार सिफारिसको चटारो, बाँकेमा आकांक्षीको लर्को

नेपालगञ्ज । नेपाली कांग्रेस अहिले उम्मेदवार सिफारिसमा जुटेको छ । केन्द्रीय कार्यसमितिले तल्ला कमिटीलाई उम्मेदवारहरुको नाम सिफारिस गरेर पठाउन परिपत्र परेपछि बाँकेमा पनि उम्मेदवार सिफारिसको चटारो छ । उम्मेदवार छनौटको मापदण्ड पठाएर पार्टीले तल्ला कमिटीहरुलाई परिपत्र गरेपछि उम्मेदवार सिफारिसको चटारो परेको हो ।

समय निर्धारण गरेर पठाइएको परिपत्र अनुसार प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरुले आज प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नाम पठाउनुपर्नेछ । योग्यता पुगेका व्यक्तिहरु मध्येबाट प्रत्यक्षतर्फ बढीमा तीन जना र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखी कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम पठाउन परिपत्र गरिएको छ । महामन्त्री गगन कुमार थापाद्वारा हस्ताक्षरित परिपत्रमा २०७४ मा समानुपातिकतर्फ निर्वाचित व्यक्तिहरुको नाम नपठाउन भनिएको छ ।

प्रदेशसभा सदस्यका लागि नाम सिफारिस गर्दा प्रदेशसभा क्षेत्रीय कार्यसमिति र त्यस प्रदेशसभा क्षेत्रभित्र रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको संयुक्त बैठक बस्नुपर्ने हुन्छ । नाम सिफारिस गर्ने बैठकमा सहमति हुन सकेमा सहमतिबाट र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्न भनिएको छ ।

प्रदेशसभामा आकांक्षा राख्नेहरुको संख्या ठूलो भएपछि प्रदेश कार्यसमितिहरु अप्ठेरोमा परेका छन् । मापदण्ड अनुसार नाम पठाउन नसक्ने अवस्था आएपछि उनीहरु के गर्ने भन्ने अन्यौलमा समेत देखिन्छन् । ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बाँकेमा हिजो नै आकांक्षीहरुबाट निवेदन माग गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्षमा आधा दर्जन बढीले आकांक्षा राख्दा समानुपातिकमा दुई दर्जनदेखि झण्डै चार दर्जनले इच्छा व्यक्त गरेका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ 'ख' का समापति जितेन्द्र बहादुर हमालले प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ४३ जनाले निवेदन बुझाएको बताए । उनले आज प्रदेश कार्यसमितिको वैठक बसेर प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नाम बुझाउने बताए ।

प्रदेशले बुझाएको नाम प्रतिनिधिसभा कार्यसमितिले रायसहित यही १६ गते जिल्लालाई बुझाउनेछ । जिल्लाले रायसहित १८ गते प्रदेश कार्यसमिति र प्रदेश कार्यसमितिले पनि रायसहित २० गते केन्द्रमा नाम सिफारिस गर्नेछ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पनि प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकका उम्मेदवारहरुको नाम १६ गते जिल्ला कार्यसमितिलाई सिफारिस गर्नेछ । त्यस क्षेत्रभित्र रहेका महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरुको संयुक्त बैठकबाट नाम सिफरिस गर्नुपर्ने हुन्छ । जिल्ला कार्यसमितिले रायसहित प्रदेशलाई र प्रदेशले केन्द्रलाई नाम बुझाउनेछ ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले केन्द्रीय परिपत्र अनुसार जिल्लाले तीन वटै प्रतिनिधिसभा कार्यसमिति र ६ वटै प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई उम्मेदवारहरुको नाम पठाउन पत्राचार गरेको बताए । उनले निर्धारित मितिमै आएका नामहरु उपर आफ्नो रायसहित जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिलाई नामहरु सिफारिस गर्ने जानकारी दिए । 


प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP