Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रजातान्त्रिक विचार समाज बाँकेको अध्यक्षमा पुन: डा. सुवेदी
प्रजातान्त्रिक विचार समाज बाँकेको अध्यक्षमा पुन: डा. सुवेदी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ १८, २०७९ बागेश्वरी पोस्ट
प्रजातान्त्रिक विचार समाज बाँकेको अध्यक्षमा पुन: डा. सुवेदी

नेपालगन्ज । प्रजातान्त्रिक विचार समाज बाँकेको अध्यक्षमा पुनः डा. राजकुमार सुवेदी निर्वाचित भएका छन् । 

प्रजातान्त्रिक विचार समाजको आज नेपालगन्जमा भएको साधारणसभा तथा जिल्ला अधिवेशनले डा. सुवेदीको अध्यक्षतामा तीन वर्षीय कार्यकालका लागि जिल्ला नेतृत्व निर्वाचित गरेको हो । 

समितिको उपाध्यक्षमा दोर्णबहादुर ओली, सचिवमा चित्रबहादुर शाही, सहसचिवमा प्रियास्मृति ढकाल र कोषाध्यक्षमा यशोदा उपाध्याय निर्वाचित भएका छन् । 

यस्तै सदस्यहरुमा शुक्रऋषि चौलागाई, मधु पौडेल, ऋषि शर्मा,   राम एकपाल मण्डल, अस्मिता शाह, मोहनजंग शाह, अर्बिन्द्रदत्त मिश्र, डा. राजेश केशर खनाल, अयूब सिद्दिकी र टेकेन्द्र महतरा रहेका छन् ।

त्यसअघि सम्पन्न उद्घाटन सत्रमा नेपालमा संघियताको प्रयोग, असर र चुनौतीहरु विषयक विचार गोष्ठीमा बोल्ने बक्ताहरुले संघियता कार्यान्वयन चुनौतीपूर्ण बन्दा यसप्रति जनतामा वितृष्णा बढ्न थालेकोप्रति राजनीतिक दलहरु सजग हुनुपर्ने बताएका थिए । संघियता आफैंमा ठीक वा वेठीक भन्दा पनि यसको प्रयोग महत्वपूर्ण पक्ष रहेको बक्ताहरुको भनाई छ । अधिकांश बक्ताहरुले संघियता शक्ति र अधिकार बाँडफाँडको उच्चतम् अभ्यास भएको चर्चा गर्दै सफल कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

No description available.

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवम् समाजका कार्यसमिति सदस्य शुक्रऋषि चौलागाईले संघियताको प्रयोग, असर र चुनौतीहरुका विषयमा आधारपत्र प्रस्तुत गरेका थिए । त्यसमाथि बक्ताहरुले टिप्पणी गरेका थिए । केही बक्ताहरुले संघियताको चर्को विरोध गर्दै नेपालमा सफल नहुने संघियता जबर्जस्ती लादिएको भन्दै छोटो समयमै असफल सिद्ध भइसकेको टिप्पणी गरेका थिए ।

समाजका लुम्बिनी प्रदेश अध्यक्ष शंकर दिवस मजगैयाँ, बर्दिया अध्यक्ष लक्ष्मण घिमिरे, नेपाली कांग्रेस बाँकेका पूर्व सभापति सनत कुमार रेग्मी, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, राप्रपाका सचिव रुद्रमणि न्यापाने, महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गणेश कुमार रेग्मी लगायतले धारणा राखेका थिए ।

उद्घाटन कार्यक्रम समाजका अध्यक्ष डा. राजकुमार सुवेदीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश अध्यक्ष मजगैंयाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष द्रोण वलीले गरेका थिए । सञ्चालन सचिव चित्र बहादुर शाहीले गरेका थिए । 

 


प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज विश्वकर्मा पूजा, नेपालगन्जमा पनि धुमधामले मनाइँदै
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP