prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धन हुने भइसक्यो, स्विकार्नुको विकल्प छैन: गिरी
गठबन्धन हुने भइसक्यो, स्विकार्नुको विकल्प छैन: गिरी
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ २०, २०७९ बागेश्वरी पोस्ट
गठबन्धन हुने भइसक्यो, स्विकार्नुको विकल्प छैन: गिरी

राप्तीसोनारी (बाँके) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले नेपाली कांग्रेस गठबन्धनको बाटोमा अगाडि बढिसकेको बताएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाँकेले आयोजना गरेको 'जनताको साथमा कांग्रेस' अभियानलाई सम्बोधन गर्दै उनले गठबन्धनको मनस्थिति बनाएर अघि बढ्न आह्वान गरे । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित 'जनताको साथमा कांग्रेस' अभियानका लागि बाँकेमा खटिएका गिरीले पार्टीले चुनावमा सत्तारुढ दलहरूवीच गठबन्धन गर्ने निर्णय गरिसकेकाले त्यसलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नरहेको बताए । उनले गठबन्धनलाई सफल बनाउन सबै कांग्रेसजनलाई प्रतिबद्ध भएर लाग्न आह्वान गरे । 

स्थानीय चुनावमा कांग्रेसले उल्लासपूर्ण विजय हासिल गरेको बताउँदै उनले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सुखद नतिजा आउने विश्वास ब्यक्त गरे । उनले समयमै उम्मेदवारहरुको टुंगो लगाउनुपर्दछ भन्ने आम कांग्रेसजनको भावनालाई पार्टीले गम्भीरतापूर्वक लिने बताए ।  

लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेक नारायण भुषालले पार्टीले बस्तुगत अवस्थाको विश्लेषण गरेर गठबन्धनकारी दलहरुका वीचमा सिट बाँडफाँड गर्नुपर्ने बताए । उनले बाँकेका तीन वटै क्षेत्रमा कांग्रेस एक्लै लड्न सक्षम भएपनि पार्टीको निर्णयलाई स्विकार्नुको विकल्प नरहेको बताए । गठबन्धनमा रहेका दलहरुले दम्भ देखाउन नहुने भन्दै भुषालले धरातलीय यथार्थलाई सबैले बुझ्नुपर्ने बताए । 

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै क्षेत्रीय सभापति पोषण केसीले पार्टीले देशब्यापी रुपमा संचालन गरेको 'जनताको साथमा कांग्रेस' अभियानलाई क्षेत्रीय कार्यसमितिले आत्मसाथ गरेर कार्यक्रमको आयोजना गरेको बताए । उनले क्षेत्र नम्बर १ मा कांग्रेस सुदृढ अवस्थामा रहेको भन्दै विगतको निर्वाचनलाई आधार मानेर जाँदा पार्टीलाई क्षती पुग्ने बताए । उनले सकेसम्म संघ नभए दुई वटै प्रदेशसभा क्षेत्र कांग्रेसले पाउनुपर्ने लबिङ आफूहरुले केन्द्रमा गरिरहेको बताए । केसीले विगतमा भएका कमीकमजोरीलाई सच्च्याउँदै एक ढिक्का भएर लाग्न आग्रह गरे ।

कार्यक्रममा महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सन्जुकुमारी चौधरी, पार्टीका निवर्तमान सचिव एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, महाधिवेशन प्रतिनिधि संगिता थारु, क्षेत्र नम्बर १ का निवर्तमान सभापति क्षेत्रीय सभापति माधवराम खत्री, नेपाल तरुण दलका पूर्व महासचिव एवम् कांग्रेस नेता हुर्मतकुमार न्यौपाने, राप्तीसोनारी गाउँपालिका सभापति भिमबहादुर रानाले सम्बोधन गरेका थिए । 

प्रदेशसभा १ (क) का सभापति लक्ष्मण थारुले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले गरेका थिए । कार्यक्रमका दौरान खुला छलफलमा बोलेका बक्ताहरुले पार्टीले अन्तिम समयमा उम्मेदवार टुंगो लगाउने प्रवृत्ति हटाउँदै समयमै टिकट वितरण गर्नुपर्नेमा जोड दिए । उनीहरुले टिकट जसले पाएपनि जिताउन लाग्ने बताउँदै गुटउपगुट कांग्रेसको क्यान्सर भएको टिप्पणी गरे ।

खुला छलफलमा डिल्ली रावत, द्रोणप्रसाद जैसी, ईश्वरी विक, जागेश्वरप्रसाद चौधरी, मदनकुमार बुढा, प्रताप देवकोटा, सन्तोष चौधरी, विक्रम थारु, प्रेमा कुसारीले बोलेका थिए । 

फोटोफिचर

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP