Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनका नाममा कांग्रेसले उचित स्थान नपाए परिणाम उल्टो आउन सक्छ-गौडेल
गठबन्धनका नाममा कांग्रेसले उचित स्थान नपाए परिणाम उल्टो आउन सक्छ-गौडेल
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ २१, २०७९ बागेश्वरी पोस्ट
गठबन्धनका नाममा कांग्रेसले उचित स्थान नपाए परिणाम उल्टो आउन सक्छ-गौडेल

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् । उनले चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय कार्यान्वयन भएमा कांग्रेसलाई उचित स्थान नदिए परिणाम उल्टो आउन सक्ने चेतावनी समेत दिए । 

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको 'जनताको साथमा कांग्रेस' अभियानलाई सम्बोधन गर्दै सभापति गौडेलेले गठबन्धनमा रहेका दलहरुमा अहंकार देखिएकाले त्यसले गठबन्धनको संस्कारलाई मजबुत नबनाउने टिप्पणी गरे । गौडेलले कुनै क्षेत्रमा कांग्रेसले संघ नपाउने अवस्था आए प्रदेशसभाका दुबै क्षेत्र दिनुपर्ने बताए । उनले भने, "अन्यथा हामीले सोचेजस्तो परिणाम आउँदैन ।"

कार्यक्रममा नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य प्रमेश्वरी पाठक, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि अजितकुमार शर्मा, प्रदेश २ (क) का सभापति ज्ञानेन्द्रकुमार चौधरी, जिल्ला कार्यसमिति सदस्य नेतृ उमा थापा मगर, महिला संघकी सभापति नारायणी रुपाखेती, तरुण दलका सचिव बिनोद रिजालले बोलेका थिए । 

प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का सभापति जितेन्द्रबहादुर हमाल (कैलाश) को सभापतित्वमा भएको कार्यक्रममा  प्रदेशसभा क्षेत्र नम्बर २ (ख ) का सचिव प्रदिप साहले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन क्षेत्रीय सचिव सुनिलसिंह हमालले गरेका थिए । 
फोटोफिचर :
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.


प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP