नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके १ माओवादी, २ जसपा र ३ कांग्रेसलाई !
बाँके १ माओवादी, २ जसपा र ३ कांग्रेसलाई !
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ २२, २०७९ बागेश्वरी पोस्ट
बाँके १ माओवादी, २ जसपा र ३ कांग्रेसलाई !

नेपालगञ्ज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा सिट बाँडफाँडको रस्साकस्सी चलिरहेको छ । लामो समयदेखि चलेको सिट बाँडफाँडको रस्साकस्सी अझै किनारा लाग्ने संकेत देखिएको छैन । नेताहरुले सहमति नजिक पुगेको बताइरहे पनि सिट बाँडफाँड निकै जटिल देखिएको छ । सत्तारुढ दलहरु एकले अर्कोलाई फकाउने, गलाउने र थर्काउने रणनीतिमा लाग्दा परिणाम निस्किन ढिला भएको छ ।

कांग्रेस बाहेकका दलहरु कांग्रेसलाई ५० प्रतिशत भन्दा कम सिटमा रोक्न चाहन्छन् । तर, कांग्रेसले बाहिर जे भनेपनि ८३ देखि ८५ सिटको बटमलाइन बनाएको बुझिएको छ । नेकपा माओवादी केन्द्र कांग्रेसलाई ८० मै रोक्न चाहन्छ भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेसले ७० सिट मात्रै लिनुपर्ने सार्वजनिकरुपमै भाषण गरिहेका छन् । समानुपातिकका लागि बन्दसूची बुझाउने समय नजिकिँदा दलहरु दबाबमा परेका छन् । सिट बाँडफाँड गर्न बनेको कार्यदल अनिर्णित बनिरहँदा शीर्ष तहमा पनि हिजोआज बाक्लो छलफल हुन थालेको छ ।

बाँकेमा सिट बाँडफाँडको चित्र कस्तो आउला भन्ने चासो यहाँका राजनीतिक दलहरुलाई छ । खासगरी कांग्रेसलाई बढी चासो छ । स्थानीय तहमा अभूतपूर्व सफलता हासिल गरेको बाँके कांग्रेस बारम्बार एक्लै लड्न सक्षम भइरहेको बताइरहेको छ । स्थानीय चुनावमा वडा अध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेस सबै संघीय निर्वाचन क्षेत्रमा कम्तीमा ३ हजार मतले अघि छ । त्यसकारण पनि कांग्रेस एक्लै लड्न दृढ देखिन्छ । तर, केन्द्रको निर्णय नमान्ने छुट जिल्ला कार्यसमितिलाई छैन ।

सिट बाँडफाँडको मापदण्ड अनुसार २०७४ को मतपरिणामका आधारमा बाँकेको क्षेत्र नम्बर १ मा माओवादीको दाबी छ । क्षेत्र नम्बर २ मा जसपाको छ । तर, क्षेत्र नम्बर नम्बर ३ मा गत निर्वाचनमा एमालेले जितेकाले यहाँ कांग्रेसलाई छोड्न माधव नेपालको दल बाहेक सबै तयारै देखिन्छन् । माधव नेपालले भने आफ्नो दलमा व्यवस्थापन गर्नुपर्ने नेता भन्दै दलबहादुर सुनारका लागि यो क्षेत्रमा दाबी गरेको बुझिएको छ । यद्यपि यो क्षेत्रमा उनले दाबी गरिरहँदा बाँकेमा कांग्रेस संघविहिन भएर चुनावमा जाने सम्भावनै रहँदैन । त्यसकारण कांग्रेसले क्षेत्र नम्बर ३ पाउने अवस्था छ । माधव नेपालको दाबी पुग्ने अवस्था छँदैछैन । 

क्षेत्र नम्बर १ का नेताहरु संघमा क्षेत्र नम्बर १ कांग्रेसले पाए जित्ने तर माओवादीलाई जिताउन नसक्ने भन्दै तीब्र लबिंगमा छन् । उनीहरु ३ माओवादीलाई दिएर भएपनि क्षेत्र नम्बर १ कांग्रेसले पाउनुपर्ने लबिंग गरिरहेका छन् । "बाँकेमा कांग्रेसको सबैभन्दा उर्बरभूमी क्षेत्र नम्बर १ नै हो, त्यो कुरा स्थानीय निर्वाचनले पनि देखाइसकेको छ, संघ हामीले पाए जित्छौं तर अहिले माओवादीलाई जिताउने सक्ने अवस्था छँदै छैन," कांग्रेसका एक जना नेता भन्छन्, "संघ कुनै पनि हालतमा आएन भने प्रदेशका २ वटै हामीले पाउनुपर्छ नत्र कुनै अर्थ छैन ।"

क्षेत्र नम्बर २ मा भने कांग्रेस कमजोर मनोविज्ञानमा छ । यतिसम्म कि प्रत्यक्षमा चुनाव लड्न सिफारिस पठाउँदा सिनियर नेताहरु ब्याक भएको परिस्थिति छ । कांग्रेसले यो क्षेत्र पाउँदैन भन्ने भएर नै नेताहरुको सशक्त दाबेदारी नदेखिएको हो । जबकी यो क्षेत्र कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको चुनावी क्षेत्र हो । यहाँ संघको आश नगरका नेताहरु प्रदेशमै व्यवस्थापन हुने हानथापमा भने लागेकै छन् । यतिसम्म अस्वस्थ कि केही सिनियर नेताहरुको नाम समेत सिफारिस गरिएको छैन । प्रदेशको प्रत्यक्ष र समानुपातिकमा वडामा हारेकादेखि सिनियर लिडर समेत छन् । क्षेत्र नम्बर २ जसपाले नै पाउनेमा ढुक्क देखिने कांग्रेस नेताहरु प्रदेशमा नजर लगाइरहेका छन् । उनीहरु प्रदेशका दुबै क्षेत्र कांग्रेसले पाउनुपर्ने बताइरहेका छन् । जसपाले सिट बाँडफाँडमा चित्त नबुझाएर एक्लै लड्ने निर्णय गरेमा भने बाँके २ अप्रत्याशितरुपमा कांग्रेसको भागमा पर्न सक्छ । अरु दल गठबन्धन छाड्न सक्ने अवस्थामा पुग्ने सम्भावना कमजोर नै देखिन्छ । 

क्षेत्र नम्बर ३ कांग्रेसकै भागमा पर्ने करिब निश्चित जस्तै छ । त्यसो हुँदा प्रदेशको दाबी कांग्रेसको सशक्त नहुन सक्छ । २०७४ मा जसले जहाँ जितेको छ, त्यो निर्वाचन क्षेत्र उसैले लड्ने बटमलाइन सत्तारुढ दलहरुले बनाएपनि सबै पार्टीका पदाधिकारीलाई सेट गर्ने अवस्थामा कतिपय क्षेत्रहरुमा यो मापदण्ड लागू नहुने बताइन्छ । तर, कांग्रेसमा बाँकेकै भूगोलमा राजनीति गरिरहेका पदाधिकारी केन्द्रीय कार्यसमितिमा नभएकाले यहाँ त्यो अवस्था पनि देखिँदैन ।   

 

 

 


प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रान्तिकारी कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने
क्रान्तिकारी कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP