नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके ३ मा पुगेर किशोरले भने-म पनि बाँकेको पुरानो बासिन्दा हुँ
बाँके ३ मा पुगेर किशोरले भने-म पनि बाँकेको पुरानो बासिन्दा हुँ
बागेश्वरी पोस्ट
बिहीबार, भदौ २३, २०७९ बागेश्वरी पोस्ट
बाँके ३ मा पुगेर किशोरले भने-म पनि बाँकेको पुरानो बासिन्दा हुँ

नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पाँच वर्षपछि एक्लै चुनाव लड्ने कांग्रेस बनाउन आजैदेखि लाग्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ बाँकेले आज खजुरामा आयोजना गरेको 'जनताको साथमा कांग्रेस' अभियान कार्यक्रमलाईलाई सम्बोधन गर्दै राठौरले कांग्रेसलाई एक्लै लड्न सक्षम बनाउनुपर्ने बताए । "अहिले त भएन, अब पाँच वर्षपछि हुने निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्ने गरी सुदृढ र संगठित बनाउनुपर्दछ," उनले भने । उनले पद, पैसा र पावरले राजनीति विकृत बनिरहेको भन्दै संस्कार, सोच र कार्यशैली परिवर्तन जरुरी रहेको बताए । "आज कांग्रेस भएको मान्छेलाई भोलिपल्ट टिकट चाहिएको छ, सबैलाई टिकट चाहिएको छ," उनले भने, "म टिकटको लागि योग्य छु कि छैन भन्ने कुरा सबैले मनन गर्नुपर्दछ ।" उनले आफ्नो वडा जिताउन नसक्नेहरु नेता बन्न नसक्ने जिकिर समेत गरे । 

राठौरले मंसिर ४ गते हुने निर्वाचनमा पार्टीलाई जिताउन गाउँ गाउँ-वडा वडामा परिचालन हुन नेता कार्यकर्तालाई निर्देशन दिए । "आजैका दिनदेखि तपाईंहरु गाउँ गाउँमा जानुस्, पार्टीलाई जिताउने अभियानमा खटिनुस् ।" बाँके ३ बाट समेत प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका राठोरले आफू बाँकेको पुरानो बासिन्दा भएको भन्दै बर्दियालाई राजनीतिक कर्मथलोको रुपमा रोजेको स्पष्ट पारे । उनले बाँकेमा चुनाव लड्न आउने परिस्थिति बने सबैसंग सल्लाह गर्ने बताए । 

नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले एक ढिक्का भएर निर्वाचनमा होमिन आह्वान गरे । उनले बाँकेमा कांग्रेस सुदृढ अवस्थामा रहेकाले सिट बाँडफाँड गर्दा ध्यान पुर्याउनुपर्ने बताए । मतभारका आधारमा सिट बाँडफाँड हुनुपर्ने गौडेलको भनाई छ ।

कार्यक्रमलाई पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, संविधानसभा सदस्य बादशाह कुर्मी, आशा बिक, महासमिति सदस्यहरु मेघराज ओली, कपिलदेव शर्मा, लक्ष्मीनारायण शाह, दुखीराम लोनिया, उमा थापा, देवबहादुर खत्री, नेपाली कांग्रेस बाँकेका सहसचिव बिनोद थारु, जिल्ला सदस्य देउफल यादव, पार्टीका खजुरा गाउँपालिका सभापति रमेश सिजाली, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्ल, जानकी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगदिश हरिजन लगायतले सम्बोधन गरेका थिए । क्षेत्रीय सभापति नक्की खाँको सभापतित्वमा भएको कार्यक्रमको संचालन क्षेत्रीय सचिव ज्ञानबहादुर वलीले गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ गते
बाँकेमा देउवा पक्षको जिल्ला अधिवेशन कार्तिक १९ गते
बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?
बाँके कांग्रेसको सभापतिमा उठ्ने पोषण केसीको तयारी, को हुन् केसी ?
क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित
क्षेत्रीय सभापतिमा राजकुमार हमाल निर्विरोध निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP